६ कार्तिक २०७८ शनिबार
ब्लग

मुकुण्डो कलालाई लोकप्रिय बनाउने कलाकार

उदाहरणीय युवा

‘मध्यपुर मास्क मेकिङ’का कलाकार सोमराज तामाङ। तस्बिरः अमृत भादगाउँले।

काठमाडौं उपत्यकाका नेवार समुदायको परम्परागत नाचमा विभिन्न देवदेवी, राक्षस र जनावरका भेषमा नाच्ने चलन छ। नाचका कलाकारहरू मुकुण्डो  लगाउँछन्। जसको भेषमा नाच्ने हो त्यसको अनुहार झल्कने मुखाकृती लगाइन्छ। त्यही नक्कली मुखाकृतिलाई ‘मुकुण्डो’ भनिन्छ।  

केबाट बनाइन्छ त मुकुण्डो ?

कालीमाटी, नेपाली कागज, मलमल कपडा, कपास र मैदाबाट मुकुण्डो बनाइन्छ। अचेल काठ, तामा, ढलौट र प्लाष्टिकबाट पनि बनाइन्छ। मुकुण्डोहरू साना, ठूला विभिन्न साइजका हुन्छन्।  

मुकुण्डो कला नेवार समुदायका चित्रकारहरूको पुख्र्यौली पेशा। आज यो अमूल्य कला लोपोन्मुख अबस्थामा पुगेको छ। यद्यपि मुकुण्डोलाई सर्बसाधारणका बीचमा लोकप्रिय बनाउने काममा एक युवाले ठूलो योगदान पु¥याउँदै आएका छन्। ती हुन्–सोमराज तामाङ।  

परम्परागत शैलीमा आधुनिकताको लेप लगाएर बनाइएका सुन्दर सृजनाले सबैलाई लोभ्याउँछ। भक्तपुरका कलाकार सोमराज तामाङले मुकुण्डो कलामा कमाल गरेका छन्। त्यसैले मुकुण्डो उपहार संस्कृति फस्टाउँदैछ।    

उनी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ बहाखा बजारमा ‘मध्यपुर मास्क मेकिङ’ कारखाना चलाउँछन्। उनी परम्परागत नाचमा चाहिने मुकुण्डो त बनाउँछन् नै, त्यसबाहेक घरकोठामा सजाउने गरी मुकुण्डोलाई ‘मायाको चिनो’का रुपमा ब्राण्डिङ गर्न पनि सफल भैसकेका छन्। 

उनलाई वर्षैभरी भ्याईनभ्याई हुन्छ। विशेषतः नेपालीले माटो र कागजबाट बनेका मुकुण्डोहरू मायाको चिनोका रुपमा दिने चलन छ।        

केही वर्ष अघिसम्म मुकुण्डोलाई नाचमा लगाउने परम्परागत गहनाका रुपमा मात्र बुझिन्थ्यो। नाचगानमा सिमित मुकुण्डो विदेशीले नेपालको कोसेलीका रुपमा  लैजान्थे। त्यसबाहेक मुलुकभित्रका केही होटल तथा रेष्टुराँमा सजाइन्थ्यो। सोमराजलाई लाग्यो, ‘मायाको चिनो’का रुपमा यसको प्रवद्र्धन किन नगर्ने?

उनले विसं २०६९ देखि मायाको चिनोका रुपमा कुमारी, बुद्ध र तारा डिजाइन गरे। उनले सोचेजस्तै भयो, नेपालीले औधी रुचाए। उनी यस्ता सामाग्री साइज अनुसार ३५० रुपैयाँदेखि ३५ सय रुपैयाँसम्ममा बेच्छन्।  

इष्टमित्र वा साथीसंगीलाई कुनै उपहार दिँदा आत्मीयता बढ्छ। सजाउने कुरा दिएमा त त्यो वर्षौंसम्म रहन्छ। नेपालीले पनि घरआँगन सजाउन र शुभकामना बाँड्न मुकुण्डो प्रयोग गर्न थालेका छन्। विवाह, ब्रतबन्ध, जन्मोत्सव र संस्थाको वार्षिकोत्सवमा मुकुण्डो उपहार संस्कृतिका रुपमा विकास हुँदैछ। आखिर आफ्नोपन सबैलाई प्रिय लाग्छ।  

