सत्ताशीन काँग्रेस र प्रतिपक्षी दल भारतीय जनता पार्टीको विरोधी दलका रुपमा चुनावी मैदानमा उत्रिएको आपले दिल्ली विधान सभामा २८ सिट हासिल गरेर दोस्रो स्थान बनाएको थियो। सत्ताधारी काँग्रेसले तेस्रो हुँदै ८ सिटमात्र ल्याएपछि चुनावी समिकरणमा कठिनाई भएको थियो।
बढी सिट जिते पनि बहुमत नआएको भन्दै भारतीय जनता पार्टीले सरकार नबनाउने घोषणा गरेपछि दोस्रो ठूलो दल आप नैतिक संकटमा फसेको थियो। आपले दिल्ली सरकारमा जाने या नजाने भन्ने निर्णय लिन नसकेपछि आफ्नै संयन्त्रमार्फत जनमत लिएको थियो। धेरैले सत्ता लिनुपर्ने सुझाव दिएपछि सत्ताविरोधी छवि बनाए पनि सरकार बनाउने निर्णय गर्न पुगेको हो। डिसेम्बर २६ मा दिल्लीमा आपले सत्ता ग्रहण गर्ने सम्भावना छ।
आप पार्टीका मुख्य नेता अरविन्द केजरिवाल दिल्लीका मुख्य मन्त्री बन्नेछन। भ्रष्टाचारविरोधी आन्दोलनका कारण चर्चामा रहेका केजरिवाल र उनको नेतृत्त्वले चुनावी नारामा विजुलीको मूल्य ५० प्रतिशत कम गर्ने लगायतका मुद्दा उठाएको थियो। अब उसको सरकारले कति गर्न सक्छ हेर्न बाँकी छ।
प्रकाशित: ८ पुस २०७० ००:२५ सोमबार





