१५ आश्विन २०७७ बिहीबार
ब्लग

ऊर्जा थप्ने मान्छे

उदाहरणीय युवा

जीवन साथी रेश्मा श्रेष्ठका साथमा राजेश शाक्य।

नेपाली समाजमा एउटा भनाइ छ, ‘मन हुनेको धन हुँदैन, धन हुनेको मन।’ म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारका उद्यमी राजेश शाक्यका हकमा चाहिँ यो भनाइ लागु हुँदैन। उनी अपवादमा पर्छन्। उनी मनकारी, आत्मीय र सहयोगी छन्। आफ्नै श्रम, सीप र विवेकले मातृभूमिमै सुन फलाउन सबैमा ऊर्जा बढाउँछन्।    

उनी सफल व्यापारी, मनकारी समाजसेवी र पर्यटन अभियन्ता हुन्। व्यापार व्यवसायमार्फत समृद्धिको भ¥याङ चढिरहेका छन्। सामाजिक कामबाट समाज परिवर्तनमा योगदान पु-याउँदैछन् भने पर्यटन अभियन्ताका रुपमा म्याग्दीलाई पर्यटकीय जिल्ला बनाउने कामको अगुवाइ गरिरहेका छन्।  

अहिलेको कलि युगमा मान्छेहरू स्वार्थी बन्दै गएका छन्। धेरै मान्छेमा आफू मात्र बलियो हुने र एक्लै अघि बढ्ने प्रवृत्ति देखिन्छ। यस्तो बेलामा ‘एक जना मात्र बलियो भएर पुग्दैन, सिँगो समाजलाई बलियो बनाउनु पर्छ’ भनेर युवाहरूलाई जगाउने मान्छेलाई भगवानले हेर्छन्। शाक्यको शिरमा पनि भगवानको आशीर्वाद मिलेको छ।  

बेनी बजारका राजेश शाक्य सफल व्यापारी, मनकारी समाजसेवी र पर्यटन अभियन्ता हुन्। ‘मुक्तिनाथको प्रवेशद्वार’का रुपमा चिनिएको म्याग्दीलाई पर्यटकीय जिल्ला बनाउने अभियानको अगुवाइ उनैले गरिरहेका छन्।    

युवा बौद्ध संघका युवाहरूको साथमा राजेश।  

उनको सहयोगबाट धेरै युवाको सपना फक्रिएको छ। उनले सन्दिप खत्री, लोकेश पुन, नरेश श्रेष्ठ, सचिन चौधरी, हरि गिरी, विरन राना, दुर्गा बुढा, नन्द पाइजा जस्ता युवाको जीवनमा आशाको दियो जगाएका छन्। उनीहरूलाई आवश्यकताअनुसार तन, मन र धन सहयोग गरेकाले ती आफ्नो खुट्टामा आफैं उभिन सफल भैसके। धमाधम उनीहरू उद्यमशीलताको उकाली चढ्दैछन्।    

‘हामीले सुमार्ग देखाइदिने मात्र हो, गरिखाने त आफैंले हो’, शाक्य प्रस्ट छन्, ‘मैले कतै भनेर हुन्छ भने किन नभनिदिने? मैले स्यानो सहयोग गर्दा कसैको ठूलो काम बन्छ भने किन सहयोग नगर्ने?’  

उनको समूहले बेनीमा कस्तुरी सहकारी पनि चलाउँछ। कोरोना भाइरस शान्त भएपछि ऊर्जावान युवालाई सहकारीमार्फत विना धितो लगानी गरेर उद्यमी बनाउने उनीहरूको सोच छ।  

उनलेझैं हामी जस्ता सक्षम नागरिक हरेकले एकएक जनालाई मात्र मद्दत ग¥यौं भने पनि हाम्रो समाजको काँचुली फेरिन समय लाग्दैन।

धौलागिरि हिमाल। 

व्यावसायिक यात्रा  

राजेशका पुर्खा भक्तपुरबाट बसाइँ सरेर बेनी आएका थिए। बेनीको नेवार समुदाय बिस्काः जात्रा मनाउँछ। बिस्काः भक्तपुरको जात्रा हो। सदियौं अगाडि काठमाडौं उपत्यका छाडेका नेवार जताजता पुगे उतैउतै व्यापार गरेर बसे।  