उनले विसं २०६९ देखि ‘मायाको चिनो’का रुपमा कुमारी, बुद्ध र तारा डिजाइन गरे जुन नेपाली माझ लोकप्रिय बने। विदेशीहरू राजारानीका मूर्तिलाई ‘युनिक प्रोडक्ट’ मान्छन्। उनी राजा वीरेन्द्र र रानी ऐश्वर्यका मूर्तिको साइज अनुसार दुई हजारदेखि बीस हजार रुपैयाँसम्म लिन्छन्। 

‘टोकन अफ लभका रुपमा कुमारी, बुद्ध र ताराको खपत बढी हुन्छ’, तामाङ भन्छन्, ‘विदेशीहरू चाहिँ क्रिसमस उपहारका रुपमा राजारानीका मूर्ति दिन्छन्।’

उनी राजा वीरेन्द्र र रानी ऐश्वर्यको मुकुण्डो मूर्ति बनाउँछन्। दरबार हत्या काण्डपछि राजा वीरेन्द्र र रानी ऐश्वर्यप्रति नेपालीको ठूलो सहानुभूति रह्यो। विदेशी पनि राजारानीका मूर्तिलाई ‘युनिक प्रोडक्ट’ मान्छन्। उनी राजारानीको साइज अनुसार दुई हजारदेखि बीस हजार रुपैयाँसम्म लिन्छन्। 

मायाको चिनो वर्षैभरि चल्छ। उनी विभिन्न जातजातिको वेशवुशा झल्काउने ‘स्ट्याण्ड पपेट’ पनि बनाउँछन्। कपडा, कागज र माटोबाट बनाइने यस्ता पुतलीको माग पनि राम्रै छ। उनी बाघ, स्याल, माछा र सिंहका मुकुण्डा पनि बनाउँछन्।  

उनले काठमाडौं उपत्यकामा चाहिने मात्र होइन, दोलखा बजार, जिरी र बागलुङसम्मका लागि लाखे र देवदेवीका मुकुण्डो बनाएका छन्।  

‘यसपाली साँखुको देवी नाचका मुकुण्डो पनि बनाएँ’, उनले अनुहार उज्यालो पार्दै भने, ‘कामको डिमाण्ड बढ्दै छ।’  

नाचलाई चाहिने मुकुण्डो उनी परम्परागत शैलीमै बनाउँछन्। तर, उपहार दिन बनाइने मुकुण्डोमा परम्परा र आधुनिकताको फ्युजन हुन्छ। झलक्क हेर्दा ती आकर्षक देखिन्छन्। त्यसैले त उनी बजारमा टिक्न सके। उनको माग दिनदिनै बढ्दो छ।  

उनी पेपर बोर्डमाथि कलाकृति टाँसेर संस्थाको लोगो समेत छापिदिन्छन्। यसरी बनाइने मायाको चिनोलाई धेरैले रुचाएका छन्।    

समयसँगै चल्न नजान्नेहरू पछि पर्छन्। क्वालिटी र डिजाइनमा नविनता ल्याएकैले उनी चम्केका हुन्।    

उनले जान्दा थिमी क्षेत्रमै मुकुण्डो बेच्ने र बनाउने १३ वटा पसल थिए। समयसँगै बिस्तारै ती बन्द हुँदै गए।  ‘१२ वैशाखको भुइँचालो अघि जम्मा ३ वटा पसल बाँकी थिए’, उनले भने, ‘भुइँचालो पछि म एक्लै संघर्ष गरिरहेको छु।’  

सोमराज कुशल प्रशिक्षक पनि हुन्। संघसंस्थाले उनलाई प्रशिक्षकको जिम्मेवारी दिन्छन्। बेलाबेलामा आफ्नै कारखानामा विदेशी पर्यटक र नेपाली विद्यार्थीलाई पनि सिकाउँछन्। उनीहरूलाई मुकुण्डो बनाउन र रंग लगाउन सिकाउँछन्। र, हातहातमा मुकुण्डो उपहार दिएर पठाउँछन्।  

