सर्लाहीको हरिवन नगरपालिका-११ बाट इलाका प्रहरी कार्यालय हरिवन र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले सवारी साधनलाई चेकजाँच गर्ने क्रममा १८ लाख अवैध रुपैयाँसहित चार जनालाई नियन्त्रणमा लिएको हो।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नागरिकता विधेयक संविधान कार्यान्वयनसँग जोडिएको र संविधान कार्यान्वयनको दायित्व न्यायपालिकाको समेत रहेकाले अवरोधक नबन्न आग्रह गरेका छन।
गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ। साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय प्रतिष्ठानले राष्ट्रियस्तरको साहित्य सम्मेलन गर्न लागेको हो।