घुमफिरमा धेरै किसिमका मान्छेसँग चिनजान हुन्छ। तर, ती सबैसँग सम्बन्ध दिगो बन्दैन। विचार मिल्ने र सामाजिक भावना भएकाहरूसँग मात्र सम्बन्ध गाढा बन्छ। त्यस्तै एक आत्मीय पात्र हुन्–सागर उदास।
तनहुँको सदरमुकाम दमौली बजारमा बसोबास गर्दै आएका उदास रसिला गीतकार र सफल व्यवसायी हुन्। उनका दर्जनौं गीत रेकर्ड भैसकेका छन्। राष्ट्रप्रेम र मायाप्रिति झल्कने गीतमा गण्डकी प्रदेशको सुवास मगमगाउँछ।
मिलनसार, सहयोगी र आत्मीय व्यवहारका कारण उनी अग्रज, समकालीन र अनुज पुस्तामाझ प्रिय छन्। उनी सामाजिक कामहरूमा मन खोलेर सहयोग गर्छन्। नाउँ उदास भए पनि रसिक छन्। खान, पिउन, नाच्न र गाउनमा रमाइला।
सरल भाषामा गामबेसी, मायाप्रेम र विकृतिविसंगतिविरुद्धका गीत, कविता र मुक्तक लेख्दै आएका उनको जीवन पनि सरल छ। उनी नयाँ पुस्तालाई सृजनात्मक बनाउन ऊर्जा भर्ने काम गर्छन्। यसरी हेर्दा उनलाई साहित्यिक फूलबारीका मालीभन्दा फरक पर्दैन।
उनी गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हुन्। साहित्य र पर्यटनसँगै व्यवसायिक काम गर्छन्। पचास वर्षको उमेरमा पनि तन्नेरी जोस कायमै छ।
स्कुले जीवनदेखि नै नाच्न र गाउन माहिर। गाउँघरमा डुल्दा होस् वा बजारमा हुने कार्यक्रममा मौका मिल्दा उनी कम्मर मर्काइहाल्छन्।
रेडियो नेपालमा रेकर्ड भएको उनको पहिलो गीत ‘हिँडेको छु छातिभरि व्यथाहरू बोकी, जिन्दगीको परिभाषा दुःख मात्रै हो कि’ हो। विसं २०५० मा आइसिं लामाको संगीतमा देवकुमार लामाले गाएका थिए यो गीत।
उनी आधुनिक र लोकआधुनिक गीत लेख्छन्। उनको पहिलो कृति ‘सागरका गीतहरू’ २०५२ सालमा प्रकाशित भएको थियो। उनले २०६० सालमा ‘आभार’ नामक पहिलो गिती एल्बम निकाले भने २०७० मा दोस्रो एल्बम ‘रवी’।
निजी खर्चमा लेखकहरूलाई तनहुँका विभिन्न ठाउँमा घुमाएर पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान पु-याउँदै आएका छन्। उनले तनहुँसुर, टुटेपानी, रामकोट, फिरफिरे, भुजिकोट, छाब्दीबाराही, छिम्केश्वरी, ढोरबराह, कोटदरबार लगायत गाउँठाउँमा लेखकहरूलाई घुमाइसके।
उनी चोटिला मुक्तक र रसिला गीत लेख्छन्। विसं २०७७ भित्रै गीत र मुक्तकका पुस्तक प्रकाशनको तयारीमा छन्। गीतकार रमेश पौडेलले प्रकाशोन्मुख पुस्तकको सम्पादन र संयोजन गर्दैछन्।
पछिल्लो समय उनी पर्यटन प्रवद्र्धनमा पनि क्रियाशील छन्। निजी खर्चमा पर्यटन पत्रकार र लेखकहरूलाई तनहुँका विभिन्न ठाउँमा घुमाएर पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान पु-याउँदै आएका छन्। उनले तनहुँसुर, टुटेपानी, रामकोट, फिरफिरे, भुजिकोट, छाब्दीबाराही, छिम्केश्वरी, ढोरबराह, कोटदरबार लगायत गाउँठाउँमा लेखकहरूलाई घुमाइसके।
उनी तनहुँका पर्यटकीय सम्पदा समेटिएको आकर्षक पुस्तक लेखन तथा प्रकाशनको तयारीमा जुटेका छन्।
‘तनहुँलाई प्रकृति, संस्कृति र अध्यात्मको त्रिबेणीधामका रूपमा चिनाउने प्रयासमा छौं’, उनले भने, ‘अतिथिलाई मनैदेखि स्वागत गर्ने हामी तनहुँबासीको संस्कार नै हो। यही कुरा पुस्तकमा पस्कने जर्मको गर्दैछु।’
