१४ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

कम्बोडियामा अलपत्र परेका दुई नेपाली स्वदेश फर्किए

कम्बोडियामा लामो समयदेखि अलपत्र अवस्थामा रहेका दुई नेपाली शुक्रबार स्वदेश फर्किएका छन् ।  

थाइल्यान्डमा रहेको नेपाली दूतावासको पहलमा एक पुरुष र एक महिलालाई स्वदेश फर्काइएको हो । उनीहरु लामो समयदेखि कम्बोडियाका विभिन्न ठाउँमा अलपत्र अवस्थामा बस्दै आएका थिए ।  

बैंककमा रहेको नेपाली दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्याणलगायत बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ ।’

प्रकाशित: ९ जेष्ठ २०८२ १७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App