उनी पनि व्यापारिक घरानामा चालिस वर्ष अघि जन्मे। आमा लक्ष्मीकुमारी र बुबा पुण्यबहादुरका नवौं सन्तानका रुपमा। उनका ७ दिदीबहिनी र दुई दाइ छन्।

धेरै मान्छेमा आफू मात्र बलियो हुने र आफैं मात्र अघि बढ्ने प्रवृत्ति देखिन्छ। यस्तो बेलामा ‘एक जना मात्र बलियो भएर पुग्दैन, सिँगो समाजलाई बलियो बनाउनु पर्छ’ भनेर युवाहरूलाई जगाउने मान्छेलाई भगवानले हेर्छन्। शाक्यलाई पनि भगवानको आशीर्वाद मिलेको छ।

उनको परिवारले पिएल डिपार्टमेन्टल स्टोर र भिभा पाउरोटी कारखाना चलाउँछ। उनका बाजेले सुरु गरेको खाद्यान्न पसललाई बुबाले बिस्तार गरे। नातीका पालामा आइपुग्दा त्यसले डिपार्टमेन्टल स्टोरको रुप लिन पुग्यो।  

उनले १२ जनालाई रोजगारी दिएका छन्। व्यवसाय राम्रोसँग चलेको छ। व्यवसायलाई बढाउँदै लैजाने उनको सोच छ। उनको भतिज (दाइको छोरा) दिल अष्ट्रेलियामा होटल म्यानेजमेण्ट पढ्दैछन्। पढाइ सकेर उताबाट फर्केपछि बेनीमा स्टार होटल खोल्न चाहन्छन् राजेश।    

‘हाम्रो बेनीमा सामान्य होटल मात्र छन’, उनले भने, ‘यहाँ स्टार लेभलका पाहुनाको लागि होटलको खाँचो छ।’  

बेनी बजार।

उनी बेनी बजारमै जन्मे÷हुर्केका। बेनीबजार कालीगण्डकी र म्याग्दी खोलाको तीरमा उत्तर र पश्चिम फैलिएको छ। बेनी आफैंमा क्षेत्री, मगर, नेवार, छन्त्याल, बाहुन, विक, थकाली आदि जातजातिको सुन्दर फूलबारी हो। समयसँगै त्यही फूलबारीको माली बनेका छन् राजेश।    

म्याग्देलीले जलविद्युतमा लगानी गरेर फाइदा लिनु पर्ने लाग्छ उनलाई। म्याग्दीका  खोलामा ४ हजार मेगा वाट बिजुली निकाल्न सकिन्छ। अचेल मुस्किलले जम्मा ६ मेगावाट विजुली मात्र निकालिएको छ। केही हाइड्रो कम्पनी उत्पादनको तयारीमा छन्।  

समाजसेवाको गुण आफ्नै पिता र बाजेबाट उनमा स-यो। उनका बाजे तुलबहादुरले कुरिला माई महारानी थानको विकास र प्रचारमा ठूलो योगदान दिएका थिए। त्यसैले मन्दिर हातामा बाजेको प्रतिमा बनाइएको छ।

उनी म्याग्दी उद्योग वाणिज्य संघमा उपाध्यक्ष छन्। दश वर्ष भयो संघमा आबद्ध भएको। संस्थामा लाग्दा व्यावसायिक दक्षता र नेतृत्व विकासमा सहयोग पुगेको छ।  

समाजसेवाको गुण आफ्नै पिता र बाजेबाट उनमा स-यो। बाजे तुलबहादुरले कुरिला माई महारानी थानको विकास र प्रचारमा ठूलो योगदान दिएका थिए। मन्दिरका लागि जग्गा समेत दान गरेकाले त्यहाँ बाजेको प्रतिमा बनाइएको छ।

उनका बुबा पुण्यबहादुरले बेनीमा बुद्ध विहार बनाउन जग्गा दान गरेका छन्। उनका दाजू याम पनि समाजसेवामा निकै अगाडि छन्। विसं २०७५ मा लायन्स क्लबले देशभरबाट विभिन्न क्षेत्रका सय जनालाई सम्मान गरेको थियो। त्यसमा म्याग्दीबाट याम शाक्य र महावीर सम्मानित भएका थिए।

बुबा पुण्यबहादुर र आमा लक्ष्मीकुमारीका साथमा राजेश शाक्य।

केही पाउन त केही गुमाउनै पर्छ। उनको परिवारले राम्रो साथ दिएको छ। व्यवसाय दाइ याम शाक्ले हेर्छन्। जीवनसाथी रेश्मा श्रेष्ठले पनि पाइलापाइलामा उनको उत्साह बढाउँदै आएकी छिन्। ताहाचल, काठमाडौंकी रेश्मासँग १८ वर्ष लामो प्रेम सम्बन्ध पछि विसं २०६८ मंसिरमा बिहे भएको थियो।    

