coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

'भूकम्पपीडितका लागि उठाएको रकम निजी अकाउन्टमा छैन'

टोकियो—भूकम्पपीडितका नाममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान सहितको संलग्नतामा उठाइएको रकम निजी अकाउन्टमा नरहेको सम्बन्धित संस्था एवं व्यक्तिहरुले प्रस्ट्याएका छन्। एनआरएनएका आइसीसी उपाध्यक्ष भवन भट्ट, भूकम्पपीडित राहत तथा सहयोग समिति जापान, एनआरएनए जापानले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै भूकम्पका पीडितलाई सहयोग गर्न उठाएको रकम संस्थाकै अकाउन्टमा रहेको र एनआरएनएको पुनःनिर्माण योजनाका लागि तयारी अवस्थामा रहेको उल्लेख गरेका हुन्।

उपाध्यक्ष भट्टले यस किसिमका भ्रामक कुरामा ध्यान नदिई संस्थाको सर्वोपरि हित र ५० लाखभन्दा बढी गैरआवासीय नेपालीको एकतामा जोड दिन सबैमा आग्रह गरेका छन्। 'संघ भित्रबाट हुने यस किसिमका गैरजिम्मेवारपूर्ण कार्यहरुलाई निरुत्साहित गर्न संघका सम्पूर्ण अभियन्ताहरुमा विशेष आग्रह गर्दछुु', उनले भनेका छन्।

'गैरआवासीय संघका सम्मानित अध्यक्षको समेत तस्विर राखी प्रसारित उक्त समाचारबाट एनआरएनए आइसिसिका जिम्मेवार पदमा रहेका व्यक्तिद्वारा संस्थाको गोपनियतालाई ख्याल नगरी र संस्थाको मर्यादा समेतमा आँच आउने गरी गलत नियतबस बैठकका आन्तरिक छलफलका विषयहरु मिडियामा ल्याउन खोजिएको देखिन्छु', भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'विषय र रकम दुवै गलत र भ्रामक रहेको सबैमा जानकारी गराउदै उक्त भ्रमपूर्ण समाचारप्रति खेद प्रकट गर्दछु।'

एनआरएनए जापानले उठाएको ३ करोड रुपैयाँ उपाध्यक्ष भट्टको निजी बैंक अकाउन्टमा रहेको र उनले सो रकम रिलिज गर्न नमानेको व्यहोराको समाचार एक अनलाइनले प्रकाशित गरेको थियो।

उपाध्यक्ष भट्टले विज्ञप्तिमा २ करोड ३० लाख १ हजार ७०३ येन एनआरएनए जापान तथा भूकम्पपीडित राहत तथा सहयोग समितिको जापान पोष्ट बैंकको अकाउन्टमा रहेको र यो बाहेक ३ करोड जापानी येन एनआरएनएको नेपाल खातामा पठाइसकिएको उल्लेख गरेका छन्।

एनआरएनए सामाजिक संगठन भएको भन्दै लिन नभई सधैँ दिन काम गरिरहँदा षड्यन्त्रपूर्ण आक्षेप लगाइएको उनले उल्लेख गरेका छन्। उपाध्यक्ष भट्टले यस किसिमका भ्रामक कुरामा ध्यान नदिई संस्थाको सर्वोपरि हित र ५० लाखभन्दा बढी गैरआवासीय नेपालीको एकतामा जोड दिन सबैमा आग्रह गरेका छन्। 'संघ भित्रबाट हुने यस किसिमका गैरजिम्मेवारपूर्ण कार्यहरुलाई निरुत्साहित गर्न संघका सम्पूर्ण अभियन्ताहरुमा विशेष आग्रह गर्दछुु', उनले भनेका छन्।

भूकम्पपीडित राहत तथा सहयोग समिति जापानले पनि एक विज्ञप्ति प्रकाशित गर्दै रकम कसैको निजी अकाउन्टमा नरहेको प्रष्ट पारेको छ। खबर प्रकाशित गर्नुअघि त्यसको तथ्य जाँच नगरेको उल्लेख गर्दै रकम आइसिसिको अकाउन्टमा पठाउन बारम्बार कुराकानी भएको उल्लेख गरेको छ। समितिमा रहेका मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीका प्रतिनिधि तिलक मल्ल, महेशकुमार श्रेष्ठ तथा जिज्ञान कुमार थापाले विज्ञप्ति प्रकाशित गरेका हुन्।

यसैगरी एनआरएनए जापानले विज्ञप्ति प्रकाशित गर्दै भूकम्पपीडित जिल्लाको स्थानमा १२ कक्षासम्मको विद्यालय भवन वा जापान भिलेज निर्माणको तयारी भइरहेका बेला दुरसायपूर्ण उद्देश्य राखी भ्रामक समाचार प्रकाशित भएको जनाएको छ। अध्यक्ष सुदन थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'स्वार्थबस केही गलत मानसिकता भएका व्यक्तिले गैरआवासीय नेपाली संघको गरिममा आँच आउने गरी गतिविधि गर्नु दुर्भाग्यपूर्ण छ। यो सामग्री प्रकाशित गराउन प्रेरित गराउने विकृत मानसिकता भएका व्यक्तिहरुमाथि एनआरएनए आइसिसिद्वारा कडा कारवाहीका निमित्त एनआरएनए जापान जोडदार माग गर्दछ।'

विज्ञप्ति

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App