नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन् । सोमबार स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका लेखकले लोकतन्त्र जोखिममा रहेको बताए ।
महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि आजदेखि पोखरामा तीन दिने तालिम आयोजना गरिएको छ । पर्यटन व्यवसायी महिला सङ्घ, नेपाल (टेवान) को आयोजना एवं नेपाल पर्यटन बोर्डको सहयोगमा सो तालिम आयोजना गरिएको हो ।
मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ८ पिङ्गलास्थानबाट चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।