समाजसेवा

झलक्क हेर्दा राजेशको मुहार गम्भीर देखिन्छ। तर, उनी रसिला छन्। कोमल हृदयका। म्याग्देली माझ समाजसेवीको राम्रो छवि बनाइसके। सबैभन्दा ठूलो सेवा ओमकुमारी शान्ति कोष मार्फत गरिरहेका छन्।    

गरिब नागरिकको उपचारमा सहयोग पु-याउने उद्देश्यले म्याग्दीमा कोष क्रियाशील छ। ‘दिन जान्यो, बाँच्न जान्यो’ भन्ने मूलमन्त्र बोकेको कोषले १६० जना म्याग्देलीको उपचारमा सहयोग गरिसकेको छ।  

शाक्य कोषका संयोजक हुन्। उनको टिम पारदर्शितामा विश्वास गर्छ। त्यसैले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले कोषलाई मन खोलेर सहयोग पु-याउँदै आएका छन्। म्याग्दीमा जन्मेर प्रवासलाई कर्मथलो बनाउनेहरूले मुट्ठी खोलेर कोषमा रकम बढाएका छन्।    

कोषका पदाधिकारीहरू विभिन्न धर्म, जाति र राजनीतिमा आस्था राख्छन्। तर, उपचारका काममा उनीहरू राजनीति, धर्म र जातीयताको घेराभन्दा माथि उठ्छन्।

गरिब नागरिकको उपचारमा सहयोग पु¥याउने उद्देश्यले म्याग्दीमा ओमकुमारी शान्ति कोष क्रियाशील छ। ‘दिन जान्यो, बाँच्न जान्यो’ भन्ने मूलमन्त्र बोकेको कोषले १६० जना म्याग्देलीको उपचारमा सहयोग गरिसक्यो। शाक्य कोषका संयोजक हुन्।    

ओमकुमारी शान्ति कोषलाई नगद हस्तान्तरण गर्दै बम बहादुर पुनको परिवार।

एउटा दुःखदायी घटनाबाट कोषको जन्म भएको थियो। विसं २०७१ मा कोषको जन्म भएको थियो। बोन म्यारोको उपचार गर्दागर्दै १८ वर्षीया ओमकुमारी पुनको जीवन वित्यो। उनको उपचारका लागि सहयोगीहरूबाट रकम उठाइएको थियो। त्यतिबेला उपचारबाट बचेको रकम सामाजिक काममा खर्च गर्ने इच्छा उनको परिवारले देखायो। त्यसैले बचेको रकम १३ लाख रुपैयाँबाट कोष बनाइयो।  

कोषको खातामा एक करोड रुपैयाँ बचत छ। ‘स्वदेश तथा विदेशका शुभेच्छुकहरूले थप एक करोड रुपयाँ सहयोग गर्ने बचनबद्धता दिएका छन्’, शाक्यले उत्साहित भावमा भने, ‘हामी कोषमा दुई करोड भन्दा बढी रकम जम्मा गर्छौं। र, ब्याजबाट गरिबको उपचार गर्दै जानेछौं।’  

दुईदुई वर्षमा कोष कार्यसमितिको चुनाव हुन्छ। यतिबेला शाक्य तेस्रो कार्यकालकोे नेतृत्व गरिरहेका छन्। ज्यादै दयालु छ उनको मन। कोषमार्फत मात्र होइन, बिरामीलाई व्यक्तिगत हिसाबले पनि आठ–दश हजार रुपैयाँ सहयोग गर्छन्। तर, त्यसको हिसाबकिताब राख्दैनन्।  

सामाजिक काममा जुट्दा मनमा प्रसन्नता छाउँछ। विसं २०७७ असार २५ मा परेको ठूलो पानीले म्याग्दीमा विध्वंस ग-यो। धेरै म्याग्देलीले दुःख पाए। राजेश पनि राहत र उद्धार कार्यमा जुटे।  

असार २६ गते बिहान धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले उनलाई फोन गरे, ‘दलित गर्भवती महिला अलपत्र परेकी छिन्। उनको उद्धार गर्न सकिएको छैन। लौन राजेशजी मद्धत गर्नुप-यो।’  

