१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्य सस्तियो

स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य ३ हजार रुपैयाँ घटेको छ भने चाँदीको मूल्य ३४० रुपैयाँले ओरालो लागेको छ।

आज छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँ मा कारोबार भइरहेको छ। बिहीबार भने यो मूल्य ३ लाख ६ हजार ५०० रुपैयाँ थियो। यसरी हेर्दा एकै दिनमा सुनको मूल्य ३ हजार रुपैयाँ ले घटेको हो।

यसैगरी चाँदीको मूल्य आज प्रतितोला ५ हजार रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी ५ हजार ३४० रुपैयाँ मा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य ३४० रुपैयाँ ले सस्तिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ६५ र त्यति नै चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १ फाल्गुन २०८२ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App