राजधानीमा नयाँ सरकार बनाउन सभासद्को चलखेल चलिरहँदा आईतबार उनी टुप्लुक्क वारा सदरमुकाम कलैया आइपुगे । सिमा अतिक्रमणको समाचार पत्र-पत्रिकामा प्रकाशित भएलगत्तै निरिक्षणको लागी गठन भएको संसदीय टोलीका संयोजक नविन्द्रराज जोशी माओवादी सभासद् सावित्रीकुमार काफ्लेसंगै जिल्ला प्रशासन कार्यलयमा प्रवेशगर्दा नागरिक समाज , संचारकर्मी र सर्वसाधरणको अनुहार हसिँलो भयो ।
राजनितिक तरलताका कारण सभासद् नआउने पो हुन की? भन्ने द्धिविधामा जम्मा भएकालाई जोशीले 'सरकार भन्दा राष्ट्रको सिमा ठूलो ' भन्दै केही सदस्य आउन नमानेपनि आफु भने नरोकीएको बताउँदा सहभागीले ताली बजाएर उनको स्वागत गरे । ५ सदस्यीय टोलीका संयोजक जोशीले एमाले , फोरम र तमालोपाका सभासद् पार्टीले सरकार नबनुन्जेल वाहिर नजान आग्रह गरेकाले आउन नसकेकेा सुनाए ।
राष्ट्रको सिमाप्रति उनले देखाएको सम्मानले ३ सय किलो्मिटर पर राजधानीबाट आएका यी सभासद् फरक आस्था र विचार बोकेका कलैयावासीविच एकाएक 'साझा सम्मानीत' पात्र बन्न पुगे । जिल्ला प्रशासन कार्यलयको कार्यकक्षमा भएको अन्तरक्रियामा सहभागीका कुरा ध्यानसंग सुन्दै उनले आफु छिट्टै सिमा क्षेत्रमा पुग्न आतुर रहेेको बताए । सोमबार विहानबाट सिमा क्षे्त्रको निरिक्षण गर्ने औपचारीक कार्यक्रम तया भएपनि उनले आइतबार साझैपनि केही ठाउँमा सिमा अवलोक गर्न भ्याएका थिए । ' साझ ७ बजेतिर उहाले आजै मिचिएको ठाउँमा पुगौं भन्नु भयो ', जिल्ला प्रशासन कार्यलयका एक कर्मचारीले भने -' हामिले मटिहर्वा नाकाका केही सिमा स्तम्भ देखायौ । '
सोमबार विहानै संचारकर्मि, राजनितीक दलका प्रतिनिधी , अधिकारकर्मि जिल्ला प्रशासन कार्यलयमा पुग्दा सभासद् जोशी तयार हिड्नको लागी तयार थिए । 'लौ अव हिडौ ', उनले भनिहाले । ७ वटा मोटरमा करिव ४० जनाको समूह सिमावर्ती क्षेत्र दक्षिण झिटकैया तर्फ लाग्यौं।
कच्ची सडकमा उडेका धुलोले अगाडी र पछाडि दुर्व तर्फ देख्न मुश्कील पर्थ्यो । सडक किनारमा रहेकेा फुसका घरमा हामि चढेका मोटरको धुलोले सेताम्मै भएपनि सडक किनारमा वालवालीका घरको ढोकामा उभिएर मोटरको ताती हेर्दे रमाईरहेका थिए । यीनै बस्ती परागर्दै हामी दक्षिण झिटकैयामा रहेको सीमा क्षेत्रमा पुग्यौ ।
टोलीमा क्षेत्र न २ का माओवादी सभासद् शिवचन्द्र कुशवाहा थपिए । यो गाविस उनकै क्षेत्रमा पर्दो रै छ । उनले दशगजाहा तर्फ लगे । त्यहाँ जम्मा भएका किशानले भारत पक्षबाट २०६० सालमा एकतर्फी रुपमा गडिएका सिमा स्तम्भ देखाउदै यस्ता स्तम्भले वर्षोदेखि खनजोत गर्दै आएको जमिन भारितय पक्षले खोसेेको सुनाए । संयुक्त रुपमा गाडिनु पर्ने स्तम्भ एकतर्फी रुपमा गाडिएको उनीहरुले सुनाए । सभासद् जोशी सिमा स्तम्भ नियाल्दै संगै रहेका नापि अधिकृतसंग त्यसबारेमा जानकारी लिई किशानको समस्याको जवाफ दिने प्रयास गर्थे । उनले यस्ता समस्या धेरै ठाउँमा फेला पारे । सामान्य मानिसले समेत थाहापाउने गरि सिमा अतिक्रमण गर्दै गाडिएका स्तम्भले यो सानो क्षेत्रमामात्र पचासौ विगाहा जमिन भारतीय भुमिमा पर्न गएका दृष्य टड्कारो दखिन्थ्यो ।
