सानोमै पढेकेा थिए पुन्टे र बयरको कथा । कथा रमाईलो
थियो । भोकले अताल्लिएको पुन्टेले लोटामा रहेको बयर निकाल्न खोज्दा उसको हात अड्कियो । लोटाको मुख सानो भएर हैन, उसले एकै चोटी सबै बयर निकाल्न खोज्दा त्यसो भएको कथामा उल्लेख थियो । हात अड्केर रुदै गरेको पुन्टेलाई त्यो पत्तो थिएन । आमा नआउन्जेल उसको हात निस्कीएन । मुट्ठीमा कसेको बयरमध्ये केही छोड्न पुन्टेकी आमाले गरेकेा आग्रहपछि मात्र लोटाबाट पुन्टेकेा हात निस्केको थियो ।
पुन्टेकै जस्तै उमेर छदा पढेको उक्त कथाको मूल मर्म त्यतिबेला बुझ्न सकिन । पुन्टेको हात अड्कीदा उतीबेला रमाइलो मात्र लागेकेा थियो । कथा पढ्दै गर्दा उसलाई म आफ्नो प्रतिद्धन्दीको रुपमा हेर्थे । अरुको भाग नराखीकन बयर निकालेकाले भगवानले उसको हात पक्रेको जस्तो लाग्थ्यो । बयर मलाई पनि मन पर्ने भएर होला कथाकै भएपनि त्यसमो मेरोपनि लगाव थियो । त्यसैले म पुन्टेको हात अड्कीदा खुसी थिए ।
कथाको पुन्टे कता गयो त्यो त थाहा भएन तर कथा पढ्ने 'पुन्टे' अर्थात 'म' अहिले त्यो कथा संझेर गंभिर हुदै छु । त्यो कथा रमाइलो मात्र थ्ािएन । मानव जिवनको आसक्तिको बारेमा चोटिलो व्यङग पनि थियो । त्यसमा पुन्टे त एउटा प्रतिनिधी पात्र मात्र थियो । जसको माध्यमबाट कथाकारले आम मानवलाई शिक्षा दिदै थिए ।
बाल्यकालमा पढेकेा यो कथा यति बेलाको जिवनमा उत्तीकै महत्वपूर्ण बन्न थाल्दा मलाई पुन्टेको पुन संझना आयो । केहि दिन अघि मात्र पुनः उक्त कथा खोजेर पढे । कथा निक्कै घत् पर्यो । कथा यसकारण पनि रमाइलो बन्योकी कथाको 'पुन्टे' अव मेरो प्रतिद्धन्दी थिएन । मलाई पुन्टेको खोजी गर्न मन लाग्यो् । कााहा गयो होला त्यो सानो पुन्टे जसले मलाई यति ठूलो शिक्षा दिएको थियो । म पुन्टेकेा खोजिमा निस्कीए ।
दिमामा पुन्टेकेा कथा संझदै गर्दा कोठामा रहेका पुराना अखवारमा आाखा परे । विभिन्न मितीका समाचारका शिर्षक नियाले -'सेनापती प्रकरणको विषयलाई लिएर 'प्रचण्ड' द्धारा आन्दोलनको चेतावनी ' ।
कोइरालाद्धारा सुजातालाई काग्रेसको हर्ताकर्ता बनाउने प्रयास ।'
सत्तामा जाने नजाने विवादमा फोरम मतभेद चुलिदा वीरगन्जमा भिडन्त ।
सबै समाचार गहिरिएर नियाले । दिमागमा पुन्टेको पहिल्यै बास थियो । त्यसैले मैल्ये पुन्टेलाई दिमागबाट निकाल्न सकिन । समाचार बिश्लेषण गर्न खोज्दा बारम्बार पुन्टेको संझना आउन थाल्यो ।
पशुपतीनाथ , अदालत र सेनालाई एकैपटक निकाल्न खोज्दा अशफल भएका प्रचण्ड र एकै पटक बयर निकाल्न खोजको पुन्टे एकैपटक मेरो दिमागमा ताजा भएर आए । म मुस्कुराउदै अर्को शिर्षक तर्फ ध्यान दिन थाले् ।
छोरीलाई कांग्रेसको हर्ताकर्ता बनाउने प्रयासमा समस्या भोग्न पुगेका बृद्ध नेता कोइराला तर्फ ध्यान गयो । लामो समयसम्म राजनीतीमा पकड राखेका यी बृद्ध नेताले जिवनको अन्तीम संघारमा आएर आफन्तको मोह-मायामा पुरै राजनीतीक जिवन दाउमा लगाएको देखेर दिक्क लाग्यो । मान, प्रतिष्ठा , सुख बैभव सवै यीनले पाएकै थिए र पनि यीनी परिवारबादलाई राजनीतीमा लाद्न लागीरहे । फलस्वरुपमा अन्तिम समयमा आएर यीनको हात पनि केही अड्कीन पुग्यो । जिन्दगीभरको आफ्नो शक्ति खर्च गरेर यीनले अड्क्ेको हात अझै निकाल्न नस्ाक्दा म पुन मुस्कुराए ।
म अर्को समाचार शिर्षकमा गए । मधेश आन्दोलनको उपलब्धीको रक्षा गर्नुभन्दा पनि सत्ता को मोहमा एक आपसमै भएको कटुताले टुक्रिएको यो दलको नियती देखेर उदेक लाग्दो थियो । यसमा पनि पार्टी अध्यक्ष र परराष्ट्रमन्त्री भइसकेका उपेन्द्र यादवको् पुन उपप्धानमन्त्री बन्ने चाहनाले सिङगो पार्टी दुई चिरामा विभाजन गरायो । जसले स्वयम उनीहरुलाई नोक्सान पुरायो ।
अखवार छोडेर म पुन सोच्न थाले । मेरो पुन्टे त कहिल्यै हराएको रै न छ । यो त म संगै हुर्किदै गएको रै छ । म संग मात्र हैन । सवै संग उ हुर्कदै गएको पाए । आम मानिस संगै यो बढ्दै छ । आमाको सल्लाह मानेर कथाको पुन्टेले त आफ्नो हात निकालीसक्यो । तर हाम्रा हात भने अझै अड्केको छ ।
प्रकाशित: २७ श्रावण २०६६ ०२:५२ मंगलबार