उनको कारखानामा कुनै बेला २५ जनासम्म काम गर्थे। अचेल उनको परिवार मात्र काम गर्दैछ। लकडाउनपछि परिवार बाहिरका ३ जना विदामा छन्। उनलाई मामाका छोरा अनिल तामाङले सघाउँदैछन्।  

कलाकार अनिल तामाङ।

कोरोना भाइरसको संक्रमण रोक्न मुलुकमा लकडाउन गरियो। लकडाउनमा घरमै बसेर उनको परिवारले काम ग¥यो। लकडाउन खुकुलो भएसँगै मायाको चिनो किन्न आउनेहरू बढ्दै थिए। दालभात खाने पैसा जोहो हुँदैथियो। फेरी निषेधाज्ञा सुरु भयो। यसले अन्यौल बढाएको छ।

सोमराज कुशल प्रशिक्षक पनि हुन्। बेलाबेलामा घरेलु तथा साना उद्योग कार्यालय लगायतका संस्थाले उनलाई प्रशिक्षकको जिम्मेवारी दिन्छन्। कहिलेकाहीँ आफ्नै कारखानामा विदेशी पर्यटक र नेपाली विद्यार्थीलाई पनि सिकाउँछन्। उनीहरूलाई मुकुण्डो बनाउन र रंग लगाउन सिकाउँछन् । र, हातहातमा मुकुण्डो उपहार दिएर पठाउँछन्।  

काठमाडौंको सीता ट्राभल्स र सोसल टुर्सले विदेशी समूह ल्याउँछन्। प्रशिक्षार्थीहरू आफूले बनाएको मास्क आफैं लिएर फर्कन्छन्। ‘यसरी तालिममा आउने विदेशीसँग मास्कको साइज हेरेर एक हजारदेखि दुई हजार रुपैयाँसम्म लिन्छु’, सोमराज  भन्छन्, ‘नेपालीसँग भने पाँच सयदेखि हजार रुपैयाँसम्म लिन्छु। त्यति रकमले सिक्न र आफूले बनाएको मास्क घर लैजान पाइन्छ।’  

मुकुण्डो कलालाई ‘मायाको चिनो’का रुपमा प्रवद्र्धन गर्ने उनको अभियानमा  मध्यपुर थिमी नगरपालिका, रोटरी क्लब अफ मध्यपुर, थिमी जेसिज, स्थानीय सहकारी संस्था र शिक्षालयहरूले साथ दिएका छन्।  

उनी फ्रिज म्याग्नेट पनि बनाउँछन्। चीनमा भएको प्रर्दशनीमा सहभागी भएर आएपछि उनले सन् २०१४ देखि फ्रिज म्याग्नेट बनाउन थाले। विदेशी त उनका ग्राहक हुन् नै, विदेश तथा स्वदेशमा बस्ने नेपालीले समेत यस्ता म्याग्नेट किन्ने गरेका छन्।  

मुकुण्डो कलालाई ‘मायाको चिनो’का रुपमा प्रवद्र्धन गर्ने उनको अभियानमा  मध्यपुर थिमी नगरपालिका, रोटरी क्लब अफ मध्यपुर, थिमी जेसिज, स्थानीय सहकारी संस्था र शिक्षालयहरूले साथ दिएका छन्।  

उनले बनाएका कला आफ्नै पसल बाहेक ठमेल, भक्तपुर, कुपण्डोल, पोखराबाट बेचिन्छ। त्यस्तै बेलाबेलामा कार्गो गरेर उनी फ्रान्स, स्पेन र चीनमा पनि पठाउँछन्।  

अरुले भन्दा फरक तरिकाले सिर्जनशील शैली विकास गरेकैले उनी मुकुण्डो कलामा टिकेका हुन्। सफल बनेका हुन्। उनी मेहेनतमा विश्वास गर्छन्। दैनिक १० घन्टा काम गर्छन्।  

श्रम गरे सुन फलाउन सकिन्छ। उनले विसं २०६३ तिरै थिमी क्षेत्रकै बोडे टाउन प्लानिङमा घडेरी किनेका थिए। पछि विसं २०६८ मा त्यहाँ घर बनाए। अहिले परिवारसहित त्यहीँ बस्छन्।  

