१२ असार २०८१ बुधबार
image/svg+xml
प्रवास

संसारमा कुनै पनि त्यस्तो देश छैन जहाँ दुःख नहोस्ः युवराज कटुवाल, जापान (भिडियोसहित)

मोरङका युवराज कटुवाल यो बेला जापानको हिरोसिमामा अध्ययन गरिरहेका छन् । सामान्य सोच र उद्देश्य बोकेर जापान पुगेका उनीसँग ठुला सपना र महत्वकांक्षा केही पनि छैन । उनको विदेश भोगाइ र सुझाव यस्तो छः  

नमस्कार,  

मेरो नाम युवराज कटुवाल । मेरो घर नेपाल, पथरी शनिश्चरे मोरङ हो । अहिले म जापानको हिरोसिमामा विद्यार्थी भिसामा आएको छु ।  

धेरै जसो विदेश आउने साथीहरुले विदेशलाई दुःखको बिम्बको रुपमा लिनुहुन्छ । मलाई भने त्यो हैन कि जस्तो लाग्छ । हाम्रो उद्देश्य के छ ? हामी किन आएका छौं ? कसरी आएका छौं ? भन्ने कुरा हामीले बुझ्यौं भने त्यो दुःखको बिम्बलाई हटाउनु हुन्छ जस्तो लाग्छ मलाई । 

हामीले विदेश आउँदै पनि हाम्रो हातमा सीप र ओहो विदेश गएर म जोशजाँगर र उमंगका साथ काम गर्छु भनेर आयौं भने हामीलाई यहाँ सुख लाग्छ । हामी याहाँको मौसममा पनि भिज्न सक्छौं । यहाँको दुःख पनि त्यत्रो ठुलो दुःख हैन कि जस्तो लाग्छ । 

नेपालबाट आउँदै ठूलो अपेक्षा बोकेर, ठुलो आशा बोकेर म यो गर्छु त्यो गर्छु भनेर आइयो भने चै जापानमा मात्रै हैन जुनसुकै देशमा पनि, आफ्नो देश छाडेर गइसकेपछि अरुको देशमा एकदमै दुःख लाग्न सक्छ । हामीले सोचेका कुरा भएन भने हामी बढी दुखित् हुन सक्छौं । 

आफ्नो देश छाडेर जाँदा सामान्य जीवनयापन गर्न सक्छु र ठुला सपनाहरु लिएर नआउँदा चै जुनसुकै देश पनि एकदमै सहज हुन्छ जस्तो लाग्छ मलाई । संसारमा कुनै पनि एउटा देश छैन कि जहाँ दुःख नहोस्, जहाँ सुखले खान पाइयोस् ।  

मेरो आग्रह चै यी र यस्ता ठुला आशाहरु नबोकी विदेश आउनु होला अथवा जानु होला भन्ने सन्देश तपाईंलाई दिन चाहान्छु ।    

 

प्रकाशित: १३ जेष्ठ २०८१ १७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App