मैले हाँस्दै उनलाई अनुमति दिएँ।
एकै छिनको मौनतापछि उनले सोधिन् 'साँच्चै '
'अनि अर्को कुरा नि ' फेरि मैले सोधें।
फेरि अघिजस्तै छोटो मौनता।
'आरामै !'
यति भनेपछि हामी दुवै आनन्दले हाँस्यौं। कहाँबाट ल्याउँछन् अरुलाई जिस्क्याउने तिरका यी साना नानीहरु !
म पत्रिकाको मुठ्ठो काखीमा च्यापेर प्रत्येक बिहान कौसीमा उक्लँदै गर्दा पल्लो घरकी सानी नानी स्कुलको होमवर्क गरिरहेकी हुन्छिन्। उनी प्रत्येकचोटि मलाई देखेपछि यसरी नै जिस्क्याउने गर्छिन्। मलाई रमाइलो लाग्छ यो बालसुलभ ठट्टा।
हरेक बच्चाहरु अद्वितीय हुन्छन्। काला गोरा अग्ला होचा हिन्दू मुसलमान बौद्ध शिख जैन- यस्तैयस्तै जुनसुकै रंग वर्ण र जातका भए पनि ती आफैंमा सुन्दर र निश्चल हुन्छन्। तिनीहरुले गर्ने नटखट तिनको ठट्टा तिनका बुद्धिमत्तापूर्ण व्यवहारबाट म त्यसै-त्यसै पुलकित हुन्छु।
मेरो टोलका बच्चाहरुसँग अनौठो दोस्ती छ। दोस्तीको हात मैलेभन्दा अघि उनीहरुले नै बढाएका हुन्। उनीहरुमध्ये कतिपयका आमाबालाई समेत म चिन्दिन। अझ धेरैसँग दोहोरो कुराकानी पनि हुन पाएको छैन। बिहान हतारमा दौडनु राति उनीहरु सुतिसकेपछि फर्कनुले मेरो दिनचर्या उनीहरुलाई अनौठो लाग्ने हुनसक्छ। तिनका आमाबा समयमा कार्यालय जान्छन् र समयमा फर्कन्छन्। शायद उनीहरुमध्ये धेरैले आमाबासँगै बसेर बिहान र साँझको खाना पनि खान पाउछन्। तर मेरो नागरिक दैनिकी त्यति सजिलो छैन।
हतार तनाव र समस्याहरुमा जकडिएका हामीलाई यी साना साथीहरुले जहिल्यै राहत दिन्छन्। ती घरभित्र हुन्छन्। पल्लो घरमा हुन्छन्। अफिस हिँड्नेबेला उनीहरु ठूलो स्वरमा बिदाइ गर्छन्- 'बाईबाई।' ती स-साना हातहरुले बिदाइ गर्दाको क्षण मलाई औधी रमाइलो लाग्छ। कहिलेकाहीँ राति धेरै ढिलो हुँदा अफिसको गाडी वा साथीहरुसँगको लिफ्ट प्रयोग हुन्छ। तर यी मेरा साथीहरु असाध्यै 'केयिरङ' छन्। 'खै त तपाईको मोटरसाइकल ' उनीहरु सोध्छन्।कोही रिसाएजस्ता देखिन्छन्। रिसाएजस्ता देखिए पनि ती आफैंमा रमाइलो गिररहेका हुन्छन्। प्रातः भ्रमणबाट फर्केर घरको गेटमा छिर्दै गर्दा पल्लो घरमा डेरामा बस्ने सानो बाबु फेला पर् यो। हातमा कुनै पोको बोिकरहेको थियो। मलाई पनि ऊसँग रमाइलो गर्न मन लािगरहेको थियो। मैले केही नबोली उसलाई हेरेर मुस्काइरहेँ। उसले त्यही झोलाले पुक्क हिर्कायो। उसले त्यसरी हिर्काए पनि दुख्ने होइन। तर रमाइलो खुबै भयो। म हाँसें। ऊ फेरि पुक्क हिर्काएर घरभित्र पस्यो।
यी रमाइला साथीहरुसँग लामो समय कुरा गर्न मन लाग्छ। तर फुस्रत हुन्न। कहिलेकाहीँ म तिनका नट्खट्पूर्ण व्यवहार परबाट हेरिरहेको हुन्छु। ती चौरमा उफ्रिरहेका हुन्छन्। कहिले भकुण्डोको पछि लािगरहेका हुन्छन्। कोही चाहिँ स्कुल जान नपाए हुन्थ्यो भनेर बहाना पनि बनाइरहेका हुन्छन्। तिनका आमाबा यसको समाधान खोिजरहेका हुन्छन्।
