१६ चैत्र २०८० शुक्रबार
प्रवास

अमेरिकामा दुई नेपालीको मृत्यु

अमेरिका- अमेरिकाको न्यूयोर्कमा दुई नेपालीको मृत्यू भएको छ। मुस्ताङ घर भई न्युयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्टको मृत्यु भएको स्थानीय मिङमार लामाले जानकारी बताए।

सोनाम अन्दाजी ४० बर्षका रहेका थिए। उनको आफ्नै कोठा भित्रै मृत्यु भएको जनाइएको छ। ज्याक्सन हाईटमा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी भएर घरमा आरम गरिरहेका थिए। फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि उनी बसेको स्थानमा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएका बताइएको छ। उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ।

झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ। उनको शव प्रहरीले लगेर गएको छ। उनका आफन्तहरु अमेरिकामा छैनन्। त्यस्तै झण्डै १२ बर्षदेखि अमेरिकामा बस्दै आएका थोंग्वेनको पनि ज्याक्सनहाइटमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो। थप विवरण आउन बाँकी रहेको छ। अमेरिकाका लागि राजदूत डा अर्जून कार्कीले घटनाको पुष्टि गरे पनि पूर्ण विवरण आफुलाई आउन बाँकी रहेको बताए।

प्रकाशित: २३ चैत्र २०७६ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App