मुम्बई– गुडिरहेको रेलमा मंगलबार राति आगलागी हुँदा मुम्बईमा ९ जनाको मृत्यु भएको छ। केही दिनमात्र अघि देहरादुनमा रेल आगलागीमा २६ जनाको मृत्यु भएको थियो। राति साढे दुई बजे रेलमा आगो लागेको थियो।
रेल मुम्बईनजिकैको थेन जिल्लामा पुगेका बेला अकस्मात आगो देखा परेको थियो। आगलागीको कारण पत्ता नलागेको रेल सेवाका प्रवक्ता शरत चन्द्रायानले जनाए। रेलको एक डिब्बामा आगो लागेपछि गुडिरहेकै रेलबाट केही व्यक्ति हामफालेका थिए। आगलागीमा मृत्ष्यु भएकामध्ये चार जनाको मात्र पहिचान खुलेको छ।
प्रकाशित: २४ पुस २०७० ०८:३२ बुधबार





