राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ बिहीबार स्थगित भएको छ।
गतसाता ताप्लेजुङको उच्चहिमाली क्षेत्रमा फाट्टफुट्ट वर्षा भएपनि अन्य स्थानमा भने पानी परेको छैन । यसका कारण वायु प्रदूषण बढ्दै गएको छ भने हिउँदे बालीमा समेत गम्भीर असर पर्दै गएको छ ।
झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् ।