विष्फोटपछि गोली चलेको आवाज सुनिएको बीबीसी हिन्दी अनलाइनले उल्लख गरेको छ। खबरका अनुसार विष्फोटमा केही मानिसको मृत्यु समेत भएको छ तर भारतीय अधिकारीहरुले आफ्ना नागरिक विष्फोटमा नपरेको बताएका छन् ।
विष्फोटक पदार्थले भरिएको एक कार दूतावास नजिकैको ब्यारियरमा लगेर ठोक्काइएपछि विष्फोट गराइएको बीबीसीले जनाएको छ। घटनामा १२ जना घाइते भएका छन् भने नजिकैको पसलमा समेत क्षति पुगेको छ। घटनाको विस्तृत जानकारी आउन बाँकी नै छ।
सम्भावित खतराको महसुस गर्दै अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना दुतावास र वाणिज्य दुतावासहरु आइतबार बन्द गर्ने निर्देशन दिएको भोलिपल्ट नै भारतीय बाणिज्य दूतावासमा हमला भएको हो ।
प्रकाशित: १९ श्रावण २०७० ०२:१३ शनिबार