दलित समुदायकी गर्भवतीलाई राम्चेदेखि दरबाङसम्म हेलीकोप्टरमा ल्याउँदा लागेको खर्च राजेशले तिरिदिए। ‘ती गर्भवतीको उद्धार गर्न पाउँदा जीवनमा सबैभन्दा खुसीको क्षण त्यही बन्यो’, उनले भने।  

उनको मन भावुक बन्यो। उनले हेलिकोप्टरका लागि प्रयास गरे। मौसम बिग्रेकाले त्यो दिन हेली उड्न सकेन। असार २७ गते हेलिकोप्टरबाट उनको उद्धार गरियो। यसरी बेनी अस्पतालमा पु-याएकी करुणा नेपालीले २८ गते छोरी जन्माइन्।  

गर्भवतीलाई राम्चेदेखि दरबाङसम्म हेलीकोप्टरमा ल्याउँदा लागेको खर्च राजेशले तिरिदिए। ‘ती गर्भवतीको उद्धार गर्न पाउँदा जीवनमा सबैभन्दा खुसीको क्षण त्यही बन्यो’, उनले भने।  

मोना बेल्जियमका महासचिव प्रदिप सुमन थापा ओमकुमारी शान्ति कोषको संरक्षक सदस्य बन्न रकम हस्तान्तरण गर्दै।  

बाढीपहिरो पीडितको उद्धारमा उनीहरू खटिए। निर्माण व्यवसायी संघ, म्याग्दीका अध्यक्ष नारायण बिसीको समूहसँग मिलेर उनीहरूले १४ जना वृद्ध र अशक्तलाई उद्धार गरे। पीडितलाई खाद्यान्न, लत्ताकपडा लगायत बाँडे।    

म्याग्देली प्रवासी नेपाली संघ (मोना आइसिसि)सँगको सहकार्यमा म्याग्दीको पहिरोग्रस्त ठाउँमा पुननिर्माणको काममा पनि उनी सक्रीय छन्। त्यस्तै कोरोना भाइरसबाट बचाउन मास्क, स्यानिटाइजर लगायत सामान पनि बाँडिरहेका छन्।

उनी बेनीबाट प्रकाशित हुने रुप्से दैनिको उपाध्यक्ष छन्। पत्रकारसँग उनको राम्रो सम्बन्ध छ। उनीहरूसँग ठूलो आशा पनि छ। सकारात्मक पत्रकारिताले समाज बदल्न सक्छ भन्ने उनले बुझेका छन्। उनी पत्रकारलाई माया गर्छन्। पत्रकार पनि उनलाई सम्मान गर्छन्।  

पर्यटन अभियान  

सदियौंदेखि म्याग्दी जिल्ला ‘मुक्तिनाथको प्रवेशद्वार’का रुपमा चिनिएको छ। केही दशक यता पुनहिल, खोप्रा र धौलागिरि पदमार्गमा पर्यटकको चहलपहल हुन थालेको छ।  

म्याग्दीमा पर्वतीय पर्यटनको बिउ रोपिएको ६ दशक नाघिसक्यो। सन् १९६० मे १३ का दिन अस्ट्रियन नागरिक कुट डिम बर्गर पहिलोपटक धौलागिरि प्रथमको चुलीमा टेकेका थिए। धौलागिरि हिमशृङ्खलामा ७ वटा हिमाल पर्छन्। सबैभन्दा अग्लो धौलागिरि प्रथम (८,१६७ मि.)हो। 

टोड्केबाट देखिएको धौलागिरि हिमशृङ्खला। 

प्रशस्तै पर्यटकीय सम्भावना हुँदाहुँदै पनि पर्यटन म्याग्देलीको आर्थिक मेरुदण्ड बन्न सकेको छैन। म्याग्दी लाहुरे संस्कृतिबाट बाँचेको छ। भारतीय सेना, बेलायती सेना, अरबी मुलुक र जापान एवं अष्ट्रेलियामा कमाएर पठाएको रेमिट्यान्सले म्याग्दीको अर्थतन्त्र धानिएको छ। 

सधैं यसरी चल्दैन। कोरोना भाइरसको महामारीले पनि वैदेशिक रोजगारलाई प्रभावित पारिसक्यो। त्यसैले आफ्नै भूमिमा पसिना चुहाएर बिहान, बेलुकीको दालभातको जोहो गर्नुपर्छ। यसका लागि म्याग्दीले पर्यटन, जडीबुटी, जलविद्युत, पशुपालन र कृषिमा जोड दिनु पर्ने शाक्य बताउँछन्।  

