६ आश्विन २०७७ मंगलबार
ब्लग

धन्यवाद प्रोफेसर चो !

ताङतिङ मेरो गाउँ

प्रकाश गुरुङ

आँसु मानिसको सुखदुःखको घनिष्ठ साथी। हामीलाई दुःख पर्दा अनायासै आँखाबाट आँसु चुहिन्छ। आँसु बगेसँगै मन हल्का हुन्छ। आँसुले सानाठूला, धनीगरीब र महिलापुरुष केही भन्दैन। सबैका आँखाबाट आँसुको भेल बग्छ। दुःखमा मात्र होइन, सुखको क्षणमा पनि आँखाका डील भत्कन्छन्। कानले कुनै भावनात्मक कुरा सुन्दा वा कुनै घटना देख्दा तुरुन्तै दिमागमा असर पुग्छ र तत्काल आँसु झर्छ।  

आज आँसुको कुरा गर्न मन लाग्यो। मैले कोरियाको ‘पार्क चुङ हि स्कुल अफ पोलिसी एण्ड स्यामुल युगनाम विश्वविद्यालय’मा पढ्दा त्यहाँका उपाध्यक्ष एवं प्राध्यापक चो, ओई चुल थिए। उनले आफ्नो जीवन सघर्षबारे प्रस्तुति दिएका थिए।  

असारको सिमसिमे वर्षामा विश्वविद्यालयका विद्यार्थी छाता ओढेर यताउता हिँडिरहेका थिए। त्यहाँको पढाइ र सिकाइ नै त्यस्तै छ। हरेक कुरा विद्यार्थीलाई गर्न लगाइन्छ। उनीहरू अध्ययन तथा अनुसन्धान गर्छन्। फिल्डमा पुग्छन् र व्यक्तिगत एवं सामूहिक प्रस्तुति दिन्छन्।  

अभाव र गरीबीमा हुर्केको एउटा बालककले दुःखसँग संघर्ष गरेर अवसर पाएपछि कसरी अरूलाई पनि सहयोग गर्न उत्प्रेरित हुँदो रहेछ भन्ने सन्देश दिन्छ प्रोफेसर चोको जीवनकथाले।  

प्रोफेसर चो

प्राध्यापकहरू सबैले पिएचडी गरेका। धेरै जसोले अमेरिकाबाट पिएचडी गरेका। उनीहरू ज्यादै सहयोगी स्वभावका हुन्छन्।  

हाम्रो कलेज भवनलाई पिएसपिएस भवन भनिन्थ्यो जुन साततले छ। माथिको तल्ला वा कोठमा पुग्नलाई लिफ्टमा जानुपर्ने थियो। तलाका कक्षामा हाम्रो पढाइ हुन्थ्यो। विषयअनुसार फरकफरक कोठा छन्। सबैभन्दा तल्लो कोठामा कार्यालय छ।  

त्यो दिन २०७० असार २२ गते हाम्रो कलेज भवन छेउको ठूलो भवनमा हाम्रा विश्वविद्यालयका उपाध्यक्ष ‘चो, ओइ चु’को प्रस्तुति थियो। त्यो हलमा हामी विभिन्न मुलुकबाट आएका विद्यार्थी थियौं। हामी सबै छात्रवृृत्तिमा छनौट भएर त्यहाँ पुगेका थियौं। कोरियन विकास मोडल ‘नयाँ गाउँ अभियान’ जुन तत्कालीन राष्ट्रपति पार्क चु हिले सञ्चालन गरेर सन् १९६३ देखि १९७९ को छोटो अवधिमा दक्षिण कोरियालाई समृद्ध बनाएका थिए। त्यसकै अध्ययन गरेर हामी विकासोन्मुख देशका स्कलरहरूले आआफ्ना गाउँठाउँमा उदाहरणीय काम गर्ने लक्ष्य थियो।  

निःस्वार्थी नेता उत्पादन गर्न छात्रवृत्ति दिइएको हो। फरेस्ट्री, सामुदायिक नीति, नेतृत्व र आर्थिक विकास, नयाँ गाउँ अभियान मूल विषय अध्ययन गर्ने हाम्रो तीन समूह थियौं। हाम्रो पचास जनाको समूह थियो। त्यो दिनको कार्यक्रममा उपाध्यक्ष चुको प्रस्तुति सुन्दा हामी सबैका आँखा रसाए। हामी सबै अन्तर्राष्ट्रिय विद्यार्थीका आँखा एकै पटक रसाउनु अनौठो संयोग थियो। 