पर्यटन साहित्यमा उनले उल्लेखनिय काम गरे। प्रतिष्ठानले उनकै नेतृत्वमा २०६६ साल साउन २९ र ३० गते ‘मानहुँकोट पर्यटन साहित्य’ यात्रा गरेको थियो। मगर संस्कृति र प्रकृतिको संगम मानहुँकोट आज दमौलीमा बस्नेहरूको गर्मी छल्ने गन्तव्यका रुपमा चम्किसक्यो। त्यहाँ होमस्टे र होटल खुलिसके।
त्यति मात्र होइन, उनको अर्को एउटा बृहत योजनालाई कोरोना भाइरसले स्थगित गराइदियो। विसं २०७६ फागुन २४ देखि २६ गतेसम्म दमौलीमा दोस्रो राष्ट्रिय साहित्य सम्मेलन एवं राष्ट्रिय कविता प्रतियोगिता गर्ने तय भएको थियो। अब कोरोनालाई पराजित गरेपछि प्रतिष्ठानले ‘पर्यटनका लागि साहित्य’ भन्ने मूलमन्त्रसहित सम्मेलन गर्नेछ।
उनको जीवन कथा ज्यादै संघर्षपूर्ण छ। गाउँघरतिर सबैले उनलाई ‘बर्मेली’ भन्छन्। मन र मुटुमा नेपाल र नेपालीपन बोकेर हिँडेका कविलाई मान्छेहरूले ‘बर्मेली’ सम्बोधन गर्दा रिस उठ्दैन। उनीहरूले त्यसो भन्नुमा कारण छ, उनका हजुरबुबा कमलापति तनहुँको बन्दीपुर छाडेर बर्मामा बसाइँ सरेका थिए। त्यसैले बुबा खुमप्रसाद उतै जन्मिए। उनीहरू पनि उतै जन्मे।
दुई दिदी र एक दाइपछि उदास बर्मामै जन्मिए। उनी नेपाल आउँदा जम्माजम्मी तीन वर्षका थिए। त्यसैले उनलाई बर्माको केही सम्झना छैन। ‘हामीलाई पनि मामाघर भनेको कस्तो होला, कोसेलीपात कस्तो होला भन्ने लाग्थ्यो’, उनले बाल्यकाल सम्झिए।
तिनताका ब्राम्हण समुदायमा बिहेबारी गरेपछि भारतका चारधाम जाने चलन थियो। त्यसै सिलसिलामा हजुरबुबा र हजुरआमाले चारधाम दर्शन गरेछन्। तीर्थयात्रामा हुँदै पूर्वी भारतमा नेपालीको बस्ती छ भन्ने खबर सुनेछन्। अनि उनीहरू मेघालय, नागाल्याण्ड, मणिपुर घुम्दै मोरेसम्म पुगेछन्।
बर्मामा नेपालीको बसोबास भएको कुरा उनीहरूलाई थाहा थियो। त्यसैले उनीहरू मोरेबाट टम्बु पसेछन्। टम्बुमा ठूल्ठूला नेपाली बस्ती देखेर दंग परेछन्। हजुरबुबाको टोलीमा गएका १० परिवार उतै बसेछन्।
इरावती नदीको सौन्दर्यमा उज्यालिएको स्याङ र कछिन राज्यमा बसे उनीहरू। त्यहाँ कतिले गाईभैंसी पाले त कतिले खेतीबारी सम्हाले। गीतकार उदासका मामा मणिराम न्यौपाने पहिलेदेखि उतै बसेका थिए। गोरखा र लमजुङका अरू धेरै नेपालीको पनि त्यतै बसोबास थियो।
तिनै मामाको सहयोगमा उदासका हजुरबा पनि उतै रमाए। फेरि कहिल्यै नेपाल फर्केनन्।
नेपालबाट विसं १९६१ मा तीर्थयात्रामा निस्केका उनीहरू घुम्दैघुम्दै करीब वर्ष दिनपछि बर्मामा पुगेका थिए। उनीहरू बसेको ठाउँको जमीन उर्वर थियो। जति जमीन ओगटेर बस्न सक्यो, त्यो आफ्नै हुन्थ्यो। त्यतिबेला बदाम, धान, मकै र सागसब्जी फलाइन्थ्यो।
सागरका बुबा खुमप्रसाद रसिक स्वाभावका थिए। गाउँलेहरू उनलाई ‘राधेराधे’ भन्थे। उनी नाचगान गर्न र नाटकमा अभिनय गर्न तथा गराउन सिपालु थिए।
गीतकार उदासकी आमा पार्वती पनि उतैकी हुन्। उनका हजुरबुबा र हजुरआमा नै बर्मामा जन्मिएका। आमाको पनि पुख्र्यौली थलो तनहुँ जिल्लाकै क्रियापानी साँगे गाउँ हो। आमाका पुर्खाहरू विसं १९४१ तिर बर्मा पसेका रहेछन्।
