१५ चैत्र २०८० बिहीबार
प्रवास

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन जुलाई अन्तिम साता

सम्मेलनमा सहभागी एनअारएनए उपाध्यक्ष कुमार पन्त सहितका अगुवाहरु।

लन्डन—गैरआवासीय नेपाली संघ (एनआरएन) युरोप क्षेत्रको १० औं बैठक जर्मनीको फ्रयाङ्कफर्टमा हुने भएको छ। युरोपका २७ देशको सहभागिता रहने उक्त बैठक जुलाई २९ र ३० मा गर्ने निर्णय सोमबार सम्पन्न एनआरएनए जर्मनीको साधारणसभाले सर्वसम्म पारित गरेको हो।

एनअारएनए उपाध्यक्ष पन्तले गैरआवासीय नेपालीहरुले अहिलेको जमाना कुरा भन्दा काम गर्ने हो भन्ने प्रमाणित गरेर देखाउनु पर्ने बताएका थिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का युरोप संयोजक कुल आचार्यले राखेको प्रस्तावलाई उपस्थित सबैले ताली बजाएर पारित गरेका थिए।

साधारणसभालाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले अहिलेको समय सकरात्मक सन्देश दिने युग भएको बताए। उनले गैरआवासीय नेपालीहरुले विश्वभर व्यवसायीक रुपमा सफलता प्राप्त गरिरहेको उल्लेख गरे।

पन्तले गैरआवासीय नेपालीहरुले अहिलेको जमाना कुरा भन्दा काम गर्ने हो भन्ने प्रमाणित गरेर देखाउनु पर्ने बताएका थिए। उनले एनआरएन अभियानभित्र राजनीतिक रुपमा कसैप्रति आग्रह पूर्वाग्रह नराखिने विचार पनि ब्यक्त गरे।

युरोप संयोजक आचार्यले एनआरएन युरोप बैठकमा लगानी तथा आर्थिक कूटनीतिको क्षेत्रमा भएका प्रगति र विदेशस्थित नेपाली दूतावासको भूमिकाबारे छलफल गरिने उल्लेख गरे। गैरआवासीय नेपाली संघले शुरु गरेको सामूहिक लगानीको प्रगति समीक्षा गर्दै उनले आगामी दिनमा नेपालमा थप लगानीका सम्भवनाको विषयमा बैठक केन्द्रित हुनु पर्नेमा जोड दिए।

साधारणसभालाई सम्बोधन गर्दै एनआरएनका संस्थापक नेता रामप्रताप थापाले गैरआवासीय नेपाली संघले छोटो सयममा निकै ठूलो उपलब्धि हासिल गरेको बताए।

गैरआवासीय नेपाली संघका संरक्षक दिल गुरुङ्गले अबको नेतृत्व लिन दोश्रो पुस्ता तयार रहन आग्रह गरे।

एनआरएन जर्मनीका अध्यक्ष नवराज रोस्याराको सभापतित्वमा सम्पन्न साधारणसभाको उद्‌घाटन कार्यक्रमका प्रमुख अतिथि जर्मनीका लागि नेपाली राजदूत रमेश खनालले गरेका थिए।

प्रकाशित: १८ माघ २०७३ ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App