गोलीकाण्डपछिको फोटो फिचरका लागि यहाँ क्लिक गर्नुस्
उनले स्यान्डी हुक इलिमेन्टरी स्कुलमा गोली चलाएका थिए। दुईवटा कक्षामा गएर अन्धधुन्ध गोली हानेका थिए।
प्रहरीले गोली चलाउने व्यक्तिसँग रहँदै आएका एक अर्का व्यक्तिको शव उनी बस्ने ठाउँमा फेला पारेको छ। गोली चलाउनुको कुनै कारण पहिचान हुन सकेको छैन। गोली चलाउने एडमकी आमा पनि उनको शिकार भएकी छिन्। आमासँगै बस्दै आएका उनले बिहान आमालाई गोली ठोकेर स्कुलतिर गएका थिए। मारिनेमा ७ जना वयस्क छन्।
अमेरिकी राष्ट्रपति वाराक ओवामाले रुँदै यो हत्याकाण्डले आफूलाई विक्षिप्त पारेको जनाएका छन्। अमेरिकामा यसप्रकारको यो दोस्रो ठूलो हत्याकाण्ड हो।
सन् २००७ मा भर्जिनियामा यस्तै हत्याकाण्डमा परी ३३ जनाले ज्यान गुमाएका थिए।
प्रकाशित: २९ मंसिर २०६९ १८:४९ शुक्रबार





