११ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

मदिरा पिउँदा मलेसियामा ४ नेपालीको मृत्यु

काठमाडौं– मदिरा सेवन गर्दा मलेसियामा ४ नेपालीसहित १५ जनाको मृत्यु भएको छ। मलेसियाको स्टार अनलाइनले सेलान्गर प्रहरी प्रमुख कमाण्डर डाटुक मज्लन मन्सरलाई उधृत गर्दै नेपालीसहित एक मलेसियन, एक बंगलादेशी र एक भारतीयकाे परिचय खुलेकाे जनाएको छ। अन्यकाे सनाखत भएकाे छैन। स्थानीय प्रहरीले उनीहरुको मृत्यु विषाक्त मदिरा सेवनका कारण भएको आशंका गरेको छ। यद्यपी अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आएको छैन्। 

मदिरा पिएका अन्य ३३ जनालाई अस्पताल भर्ना गरी उपचार सुरु गरिएको छ। जसमा अधिकांश नेपाली रहेकाे मलेसियन सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: २ आश्विन २०७५ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App