४ भाद्र २०८३ बिहीबार
image/svg+xml

महाधिवेशन रोक्न कांग्रेस इतर पक्षले शुक्रबार सर्वोच्चमा रिट दर्ता गर्ने

महाधिवेशन प्रक्रिया रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै रिट दायर गर्ने तयारी गरेका हुन्।

जय नेपाल पार्टीले राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा देशव्यापी हस्ताक्षर संकलन गर्ने

सभापति धवलशम्शेर राणाको अध्यक्षतामा सम्पन्न बैठकले संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा देशव्यापी हस्ताक्षर संकलन गर्नेसहितका नीतिगत तथा सांगठनिक निर्णयहरू गरेको हो।

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहीबार भक्तपुरको निकोसेरामा रहेको प्रसाईंको घरमा खानतलासी गरेको हो।

फोहोर व्यवस्थापन समस्या समाधानका लागि द्रुत पहल गर्ने सञ्चारमन्त्रीको आश्वासन

तिमिल्सिनाले ल्याण्डफिल साइटसम्म पुग्ने सडक स्तरोन्नति गर्न संघीय सरकार र काठमाडौं महानगरपालिकाले आवश्यक बजेट छुट्याएर काम अघि बढाउनुपर्ने बताए।

पासपोर्ट प्रकरणबारे अख्तियार प्रमुख- प्रधानमन्त्रीकाे दबाबले होइन, कैफियत हेरेरै मुद्दा लग्यौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आफूहरू प्रधानमन्त्री कार्यालयमा ‘थुनिएको’ भन्ने चर्चाको खण्डन गर्दै पासपोर्ट प्रकरणमा परामर्श र छलफलका लागि मात्रै बोलाइएको प्रष्टीकरण दिएका छन्।

भद्रपुरकी लक्ष्मीको जापानमा ह*त्या, पाँच जना पक्राउ

दूतावासका अनुसार जापान प्रहरीले घटनाको छानबिनका लागि पाँच जनालाई नियन्त्रणमा लिएको छ।

राप्रपासँग मतलब छैन, हाम्रो प्रतिस्पर्धी ‘घण्टी’ हो: धवल शम्शेर

जय नेपाल पार्टीका अध्यक्ष धवल शम्शेर राणाले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी ‘घण्टी’ हुने दाबी गरेका छन्।

जय नेपाल पार्टीको निर्णय: देशैभर संवैधानिक राजसंस्थाको पक्षमा जनमत निर्माण गर्ने

पार्टीले संविधान निर्माणका क्रममा जनताबाट प्राप्त सुझावलाई सम्बोधन गर्नुपर्ने भन्दै संविधान संशोधनका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

बागमती मन्त्रिपरिषद् विस्तार: राप्रपाका तीनसहित ६ नवनियुक्त मन्त्रीले लिए शपथ

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर नेतृत्वको नयाँ सरकारमा ६ जना नवनियुक्त मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।

नेपाली राजनीतिमा उदाएको ‘खगेन्द्र शैली’

जनताले सांसदबाट निडर आवाज चाहेका छन्। तर उनीहरूले अराजकता चाहेका छन् कि छैनन् भन्ने प्रश्न पनि त्यत्तिकै महत्त्वपूर्ण छ।

दलित अधिकार सम्बन्धमा बनेको विधेयक प्रदेश सभामा पेस

कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्