८ वैशाख २०८१ शनिबार
प्रवास

जनसम्पर्क समिति युएईको अध्यक्षमा बस्नेत

अधिवेशनमा उपस्थित कांग्रेस नेताहरु। तस्विरः नारायण

युएई—नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति युएईको सभापतिमा खेमराज बस्नेत निर्वाचित भएका छन्। शुक्रबार दुबईमा सम्पन्न तेस्रो अधिवेशनले बस्नेतको सभापतित्वमा ३१ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो।

नव निर्वाचित समितिको वरिष्ठ उपसभापतिमा भुवानीप्रसाद तिमल्सिना, उपसभापतिहरु चन्द्रबहादुर सारु मगर, राजेन्द्र अधिकारी र सूर्यबहादुर बस्नेत चयन भएका छन्। महामन्त्रीमा कृष्णप्रसाद गौतम र  सह महामन्त्रीहरु भूमिराज चालिसे, डिकबहादुर तामाङ र दामोदर पाण्डे चयन भएका छन्।

समितिको कोषाध्यक्षमा मनि कुमार लामा र  प्रवक्तामा हरि खड्का चयन भएका छन्।

सदस्यहरुमा नवराज विडारी, विमला सापकोटा, गोपाल कंडेल, शंकर घिमिरे, भीमकुमार अधिकारी, मीनप्रसाद भण्डारी, कृतिमान पुन, अमरबहादुर रानाभाट, चित्रहाङ लिम्बु, राकेश कुमार जैसवाल, प्रकास सुनार, रामकुमार परिवार, तोरणदत्त सुवेदी, नरायण भुर्तेल, रमेश श्रेष्ठ, दिपक खड्का, चित्रबहादुर नेपाली, राजु खड्का, निर्मल कुमार पोख्रेल र ऋषि बस्याल निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री तथा सांसद डा.शंशाक कोईरालाको प्रमुख अतिथ्यता सम्पन्न महाधिवेशनमा कांग्रेसका केन्द्रीयहरु सदस्यहरु सुरेन्द्रराज पाण्डे र गुरुराज घिमिरेले पनि सहभागी थिए।

महामन्त्री डा.कोइरालाले शुक्रबारै युएईमा कार्यरत नेपाली तथा नेपाली कांग्रेसमा आस्था राख्ने नेपालीलाई सम्बोध्न गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १८ चैत्र २०७३ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App