२३ भाद्र २०८१ आइतबार
image/svg+xml
प्रवास

परराष्ट्रमन्त्री राणासँग एनआरएनए पदाधिकारीको भेटवार्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोलीले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटघाट गरेको छ।

एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको नेतृत्वमा भएको टोलीले मन्त्री राणाको सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएको थियो।  

विहीबार काठमाडौंमा भएको भेटमा संघका अध्यक्ष डा. बद्री केसीले परराष्ट्रमन्त्री समक्ष एनआरएन अभियानका समसामयीक महत्त्वपूर्ण विषयबारे जानकारी गराएका थिए।  

मन्त्री राणाले एनआरएन अभियानसँग जोडिएर मुलुकको समृद्धिका लागि रचनात्मक सहकार्य गर्ने वचनवद्धता व्यक्त गरेकी थिइन्।  

भेटमा एनआरएनए उपाध्यक्ष रोजिना प्रधान, अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो। 

यसअघि सो टोलीले गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेलसँग पनि भेटघाट गरेको थियो ।

प्रकाशित: ३ श्रावण २०८१ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App