खेतको आलीमा टेक्दै सभासद्सगै सिमा स्तम्भ नियाल्दा मलाई अचानक किशोरावस्थाको संझना आयो । मुलपानीमा रहेको आफ्नो खेतमा छिमेकीले थोरैमात्र पनि आली ताछेकेा थाहा पाउँदा मेरो् बा त्यो ताछिएको भाग बराबरको माटो आलीमा फेरी टास्न मलाई अराउनु हुन्थ्यो । अर्को पटक छिमेकीले ताच्छदा फेरीपनि त्यसै गर्न लगाउनु हुन्थ्यो । दिक्क लागेर त्यति बेला मैल्ये बा लाई सोधेकेा थिए ' उनले त अलिकती न ताछेको छ छोड्दिनुस् न , यहि हिसावले उसले बाचुन्जेल ताछेपनि त हाम्रो यो् ठुलो खेतको ३ हातभन्दा बढी त के जाला र ?। '
खेतको आलीमा उभिनु भएका बा मुसुक्क हास्नु भयो र भन्नु भयो - ' यो त मैल्ये सधियारको प्रवृतीलाई रोक्न खोजेकेा मात्र हुँ । यसरी छाडदै जाने हो भने तेरो सन्ततीको पालासम्म केही पनि रहदैन । किनकी आली मिच्नेको नातीले पनि त तेरो सन्तालको पालमा आली नमिच्ला भन्ने के छ र । तर हरेक वर्ष जति गरेपनि सधियारले आली ताछ्ने क्रम रोकेन । अन्तत बा ले धेरै दुख गरेर इटा र सिमेन्ट किन्नु भयो । अनी त्यसकै पक्की आली बनाउनु भयो । बल्ल आली ताछिने क्रम रोकियो ।
यती सोच्दा हामी अर्को स्तम्भमा पुगिसकेका थियौ । त्याहापनि त्यसैगरि मिचिएका्े रै छ । पुरानो स्तम्भ नजिकै रहेपनि त्यहि नंबरको नयाा स्तम्भ नेपाली सिमानामा पेलेर गाडेेको देखेपनि स्वयम सभासद् जोशीले जिव्रो टोके । उनले ले बिस्तारे सुस्ताए -' दिर्धकालीन समाधान नगरी नहुने भयो । ' सानो् भु-भाग मेट्नसमेत लागीपरेकेा भारतीय नियत देखेर उनी निराश समेत भए । त्याहाबाट हामि अमवा लगायतका क्षेत्रमा पुग्यौ । त्याहापनि त्यसै हिसावे सिम मिचिएको फेला पार्यौ । खेतको आली सधियारले एक सेन्टीमिटरमात्र ताच्छदासमेत हातमा लौरो लिएर लड्न निस्कने हामी विदेशीले सयौ हेक्टर भूमि अनाहकमा अतिक्रमण गर्दापनि बर्षोसम्म चुप लागेको देखेर अचम्म लाग्यो ।
पुरान सिमा स्तम्भ उखेल्दै नयाँ सिमा स्तम्भ गाडेकाले जमिन अतिक्रमणको क्रम बढेकेा त्याहाका गाउँलले सुनाए । नियमीतरुपमा अनुगमन नहुदा पुराना सिमा हराएको उनीहरुले बताए । जिल्लामा रहेका ६ सय ८५ सिमा स्तम्भमध्ये २ सय ६४ वटा हराएको सशस्त्र सिमा सुरक्षा बल उपरिक्षक श्यामवाहादुर मल्लले जानकारी दिए ।
नेपालको तर्फबाट सिमा सुरक्षाबल त्यति चनाखो नभएको सिमाक्षेत्रका बासीन्दाले बताए । भारत तर्फको सिमा सुरक्षाबल सिमा क्षेत्रमै क्याम्प तानेर बस्ने गरेेका उनीहरुले बताए । तीनीहरुले सिमा क्षेत्रका नेपालीलाई ज्यादती समेत गर्ने गरेको स्थानीयको गुनासो छ । सोमाबर सिमा स्तम्भ देखाउन गएका एक गाउँलेलाई भारतीय सुरक्षाबलले नेपाल प्रहरी र पत्रकारको अगाडीनै हातपात गरको पत्रकार विभु अधिकारीले बताए । ' उनीहरु नेपालीलाई हाम्रै अगाडी पिट्न थाले ', उनले थपे -' त्यती बेला नेपाल प्रहरी निरीह भएको थियो । ' भारतीय सिमा सुरक्षाबलका जवानले नेपाल सरकारको ताकत छ भने सिमा स्तम्भ हटाएर देखाओस् भन्ने चेतावनीयुक्त भाषा बोलको समेत उनले सुनाए ।
जिल्लाको पिपरवाती ,वेल्दारी, कवहि गोठ , मटिहर्वा , छतवा , फुलवारीया, वगही, बढकी लगायतका क्षेत्रमा समेत सिमा स्तम्भ हराएको र दश गजा क्षेत्र अतिक्रमण भएको त्याहाका वासिन्दाले बताएका छन् ।
स्थलगत भ्रमण पछि संयोज नविन्द्रराज जोशीले आफुहरुले सिमा क्षेत्रका जनतासंग गरेकेा कुरा , स्थलगत अध्यनमा पाएका कुरा तथा अन्य प्रावधिक कुरा अध्यन गरेर छि्ट्टै प्रतिवे्दन बुझाउने बताएका छन् । समितीमा प्रतिवेदन बुझाएपछ अव बस्ने संसदमा यस विषयमा कुराकानी हुने उनले थपे । साथै यसवारे कुटनितीक तहमा समेत कुरा गर्नु जरुरी रहेकेा उनले बताए ।
प्रकाशित: ४ जेष्ठ २०६६ २२:०१ सोमबार





