निर्वाचन आयोगले मतदाता नामावलीमा रहेको त्रुटी सच्याउनेदेखि मतदाता नामावलीको बिरोधमा उजुरी दिनसम्मको कार्यतालिका कार्यान्वयन गर्न देशभरका जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरेको छ ।
हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइका लागि आफू उनको सट्टा जेल बस्न तयार रहेको बताएका छन्।
जुम्लाका स्याउ किसानहरू दुई आर्थिक वर्षदेखि स्याउ बिमाको रकम पाएका छैनन्। स्याउमा क्षति भएको दाबी दर्ता गरिसके पनि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले भुक्तानी गर्न ढिलाइ गरेपछि किसानहरु आक्रोशित भएका छन्।