कुनै आर्थिक लाभका लागि पकेटको पैसा खर्च गरेर उनले म्याग्दीको पर्यटन प्रवद्र्धन गरेका होइनन्, यसबाट समग्र जिल्लालाई फाइदा पुग्नेछ। जब मिडियामा म्याग्दी छाउँछ तब उनलाई मीठो निद्रा लाग्छ।    

वास्तवमा हिमालको सौन्दर्यले सबैलाई मोहनी लगाउँछ। म्याग्दीका धेरै डाँडापाखाबाट धौलागिरिको दर्शन पाइन्छ। धौलागिरिको काखमा बसेको म्याग्दीमा अनगिन्ती सुन्दर गन्तव्यहरू छन् जस्तो कि पुनहिल, खयर भारानी, मोहरेडाँडा, झाँक्रीपानी, टोड्के, गुर्जाखानी, धौलागिरि आधारशिविर, ज्यामरुङकोट, स्वर्गाश्रम, मालिकाधुरी, जलजला, नारच्याङ, बेनी बजार, अन्नपूर्ण आधारशिविर, तातोपानी कुण्डहरू, कालीगण्डकी, म्याग्दीखोला, गलेश्वरधाम, रुप्सेसहितका झरना, भेडी ओडार, बाजा पहाड, करबाकेली र ताकमकोट आदि। 

रुप्से झरना।

सांस्कतिक हिसाबले पनि मगर बाहुल्य जिल्ला म्याग्दी समृद्ध छ। मेहनती, हँसिला, रसिला र इमान्दार गाउँलेहरू पर्यटकसँग आत्मीय व्यवहार गर्छन्। त्यसैले पर्यटकीय सम्भावना उजागर गर्दै म्याग्दीलाई पर्यटकीय जिल्ला बनाउने उनले अठोट लिएका छन्।

धेरैले भाषण मात्र गर्छन्, उनले काम नै शुभारम्भ गरेका छन्। उनकै सक्रियतामा म्याग्दी उद्योग वाणिज्य संघले विसं २०७३ चैतमा नयाँ पदमार्ग ‘धौलागिरि सेन्चुरी ट्रेक’ एक्सप्लोर गरेर प्रवद्र्धन गरेको थियो। त्यतिबेला उनी महासंघका महासचिव थिए।  

प्रकृति र संस्कृतिको अनुपम भण्डार म्याग्दीमा पर्यटनको प्रचुर सम्भावना छ। उनी बेलाबेलामा आफ्नो निजी खर्चमा पत्रकारहरूलाई घुमाएर म्याग्दीका पर्यटकीय सम्भावनाहरू उजागर गराउँछन्। पर्यटन गाउँ बनाउन सरोकारवालालाई झक्झक्याउँछन्।  

हाम्रा नगरपालिका, गाउँपालिका र प्रदेश सरकारले गर्नुपर्ने कामको अगुवाइ राजेश गर्दैछन्। उनको अभियानबाट गाउँलेहरू पनि खुसी छन्।  

समयसँगै कर्मले उनलाई म्याग्दी जिल्लाको पर्यटन अभियन्ताका रुपमा स्थापित गरायो।  

कुनै आर्थिक लाभका लागि पकेटको पैसा खर्च गरेर उनले म्याग्दीको पर्यटन प्रवद्र्धन गर्दै आएका होइनन्, यसबाट समग्र जिल्लालाई फाइदा पुग्नेछ। जब मिडियामा म्याग्दी छाउँछ तब उनलाई मीठो निद्रा लाग्छ। 

शाक्यले धौलागिरि क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासमा योगदान दिने पत्रकार, पर्यटनकर्मी र संस्थालाई वर्षेनी आकर्षक नगदसहित ‘धौलागिरि पर्यटन पुरस्कार’ प्रदान गर्ने योजना बनाएका छन्। विसं २०७८ मा यसको शुभारम्भ हुनेछ।   

‘पर्यटनबाट मात्र म्याग्दीको आर्थिक समृद्धि सम्भव छ’, पर्यटन अभियन्ता शाक्य भन्छन्, ‘यसका लागि हाम्रा जनप्रतिनिधिहरू जिम्मेवार भएर पर्यटन विकासमा हातेमालो गर्नुपर्छ।’  