यीमध्ये धेरैजना म यो ठाउँमा बस्न थालेपछि जन्मेका हुन्। तिनीहरु जन्मेकाबेला तिनका पिरवारमा कस्तो खुसी छाइरहेको देखिन्थ्यो। अझ तिनका आमाहरुले तिनलाई घाममा तेल लगाइरहेको पनि देखिन्थ्यो। विस्तारै ती हुर्कंदै गए। अनि मीठो बोल्न थाले- ट्याउँ ट्याउँ।
मेरा यी साथीहरु बेलाबेला आफ्नो जन्मदिनको उपहार बाँड्न आउँछन्। ती एउटा प्लाष्टिकको झोलामा केही चकलेटसहित हुन्छन्। हाँस्दै साना हात प्लाष्टिकको झोलाभित्र हाल्छन् र केही चकलेट निकालेर दिन्छन्। केही भन्दैनन्। बुझ्नुपर्छ त्यो दिन उनीहरुको जन्मदिन हो।
मलाई रमाइलो लाग्छ। हिजोका कोपिला आज फूल बन्दैछन्। चकलेट दिइसकेपछि म गीत गाइदिन्छु- 'ह्याप्पी बर्थ डे टु यू... ह्याप्पी ह्याप्पी बर्थ डे टु यू।' ती दंग पर्दै अर्को घरमा चकलेट बाँड्न दौिडरहेका हुन्छन्। यी साना नानीहरु ज्ञानी छन्। तिनका आमाबाहरुले तिनलाई जन्मदिनको पार्टी आयोजना गिरदिनै पर्दैन। आफ्ना छिमेकी र स्कुलका साथीहरुलाई बर्थडे चकलेट बाँडेकै भरमा खुसी हुन्छन्।
यी सबै साथीहरुमा पनि विशेष छिन् पल्लो घरकी सानी साथी। यिनीसँग भने मेरो नियमित कुरा हुन्छ। खासमा यो सम्बन्ध उनैले बनाएको हो। मीठोसँग कुरा गर्ने उनको बानीले नै मलाई तानेको हो। जब उनी कक्षामा पास हुन्छिन् त्यतिबेला उनी भन्छिन्- 'म पास भएँ नि।' यसको अर्थ हो मैले पास भएबापत् कुनै पुरस्कारको व्यवस्था गर्नुपर्छ। कापी पे_िन्सल वा यस्तै सानोतिनो उपहारबाट ठूलो खुसीको आगमन हुन्छ।
'मेरो किताबमा मैले तपाईको फोटो देखें नि' हालै उनले मलाई पल्लो घरको कौसीबाट सुनाइन्। 'हैन होला' मैले यताबाट जिस्क्याएँ। 'हो साँच्चै हो' उनले भनिन्। त्यसपछि उनी र उनको दाजुसहित भएर किताब हेर्न थाले। 'हो है' उनले फेरि जिस्क्याइन्। तर त्यहाँ मेरो कुनै फोटो छापिएको थिएन।
यिनी भर्खर कखरा पढ्न थालिन्। कक्षा विस्तारै अघि बढ्दै छन्। त्यो सानो टाउकोमा रमाइला कथा र कविताहरु भिरन थालेका छन्। तर ती कथा र कविताको विशालताले तिनलाई अनौठो अनुभूति गराउँछ। उनीहरु बािहरी संसारमा भएका अरुमा त्यो ज्ञान होला÷नहोला भनेर जाँच पनि गर्छन्।
'तपाईले न्याउरी मारी पछुतो पढ्नु भएको छ ' हालै पल्लो घरको कौसीबाट एउटा प्रश्न आयो ममाथि। 'तपाईले कति कक्षा हुँदा पढेको ' उनले फेरि सोधिन्। यस्ता अनगिन्ती प्रश्न हुन्छन्। तिनको जवाफ िदंदा वा कहिले जवाफ नदिई बस्दासमेत रमाइलो हुन्छ।
अझ कहिलेकाहीँ कौसीको बारबाट वारिपारि लुकामारी खेल्दा झनै रमाइलो हुन्छ। त्यत्तिकै मुन्टो हल्लाएर पनि हामी एकअर्कालाई जिस्क्याइरहेका हुन्छौं। म यो सम्झेर हाँिसरहेको हुन्छु। यी पंक्ति लेिखरहँदा पनि मलाई त्यो रमाइलोले छाडेको छैन।
त्यसपछि उताबाट जिस्क्याउँदै उनले गाएको एउटा गीत अहिले पनि सम्झिरहेको छु- 'कुखुराका चल्ला धेरै नगर हल्ला...।' gunaraj@nagariknews.com
प्रकाशित: ४ जेष्ठ २०६६ ०७:५३ सोमबार





