एनआई सी एशिया बैंकले ग्राहक महानुभावहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. १० करोडसम्म घर कर्जा प्रदानगर्ने उद्देश्यअनुरुप ‘एनआई सी एशियासाथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यसघर कर्जा योजनाअन्तर्गत ७वर्षको लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर एवं अन्यआकर्षक सेवासहित उपलब्ध हुनेछ ।
न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू.१० करोडसम्म प्रदान गरिने यस एनआई सी एशियासाथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनर्निर्माण गर्न एवं घडेरी खरिद गर्नका लागि सहजकर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ ।
घर खरिद तथा निर्माण गर्ने ग्राहक महानुभावहरुको सपना साकार पार्न ठोस टेवा पुर्याउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ ।
साथै, यस योजनाअन्तर्गत घर कर्जा लिने ग्राहक महानुभावहरुले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्नु हुनेछ ।

प्रकाशित: १ फाल्गुन २०८२ २०:०२ शुक्रबार