घोडेपानी। 

उनी बेलाबेलामा आफ्नो जिल्लाका गामबेंसी घुम्छन्। हिँडेर, गुडेर र उडेर उनी म्याग्दीका सबै ठाउँमा पुगिसके। उनले त्यहाँका पर्यटकीय सम्भावना राम्रोसँग केलाएका छन्। तिनै सम्भावना उजागर गर्न उनले जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरूको फोटो बुक प्रकाशनको चाँजोपाँजो मिलाइसके।  

अर्को खबर–शाक्यले धौलागिरि क्षेत्र (पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ)को पर्यटन प्रवद्र्धन र विकासमा योगदान दिने पत्रकार, पर्यटनकर्मी र संस्थालाई वर्षेनी आकर्षक नगदसहित ‘धौलागिरि पर्यटन पुरस्कार’ प्रदान गर्ने योजना बनाएका छन्।  विसं २०७८ मा यसको शुभारम्भ हुनेछ।

उनको परिकल्पनामा गन्तव्यहरूको पहिचान, पूर्वाधार विकास र प्रचारप्रसार गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले ‘म्याग्दी भ्रमण वर्ष २०७५’ मनायो। भ्रमण वर्षमा उनले संघबाट एउटा जिम्मेवारी पाएका थिए–सूचना केन्द्र निर्माणको। त्यो जिम्मेवारी सफलतापूर्वक पूरा गरिदिए बेनी बसपार्क छेउमा सूचना केन्द्र बनाएर।  

म्याग्दीमा आन्तरिक र बाह्य दुवै खाले पर्यटक रमाउने गन्तव्यहरू छन्। तिनको विकासका लागि गाउँगाउँमा तालिम चलाउन, होमस्टे गराउन, क्यानोनिङ विकास गर्न उनी केन्द्रदेखि प्रदेश सरकारसँग समन्वय गरिरहेका छन्।  

उनको पर्यटन यात्रा जारी छ।  

जीवनसाथी रेश्मासँग उपल्लो मुस्ताङमा। 

भविष्यको योजना  

उनमा नेतृत्व क्षमता देखिन्छ। त्यसैले राजनीतिमा हाम्फाल्ने सोच बनाएका छन्। उनले सोचेअनुसार सफलता मिल्दै गयो भने अबका केही वर्षपछि उनको राजनीतिज्ञ अवतार देखिनेछ।  

वामपन्थी राजनीतिक पृष्ठभूमि भएका शाक्य भन्छन्, ‘केन्द्रीय राजनीतिमा सक्रिय हुन चाहन्छु। म राज्यको कुनै सेवासुविधा नलिई निःस्वार्थ रुपमा जनताको सेवा गर्नेछु।’  

‘म केन्द्रीय राजनीतिमा सक्रिय हुन चाहन्छु’, शाक्य भन्छन्, ‘म राज्यको कुनै सेवासुविधा नलिई निःस्वार्थ रुपमा जनताको सेवा गर्नेछु।’

राजनीतिमा प्रवेश गर्नु अघि आर्थिक रुपमा अझै मजबुत बन्ने उनको तयारी छ। करिब ३० करोड रुपैयाँ लगानी गरेर, वर्षमा ३ करोड रुपैयाँ मात्र मुनाफा आउने वातावरण बन्यो भने त्यसले परिवार चलाउन र समाजसेवामा खर्च गर्न मनग्य पुग्नेछ।  

हाम्रा नेताहरूले राजनीतिलाई पेशा बनाए। जनताको नाममा जनता ठग्ने काम गरिरहे। त्यसैले नेताहरूप्रति जनताको वितृष्णा छ। राज्यको कुनै सेवासुविधा नलिई राजनीतिमार्फत निस्वार्थ जनताको सेवामा समर्पित हुने उनको चाहनालाई सलाम गर्नैपर्छ। उनको चाहना चाँडै पूरा होस्।

अन्त्यमा, मलाई लाग्छ, मुलुकभित्रका हरेक गाउँपालिका र नगरपालिकामा उनी जस्ता कम्तीमा एकएक जना युवा हुने हो भने समाजको सकारात्मक परिवर्तन हुन बेर लाग्दैन।  

धन हुनेहरू सबैको मन उनको जस्तै भइदिओस्। मित्र राजेशजीको सुस्वास्थ्य एवं दीर्घायुको कामना!  

प्रकाशित: २० भाद्र २०७७ १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App