डेनमार्कको विदेश सहयोग नियोग 'डानिडा' को पचासौं वार्षिकोत्सव को उपलक्ष्यमा डेनमार्क सरकारले आयोजना गरेको ' परिवर्तित विश्व मा विकास नीति ' नामक मन्त्रीस्तरीय सम्मलेनमा भाग लिन गत बिहिबार डेनमार्क आईपुगेका थिए। सम्मलेन मा मन्त्री पुनले शुक्रबार संबोधन गरेका थिए। अर्थ मन्त्री पुनले डेनमार्क सरकार नेपाललाई गर्दै आएको आर्थिक सहयोग बढाउन तयार भएको बताए।
प्रमुख दलहरुले आफना नेताहरुलाई विदेश भ्रमणमा रोक लगाएको एक दिन अगाडि भ्रमणमा निस्केका पुनले बाँकी देशहरुको भ्रमण आफैले रद्ध गरेको र पार्टी नेतृत्व बाट कुनै दवाब नआएको बताए।
यसै गरी अर्थ मन्त्री पुनले जेठ १४ मा संबिधान जारी हुनेमा आफनो विश्वास रहेको बताए। नेपाली दूतावास डेनमार्क ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन। उनका अनुसार सहमति हुन बाँकी केही बुँदाहरुमा जेठ १४ पछि जनता मा जाने गरी संविधान जारी हुने उनले दावी गरे। जनमत संग्रह वा अन्य कुनै किसिमको निर्वाचन गरी बाँकी विवादित बिषयको टुंगो लगाउन सकिने उनको तर्क थियो। अन्तरक्रिया कार्यक्रम मा डेनमार्कमा बसोवास गर्ने अधिकांश ले संविधान किन बन्न नसकेको हो ? भनी प्रश्न गरेका थिए।
प्रकाशित: ३ चैत्र २०६८ २३:३५ शुक्रबार





