पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आगामी फागुन २१ गतेको निर्वाचनमा गोरखा २ बाट उम्मेदवार दिएका उनले उम्मेदवारी फिर्ता लिएका हुन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटमा उम्मेदवार सम्बन्धी विवाद टुंगिएको छ। नेकपाका नेता महेन्द्रबहादुर शाहीविरुद्ध ‘बागी’ उम्मेदवारी दिएका सोही पार्टीका नेता जीवन बुढा पछाडि हटेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) की उम्मेदवार कर्भिका थापाले आज उम्मेदवारी फिर्ता लिएकी छन्।