१५ वैशाख २०८१ शनिबार
image/svg+xml
ब्लग

पिर नलेऊ ‘पिर’ हट्छ

प्रकाश सपुतको सोमबार सामाजिक संन्जालमा रहेको स्टाटस अनलाइनमा अपलोड गर्ने बेलामा सहकर्मीले सोधे, ‘यसलाइ कुन क्याटगोरीमा राख्ने हो? मैले भने, ‘खासमा यो ‘कला’ हो। यसले ‘समाज’ गाएको छ। अहिले यो माथी ‘राजनीति’ हुँदैछ।’साथीले चुपचाप कला क्याटगोरीमा अपलोड गरिदिए।  

प्रकाश सपुतले सोमबार सामाजिक संन्जालमार्फत यसलाई सृजना मात्र मानेर यो माथी राजनीतिकरण नगरिदिन आग्रह गरेपनि त्यो रोकिएको छैन। खासमा माओवादी केन्द्र र त्यसमा नि भाृतसंगठनका नेताहरुले यसमा रहेका केही दृश्यमा आपत्ती जनाउँदै हटाउन चेतावनी दिएका छन्। अध्यक्ष प्रचण्डले सपुतको गीतमा खासै विरोध गर्नु नपर्ने भनाई सार्वजनिक गरेपनि तीनका कार्यकर्ताले यसलाई सहजै पचाउन सकेका छैनन्।  

पिरको विषयमा एउटा भनाई छ। जति पिर लियो त्यति पिर बढ्छ। यो पिर पनि त्यस्तै हो। माओवादीले पिरमाथि स्वीकारभाव नराखी जति पिर लिन्छ पक्कै त्यो बढ्ने निश्चित छ। माओवादीले अति पिर लिएरै त हो यो सृजना तीन दिनकोबीचमै ६ मिलियनको हाराहारीमा हेरिएको छ।  

गीतलाई  लिएर माओवादीले चेतावनी दिदा अर्कोदलहरुलाई चुनावको मूखमा राजनीति गर्न सजिलो बनेको छ। गीतले जुन पाटोतर्फ इंगित नै गरेको थिएन, त्यसलाई त्यसैतर्फ मोड्न प्रयास गरिदै छ। हो ठूला ठूला आन्दोलनमा गल्ती हुन्छन्। कमजोरी हुन्छन्। त्यसलाई कसैले देखाइदियो भने रिसाउने हैन, त्यसलाई सच्याउनेतर्फ लाग्नुपर्छ। पीडितलाई न्याय दिनेतर्फ अग्रसर हुनुपर्छ। त्यसो गर्‍यो भने पिर बढ्दैन। तर त्यसो हुन सकिरहेको छैन।

यूट्युवमा रिलिज भएको यो कथा  सामाजिक सन्जालमा भाइरल भएको छ। टिकटकमा त यसका थुप्रै कभर गितहरु  बनेका छन्। यसले बालबालिका देखि बुढापाकासम्मलाई छोएको छ। लय सबेले समाएका छन्। शब्द सबैलाई कन्ठस्त भएको छ। सपुतको यो गीत समाजले गुनगुनाउँदै छ।  

हो, सर्जकलाई धम्काउन सजिलो हुन्छ। कलमको सहरामा सर्जकले सधै लड्नपनि सक्दैन। माओवादीले धेरै पिर लिँदा प्रकाशले एउटा ‘पिर’ त हटाउलान् तर हजारौँ सपुतहरुले मनभरी अनगिन्ती पिरहरु ‘अपलोड’  गरिसेका छन्। जुन कसैको आग्रह अथवा आक्रोसले हटाउन सक्ने छैन।

प्रकाशित: १ चैत्र २०७८ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App