बर्माबाट हामीले धेरै कुरा सिक्नुपर्ने देखेका छन् उनले। त्यसैले नेपालको राष्ट्रगान ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली’का लेखक व्याकुल माइलासहितको स्यानो साहित्यिक टोली लिएर बर्मा यात्रा गर्ने उनको योजना छ। कोरोना भाइरस शान्त भएपछि उनीहरू म्यानमार (बर्मा) पुग्नेछन्।
दुई दिदी र एक दाइपछि उदास बर्मामै जन्मिए। उनी नेपाल आउँदा जम्माजम्मी तीन वर्षका थिए। त्यसैले उनलाई बर्माको केही सम्झना छैन। त्यहाँको सरकारले २०२७ सालमा आआफ्नो देश फर्कन आह्वान गरेकाले वर्ष दिनपछि उनको परिवारले बर्मा छाड्यो।
त्यसपछि भारतमा वर्ष दिन बसेर २०२९ सालमा थातथलो खोज्दै उनीहरू बन्दीपुर आइपुगे। उनी आफ्नै थातथलोमा हुर्केबढे। उनको मनमा उताको सम्झना छैन। चाडबाड आउँदा माइती सम्झेर आमाको मनले नियास्रो मान्छ।
‘हामीलाई पनि मामाघर भनेको कस्तो होला, कोसेलीपात कस्तो होला भन्ने लाग्थ्यो’, उनले बाल्यकाल सम्झिए।
बर्मामा सैनिक शासन भएकाले आमालाई माइतीसँग पुनर्मिलन गराउन सजिलो भएन। नेपाल फर्केको करीब ४५ वर्षपछि २०७३ साल पुसमा आमालाई लिएर उनी बर्मा पुगे। महिना दिन बसेर आफन्त र इष्टमित्रसँग भेटघाट गरे।
लामो समयपछिको पुर्नमिलनमा सबैका आँखा रसाए। आमाले इच्छा गरेकाले उनले २०७५ सालमा फेरि उनलाई बर्मा पु¥याए। सबैसँग भेटघाट गरेर फर्किए। अहिले आमा ७८ वर्षकी भइन्।
बर्मामा बस्नेहरूले नेपाली परम्परा, कला र संस्कृति जोगाएको देख्दा उनी खुसी छन्। ‘उनीहरू संस्कारी छन्, कला र संस्कृति जोगाएका छन्। चाडपर्व धूमधामसँग मनाउँछन्’, उनले सुनाए, ‘त्यहाँका हरेक नेपालीको पूजाकोठामा रामायण हुन्छ। कन्याहरूले ‘छोरीको अर्ती’ भन्ने पुस्तक कण्ठस्थ बनाउँदा रहेछन्।’
बारा जिल्लाका निलहरि शर्माले लेखेको ‘छोरीको अर्ती’ पुस्तक बर्मामा लोकप्रिय बनेको हो।
बर्माबाट हामीले धेरै कुरा सिक्नुपर्ने देखेका छन् उनले। त्यसैले नेपालको राष्ट्रगान ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली’का लेखक व्याकुल माइलासहितको स्यानो साहित्यिक टोली लिएर बर्मा यात्रा गर्ने उनको योजना छ। कोरोना भाइरस शान्त भएपछि उनीहरू म्यानमार (बर्मा) पुग्नेछन्।
नागरिकता प्रमाणपत्रमा उनको नाम लेखिएको छ–अर्जुन अधिकारी। सागर उदास उनको साहित्यिक नाम। उनीसँग संगत गर्दा वा आनीबानी बुझ्दा उनलाई ‘उदास’ भन्न मन मान्दैन। ज्यादै रसिक छ उनको स्वभाव।
नेपाल फर्केपछि उनको परिवारले निकै संघर्ष गर्नुप-यो। यता आउनुअघि बर्मामा उनीहरूको गाई र भैंसीका मात्र १२० वटा माउ थिए। बाच्छाबाच्छी र पाडापाडीको त कुरै छाडौं।
थातथलो बन्दीपुरमा ७ वर्ष बसेपछि उनको परिवार चितवन झ-यो। त्यहाँ आमाबुबाले होटल चलाए। चितवनमा पनि बुबाको मन रमेन। अनि बर्मेली समाज खोज्दै उनी झापा पुगे। त्यहाँ साविक पथरिया गाविसको बर्मेली टोलमा खेतबारी किने।