‘हामी संसारका सबै मानिस एकै परिवार हौं। कोही टाढा, कोही नजिक र  धनीगरीबी केही छैन। दूरी र भुगोलले हामीलाई छेक्दैन। त्यसैले हामी तपाइँहरूको पढाइ तथा लेखाइका लागि रातदिन खटिएका छौं’, उनले यति भनिरहँदा हामी आँसु पुछिरहेका थियौं।   

ती उपाध्यक्ष र हामी बीचमा रगतको नाता पनि छैन। उनकै पहलमा विश्वभरका विद्यार्थीलाई कोरियाको क श्रेणीमा आउने युगनम विश्वविद्यालयको महँगो शुल्कको जोहो, महिनाभर पुग्ने खर्च व्यवस्थापन गरिएको थियो। हुन त उनको गुनगान गाउन यो आलेख तयार पारेको होइन, अभाव र गरीबीमा हुर्केको एउटा बालककले दुःखसँग संघर्ष गरेर अवसर पाएपछि कसरी अरूलाई पनि सहयोग गर्न उत्प्रेरित हुँदो रहेछ भन्ने सन्देश दिन्छ उनको जीवनकथाले।  

उनले हाम्रासामु आफ्ना अतितका पाना पल्टाए। उमेर पाँच वर्षको हुँदा उनको परिवारलाई गरीबीले थिलथिलो पा¥यो। गरीबीले धेरै वर्ष उनको परिवारले एक छाक मात्र खान सक्यो। परिवारको पालनपोषणका लागि उनका बुबाले धेरै दुःख गरे। आफ्ना सन्तानलाई पढाउन बुबाले धेरै वर्ष खाली खुट्टा शहरबाट गाउँसम्म साहूको भारी बोकेका रहेछन्। 

एउटा विद्यार्थीको पढ्ने सुन्दर सपनालाई गरीबीले कसरी सताउँछ त्यसको उदाहरण पस्किए उनले। गरीबीमा पनि बुबाले संघर्ष गरेकाले नै आफूले संसार हेर्न पाएको कुरा उनले सुनाउँदा हाम्रा आँखा भरिए।  

एउटा विद्यार्थीको पढ्ने सुन्दर सपनालाई गरीबीले कसरी सताउँछ त्यसको उदाहरण पस्किए उनले। गरीबीमा पनि बुबाले संघर्ष गरेकाले नै आफूले संसार हेर्न पाएको कुरा उनले सुनाउँदा हाम्रा आँखा भरिए। हामी सुँक्कसुँक्क गर्न थाल्यौं।  

त्यसैले ‘नयाँ गाउँ अभियान’ अन्तर्गत विश्वभर चेतना फैलाउन लागेको उनले बताए। ‘हामी संसारका सबै मानिस एकै परिवार हौं। कोही टाढा, कोही नजिक र  धनीगरीबी केही छैन। दूरी र भुगोलले हामीलाई छेक्दैन। त्यसैले हामी तपाइँहरूको पढाइ तथा लेखाइका लागि रातदिन खटिएका छौं’, उनले यति भनिरहँदा हामी आँसु पुछिरहेका थियौं।  

उनकै अवधारणा, सहयोग अनि प्रयासमा हामी जस्ता विकासोन्मुख देशका विद्यार्थीले छात्रवृृत्तिमा पढ्न पाएका हौं। विश्वमा राम्रो नेतृत्व गर्न सक्ने नेतृत्व जन्माउन हामीलाई अवसर दिइएको।  

त्यस दिनको प्रोफेसरको प्रस्तुतिकरणबाट हामीले धेरे उत्प्रेरणा पायौं। कोरियामा रहुन्जेल १६ महिना ज्यादै मेहेनत गरेर अध्ययन ग¥यौं। त्यहाँ स्नातकोत्तर पढाइ सकेर नेपाल फर्केपछि म आफ्नै गाउँ ताङतिङमा काम गर्दैछु। बेलाबेलामा प्रोफेसर चुका भनाइले भावुक बनाइरहन्छ। धन्यवाद प्रोफेसर चो!  

(हिमालय मिलन मावि ताङतिङ, कास्कीका प्रधानाध्यापक गुरुङको प्रकाशोन्मुख पुस्तक ‘ताङतिङ मेरो गाउँ’को एक अंश।)  

प्रकाशित: १० श्रावण २०७७ ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App