३० माघ २०८१ बुधबार
image/svg+xml
प्रवास

साउदी बस दुर्घटना : तीन नेपालीको मृत्यु, एक जना घाइते

साउदी अरबमा गत सोमबार भएको सडक दुर्घटनामा ज्यान गुमाउने १५ जनामध्ये तीन जना नेपाली भएको खुलेको छ। 

दक्षिणी बन्दरगाह सहर जिजानमा श्रमिक सवार भ्यान र ट्रेलर आपसमा ठोक्किँदा तीन नेपालीसहित १५ जनाको मृत्यु भएको थियो। जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको मृत्यु भएको छ। 

उक्त दुर्घटनामा गम्भीर घाइते इलामका सुकबहादुर लिम्बूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यो दुर्घटनामा सबैभन्दा धेरै भारतका नौ जनाको मृत्यु भएको थियो। 

बाँकी तीन जना भने घानाका कामदार थिए। घाइते लिम्बूसहित ११ जनाको कामदारहरू उपचार भइरहेको छ। केही घाइतेको अवस्था चिन्ताजनक रहेको बताइएको छ। 

प्रकाशित: २० माघ २०८१ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App