जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कृष्ण कुसुमको कथा "मुद्दा" र सुधा किरण को कविता "मेचीमा दुख्छ मलाई, महाकालीमा दुख्छ" ले सर्वाधिक पाठक प्रतिक्रिया पाएका थिए। चार सदस्यीय निर्णायक समितिले तीन उत्कृष्ट रचनाबाट पनि सर्बोत्कृष्ट रचनाको रुपमा डा. समीरको लघुकथा, ढुङ्गाको देवतालाई बहुमतका आधारमा चयन गरेको हो।
निर्णायक मण्डलमा साहित्यकर्मी महेन्द्र पौडेल, सुजित सिग्देल (सम्पादक-नेपाली टाइम्स अष्ट्रेलिया), ऋषि आचार्य (सम्पादक-नेपाली पत्र अष्ट्रेलिया), र निष्प्रभ सजी (सम्पादक-साताको साहित्य) रहेका थिए। आउँदो साता काठमाडौँमा एक समारोहकाबीच साहित्यकार डा समिरलाई पुरस्कार प्रदान गरिनेछ। लेखकले पुरस्कार स्वरुप नगद रु दशहजार र प्रमाण पत्र प्राप्त गर्नेछन्।
सिड्नीबाट संचालनमा रहेको साताको साहित्य डट कमले आफ्नो पहिलो वार्षिकउत्सवको अवसर पारेर यो पुरस्कारको घोषणा गरेको हो। उक्त अनलाईनले यसै वर्षदखि लेखक तथा साहित्कारहरुलाई पारिश्रमिक दिन समेत शुरु गरेको छ।
प्रकाशित: १० भाद्र २०६९ ०२:०२ आइतबार





