तीन दिने कार्यक्रममा लन्डन निवासी साहित्यकार विकलचन्द आचार्यको बेलायती आँगनमा गोर्खाली सुवास, रुपक श्रेष्ठको विगवेन र समय, नेपालका सहभागी डा. सुषमा आचार्यको वासुदेव लुइटेल स्मृतिगन्थ, शर्मिला खडका दाहालको सिर्जना र सन्त्रास, अमेरिका निवासी होम सुवेदीको डायस्पोराका डोरा सार्वजनिक गरियो। सोही अवसरमा शर्मिला खडकाद्वारा सम्पादित ई-पत्रिका समयसिर्जना डटकमको उद्घाटन गरियो।

सम्मेलनमा नेपालबाट सहभागी गोविन्दराज भट्टराई र सुष्मा आचार्य, बेलायत निवासी माइकल हट, बेलायतका सहभागी गोपीकृष्ण प्रसाई र रुपक श्रेष्ठ, फान्सका सहभागी हरिहर अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए।
सम्मेलनमा चलेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा.सुरेशचन्द्र चालिसे, कार्यक्रम संयोजक जया राई, साहित्यकार प्रदीप नेपालले कार्यक्रमको उपादेयताबारे बोलेका थिए। कार्यक्रममा डायस्पोरिक साहित्यको विकासका लागि घोषणापत्र जारी गरिएको थियो।
प्रकाशित: १३ भाद्र २०६८ ०३:४० मंगलबार





