८ वैशाख २०८१ शनिबार
प्रवास

एनआरएनएद्धारा ७ वटा अस्पतालहरुलाई पिपिई हस्तान्तरण

लण्डन- गैरआवासीय नेपाली संघले विभिन्न सातवटा अस्पतालहरुलाई स्वास्थ्य सम्बन्धी सामग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट, पिपिई) वितरण गरेको छ।

गैरआवासीय नेपाली संघको सचिवालयका अनुसार शुक्रवार ७ वटा अस्पताललाई  १ सय २५ वटा पिपिई वितरण गरेको छ।

संघले नारायणी अन्चल अस्पताल २५, सगरमाथा अन्चल अस्पताल  २०, जनकपुर अन्चल अस्पताल  २०, बारा जिल्ला अस्पताल १०, रौतहट जिल्ला अस्पताल १०, केन्द्रीय कारागार अस्पताल १५, भरतपुर क्यान्सर अस्पताल  २५,  थान पिपिई हस्तान्तरण गरिएको हो।

 गैरआवासीय नेपाली संघको केन्द्रिय कार्यालयमा आयोजित  एक कार्यक्रमका बीच संघको तर्फबाट उपाध्यक्ष सोनाम लामाले ती सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय उप–संयोजक खगेन्द्र न्यौपाने, स्वास्थ्य समितिका उप–संयोजक शक्ति चौरसिया, प्रमुख कार्यकारी आधिकृत डा हेमन्त दबाडी र प्रमुख लेखा अधिकृत रबिना महर्जनको उपस्थिति रहेको थियो।

प्रकाशित: ६ वैशाख २०७७ ०४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App