रियो दि जेनेरियो, पुस ९ (एजेन्सी) - एलिसानी डा क्रुज सिल्भालाई भेट्नुस्। यी किशोरीको उमेर भर्खर १७ वर्ष पुग्यो। तर उनको उचाइ अविश्वसनीय छ- छ फिट आठ इञ्च। अझ अनौठो त उनको ब्वाइफ्रेन्ड २२ वर्षका सिल्भा कार्भाल्हो छन्।
आफूभन्दा एक फिट चार इञ्च होचा ब्वाइफ्रेन्डसँग ब्राजिलको समुद्री किनारमा रोमान्स गर्दै गरेको तस्बिरहरु बारक्रोफ्ट मिडियाले सार्वजनिक गरेको छ।
यी जोडी ब्राजिलको सालिनोपोलिस निवासी भएको डेली मेलले जनाएको छ। पत्रिकाका अनुसार पिट्युटरी ग्लान्डमा ट्युमर भएपछि उनको उचाइ अकस्मातले बढेको हो। अहिले भने चिकित्सकहरुले ट्युमर हटाइसकेका छन्।
अहिले एलिसानीले आफ्ना प्रेमीलाई चुम्बन गर्नुपर्यो भने उनी आफै झुक्नु पर्छ।
सङ्क्रमण भयो भन्दैमा अन्यत्रका पनि कागलाई खोजी खोजी मार्ने जस्ता काम भने गर्न नहुने उनको भनाइ छ। साथै मरेका कुखुरा बङ्गुरलाई खुवाउने वा कुन स्रोतबाट आएको भन्ने थाहा नभइ सस्तो पाएकै भरमा कुखुराको मासु उपभोग नगर्न पनि उनले आग्रह गरेका छन्।