१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १७:९ अपराह्न
प्रवास

हमासको कब्जामा रहेका जोशीको रिहाइको पहल गर्न राजदूतलाई पत्र

हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारस्थित नेपाली राजदूतलाई पत्र दिइएको छ।

मंगलबार गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्‌का सदस्य सुरेश भट्टले कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेललाई पत्र बुझाएका हुन् ।

'नेपालले कुशल कूटनीति प्रदर्शन गर्न नसक्दा यति लामो समयसम्म जोशीको अवस्था अझैसम्म अज्ञात नै रहनु अत्यन्तै दुःखद् छ । यस कारण जारी हमास–इजरायल युद्ध रोक्न कतारले मध्यस्थकर्ताको भूमिकासमेत निर्वाह गरिरहेको परिप्रेक्षमा दूतावासमार्फत कतार सरकारसमक्ष औपचारिक रुपमा नै कूटनीतिक रूपमा प्रस्ताव गरी नेपाली विद्यार्थी विपिन जोशीलाई हमासको कब्जाबाट मुक्त गरी नेपाल झिकाउन महत्त्वपूर्ण तथा अर्थपूर्ण भूमिका निर्वाह गरिदिनुहुन विनम्र अनुरोध गर्दछु,' भट्टले पत्रमा लेखेका छन्।

प्रकाशित: २७ फाल्गुन २०८१ १८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App