त्यहाँ पनि उनीहरूको बसोबास भएन। पछि केही वर्ष गैंडाकोटमा बसे। अनि पुनः आफ्नै ठाउँ दमौलीमा फर्के। उनीहरू नेपाल फर्कनुअघि नै २०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा सारिएको थियो। सदरमुकाम भएकाले त्यहाँ चहलपहल थियो।
सोचेजस्तो हुन्न जीवन। जीवनमा आएका उतारचढावले गर्दा उनका बुबा बिरामी भए। त्यसैले सानैदेखि उनले जिम्मेवारी सम्हाल्नु प¥यो।
गीतकार सागर सानैदेखि टेक्निकल दिमागका थिए। उनी नारायणघाटमा बस्दैखेरि रेडियो खोलखाल गरेर बनाउँथे। उनका बुबाका मामाका छोरा रामकृष्ण भुसालले दमौलीमा ‘राम रेडियो सर्भिस’ चलाएका थिए। त्यहाँ तीन वर्ष काम सिकेपछि उनकै सल्लाहमा २०४५ साल पुस २६ देखि उनले आफ्नै दोकान ‘नेशनल रेडियो सेन्टर’ खोले।
आज उनी सफल व्यवसायी बनेका छन्। अचेल रेडियोको जमाना गयो। उनी फ्रिज, टिभी, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान बेच्छन्। लामो समयदेखि हिम इलेक्ट्रोनिक्ससँग काम गरिरहेका छन्।
श्रीमती रविता, आमा पार्वती र छोरा सुशासनसहितको स्यानो परिवार छ उनको। छोरी सेमिका अष्टे«लियामा छिन्। रविता पनि फेन्सी सामानको व्यापार गर्छिन्। सुशासनले उनीहरूलाई सघाउँदै आएका छन्।
तनहुँलाई प्रकृति, संस्कृति र अध्यात्मको त्रिबेणीधामका रूपमा चिनाउने प्रयासमा छौं’, उनले भने, ‘अतिथिलाई मनैदेखि स्वागत गर्ने हामी तनहुँबासीको संस्कार नै हो। यही कुरा पुस्तकमा पस्कने जर्मको गर्दैछु।’
संर्घषै संघर्षको पहाड छिचोलेर अघि बढेका सागर दाइ एकपछि अर्को सफलताको भ-याङ चढ्दैछन्। सहृदयी, सहयोगी र सकारात्मक सोच भएकाले उनको मनमा आनन्दले बास गरेको छ।
उनी सामाजिक काममा पनि उत्तिकै अग्रसर हुन्छन्। टोल समाजमा हुने विकास निर्माण र धार्मिक कार्यमा मन खोलेर सहयोग गर्छन्। आमाबाबाको समाजसेवी भावनाको छाप उनमा परेको छ। त्यसैले दमौलीमा चम्केका छन्। सम्मानित पनि छन्।
कोरोना भाइरसको महामारी बढेकाले हिजोआज फुर्सदिला बनेका छन्। नत्र सधैं व्यस्त रहन्थे। परिवार चलाउन र आर्थिक स्थायीत्वका लागि व्यवसायलाई निरन्तरता दिने र साहित्यकर्ममा लाग्दै जाने उनको अठोट छ।
सरल भाषामा गामबेसी, मायाप्रेम र विकृतिविसंगतिविरुद्धका गीत, कविता र मुक्तक लेख्दै आएका उनको जीवन पनि सरल छ। नयाँ पुस्तालाई सृजनात्मक बनाउन ऊर्जा भर्ने काम गर्छन्। यसरी हेर्दा उनलाई साहित्यिक फूलबारीका मालीभन्दा फरक पर्दैन।
अन्त्यमा, नागरिकताको प्रमाणपत्रमा उनको नाम लेखिएको छ–अर्जुन अधिकारी। सागर उदास उनको साहित्यिक नाम। उनीसँग संगत गर्दा वा आनीबानी बुझ्दा उनलाई ‘उदास’ भन्न मन मान्दैन। ज्यादै रसिक छ उनको स्वभाव।
उपनाम सागर उदास किन राखेको ?
‘घरको कान्छो सन्तान भए पनि सानैदेखि पारिवारीक जिम्मेवारी लिनुप¥यो’, उनले प्रस्ट्याए, ‘त्यसैले सागर उदास राखेको हुँ।’
त्यस्तै १८ वर्षको उमेरदेखि उनी ‘उदास’ बनेका। त्यसैले भावनाको तलाउमा चुर्लुम्म डुबेर मनका कुरा लेख्छन्।
गीतकार सागर उदासको सुस्वास्थ्य एवं दीर्घायुको कामना।
प्रकाशित: ७ भाद्र २०७७ १३:१४ आइतबार