९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

जेलभित्र ग्याङ फाइट, १३ को मृत्यु

मेक्सिको – मेक्सिकोको केन्द्रमा रहेको सान लुइस पोटोसीमा रहेको कारागारमा गए राति भएको झडपमा परी १३ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्। कैद जीवन विताइरहेका दुई ग्याङबीच जेलभित्रै झडप भएको प्रहरीले जनाएको छ।

जेलभित्र मध्यरातबाट झडप सुरु भएपनि बिहानमात्र प्रहरीले नियन्त्रणमा लिन सकेको थियो। प्रहरीका अनुसार झडपमा १०० भन्दा बढी सहभागी थिए। दुई समूहबीच पहिलेदेखि नै रीसइवी रहेको बताइएको छ।


सरकारी अधिकारीले सामाजिक सञ्जालबाट १३ जना मारिएको र ६५ घाइते भएको जानकारी गराएको छ। घटनामा मारिएका वा घाइतेहरु झडपमा सक्रियहरु नै हुन या होइनन् खुलाइएको छैन।

प्रकाशित: १४ वैशाख २०७० १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App