मुम्बई - भारतको मुम्बई - देहरादुन एक्सप्रेसमा आगो लाग्दा ९ जनाको मृत्यु भएको छ। बुधबार थाने जिल्लाको दहनु रोड नजिकै रेलको तीन कोचमा आगो लागेको थियो। मारिनेमा एक महिला र चार पुरुष रहेको पहिचान भएपनि अन्यको पहिचान हुन सकेको छैन। घटनामा चारजना सामान्य घाइते भएका छन्। घटना के कारण भयो खुलेको छैन।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ।
कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका बेला सहमहामन्त्री जीवन परियार पनि विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।