६ दशकअघि कोरिया युद्धपछि छुट्टिएका परिवारबीच पुनर्मिलनको प्रयास गरिएको हो।
दक्षिण कोरियाले रेडक्रस अधिकारीलाई उत्तर कोरियाको सीमासम्म पठाउने प्रस्ताव गरेको छ। दुबै मुलुकले पुनर्मिलनका लागि डायमन्ड माउन्टेन टुरिस्ट रिसोर्टलाई स्थान बनाएका छन्। 'दक्षिण र उत्तर कोरियाबीच नयाँ सम्वन्ध विस्तारका लागि पारिवारिक पुनर्मिलन एउटा महत्त्वपूर्ण अवसर हुनसक्ने छ,' कोरियाली सरकारका प्रवक्ता इउई डोले भने।
गत शुक्रबारमात्रै उत्तर कोरियाले पारिवारिक पुनर्मिलन गराउने दक्षिण कोरियाको प्रस्ताव स्वीकार गरेको थियो। तर एक महिनाअघि भने यो प्रस्तावप्रति उत्तर कोरियाले अनिच्छा जनाएको थियो।
प्रकाशित: १३ माघ २०७० ०२:३६ सोमबार





