५ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रवास

अनुहारमा तेजाब छ्यापिएकी युवती लखपति बनिन्

नयाँ दिल्ली, पुस ८ (एजेन्सी) - आफ्ना सहपाठीहरुभन्दा राम्रो नम्बर ल्याएर पास गरेपछि बिहे गर्न नमानेको भन्दै सोनाली मुखर्जीले अनुहारमा तेजाब आक्रमण सहनु पर्‍यो। तर आफूलाई लुकाउनुको साटो २७ वर्षीया सोनाली भारतको सबैभन्दा धेरै हेरिने टेलिभिजन क्विज सोमा सहभागी भइन् र लखपति बनेर निस्किन्।
नौ वर्षअघि मुखर्जी दिल्लीको पूर्वी सहर धनवादकी प्रतिभाशालि विद्यार्थी थिइन्। तीन विद्यार्थीले राति उनको घरमा उनी सुतिरहेकै बेला आएर तेजाब छ्यापिदिए। २२ पटक शल्यक्रिया गरिसक्दा पनि उनी दृष्टिविहीन छिन् र कान कम सुन्छिन्। यो आक्रमणको दोषी कसैलाई काराही भएको छैन।

आक्रमणकारी तीन जनालाई गिरफ्तार गरिएको थियो। उनीहरु केही समय जेलमा पनि रहे। तर पछि धरौटीमा रिहा भए।

एक पटक त उनले लगातार पीडा सहनुको साटो आत्महत्या गर्छु भन्दै सरकारलाई एउटा चिट्ठी पनि लेखिन्।

उपचारका लागि रकम अभाव भएपछि उनले कौन बनेगा करोडपतिमा सहभागी हुने सोचिन्। उनी छानिइन् पनि र गएको महिना १० वटा प्रश्नको सही जवाफ दिएर २५ लाख पनि जितिन्।

त्यो रकम अर्को वर्ष हुने प्लास्टिक सर्जरीमा खर्च हुँदैछ। तस्बिरः एएफपी

प्रकाशित: ७ पुस २०६९ २२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App