उनी ४५ वर्षका भए। उनले विसं २०५३ मा मोरङकी राधिका आचार्यसँग प्रेम विवाह गरेका छन्। उनीहरूका दुई छोरा छन्–सन्जीव र राजीव। सन्जीव सफ्टवेयर इन्जिनियर बनिसके। राजिव चाहिँ स्नातक तहमा पढ्दैछन्। फुसर्दमा उनीहरू आमाबालाई सघाउँछन्।  

निरन्तर कर्म गरे फल प्राप्त हुन्छ। दुःखमा आत्तिनु हुँदैन र सुखमा मात्तिनु हुँदैन भन्ने कुरा उनले बुझेका छन्।      

सबैलाई खुल्दुली लाग्न सक्छ, तामाङ समुदायको मान्छे कसरी नेवार कलाको गुरु बन्न सफल बने भनेर। खासमा उनको पुख्र्यौली थलो सिन्धुपाल्चोक हो। उनका बुबा थिमी क्षेत्रमै काम गर्थे, त्यसैले उनी यतै जन्मे, यतै हुर्के। 

उनी कक्षा ६ मा पढ्दा बुबालाई भगवानले टपक्क टिपेर लगे। त्यसैले सानै उमेरमा काम गर्नुपर्ने बाध्यता आइलाग्यो। उनले १३ वर्षको उमेरदेखि निरन्तर बहाखा बजारका प्रख्यात कलाकार कान्छा चित्रकारसँग काम गरे। मुकुण्डो बनाउने र रंग लगाउने सीप सिके।  

सात वर्ष सिकेपछि उनले आफैं नगरकोटमा मुकुण्डो पसल खोले। एक वर्ष त्यहीं चलाए पछि थिमीमै फर्केर ‘मध्यपुर मास्क मेकिङ’ खोले। त्यस यता फर्केर हेर्नु परेको छैन।  

मुलुकमा माओवादी जनयुद्ध उत्कर्षमा पुगेका बेला संकटकालले उनको पेशालाई प्रभावित बनायो। अहिले फेरी कोरोनाले सताउँदैछ। त्यसैले अबका केही वर्ष संघर्ष गर्नुपर्ने देखिन्छ। यसका लागि उनी तयार छन्।  

उनले कक्षा १० सम्म पढे। सानैदेखि आफैं केही सिक्छु र केही गर्छु भन्ने सोच थियो मनमा। जागिर खाने होइन, अरुलाई रोजगारी दिने काम गर्नुपर्छ भन्ने भावना थियो। त्यसमा उनी सफल बने।  

आज नेवार समुदायले समेत उनलाई मुकुण्डो कलाका गुरुका रुपमा आदर गर्छ। उनले घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरबाट विसं २०७५ मा विशेष युवा उद्यमी पुरस्कार पाएका छन्। त्यसबाहेक हजारौं ग्राहकबाट पाएको शुभेच्छा अतुलनिय छ। 

 कलाबाट उनले नाउँ र दाम दुवै कमाए। अब उनको एउटा सपना बाँकी छ, काठमाडौंमा परम्परागत सामानहरूको एकल प्रदर्शनी गर्ने।  

‘कोरोनाबाट वातावरण शान्त भएपछि प्रदर्शनी गर्नेछु’, उनले आफ्नो रहर सुनाए।  

निरन्तर कर्म गरे फल प्राप्त हुन्छ। दुःखमा आत्तिनु हुँदैन र सुखमा मात्तिनु हुँदैन भन्ने सन्देश दिन्छ उनको जीवनकथाले।  

मुकुण्डो कलाकारितालाई नयाँ उचाईमा पु¥याँदैछन् कलाकार सोमराज तामाङ। सफलताका भ¥याङ चढिरहेका तामाङको सुस्वास्थ्य एवं दीर्घायूको हार्दिक शुभकामना !  

सम्पर्क

सोमराज तामाङ–९८४१३७१४५४

मध्यपुर मास्क मेकिङ, भक्तपुर ।  

जीवनसाथी राधिका आचार्यसँग कलाकार सोमराज तामाङ। 

प्रकाशित: ५ भाद्र २०७७ २०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App