२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इमरान खानको एक आँखामा केवल १५ प्रतिशत दृष्टि बाँकी रहेको रिपोर्टबारे उनका छोराले के भने?

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका वकिलहरूले बिहीबार सर्वोच्च अदालतलाई उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्। वकिलहरूका अनुसार इमरान खानको दाहिने आँखामा हेर्ने क्षमता केवल १५ प्रतिशत मात्र बाँकी छ।

जेलमा रहेका इमरान खानको स्वास्थ्यसम्बन्धी जानकारी सार्वजनिक भएपछि उनका छोरा कासिम खानले प्रतिक्रिया दिएका छन्। उनले पाकिस्तान सरकारमाथि आरोप लगाउँदै भनेका छन् कि यो ‘लापरवाही र जेलमा जानाजानी उचित उपचार नदिएको परिणाम’ हो।

कासिम खानले एक्स (सामाजिक सञ्जाल) मा लेखेका छन्, ‘यसको जिम्मेवारी सिधै सरकार, सेना प्रमुख र यो क्रूरतालाई सम्भव बनाउने व्यक्तिहरूमाथि जान्छ।’ उनले आफू र आफ्ना भाइलाई बुवासँग भेट्न भिसा नदिइएको पनि दाबी गरेका छन्। कासिम खान लन्डनमा बस्छन् र उनीसँग बेलायती नागरिकता छ।

इमरान खानका वकिलहरूले भनेका छन् कि करिब तीनदेखि चार महिनाअघि उनलाई धमिलो देखिन सुरु भएको थियो। जेल अधीक्षकलाई जानकारी गराए पनि उनलाई केवल आँखा झार्ने औषधि (आई ड्रप्स) मात्र दिइएको र थप उपचारका लागि कुनै ठोस कदम नचालिएको बताइएको छ। एजेन्सी

प्रकाशित: १ फाल्गुन २०८२ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App