६ आश्विन २०७७ मंगलबार

मुनामदनभन्दा प्रेमिल आमाबुबा

सम्पत्तिका नाममा एउटा क्यामेरा, ५०० रुपैयाँ र हृदयभरि प्रेम बोकी स्याङ्जाको वालिङबाट नेपालगन्ज झरेका मेरा बाबाआमाको जीवनकथा उधिन्ने हो भने रोचक एवं प्रेरणादायी उपन्यास बन्छ।

साथीहरूका नाममा

साथीहरूको साथले हटाउँछ जीवनमा खल्लोपन, रंगमञ्चीय हाम्रो जीवनलाई बनाउँछ रंगारंग। हामी सदैव इच्छा, आकांक्षामा अल्झिरहन्छौं, समय सापेक्ष भई नयाँ साथी खोजी रहन्छौं।

नम्रताको शक्ति

जुन मानिसमा नम्रताको गुण छ उनीहरूले सितिमिति अप्रिय काम वा कुरा गरेर अरूको चित्त दुःखाउने काम त यसै पनि गर्दैनन् नै कदाचित कहीं कतै त्यस्तो भएछ भने पनि सोही नम्रताको गुणले ढाकिदिने गर्छ र अरूको ध्यान त्यतातिर पुगिरहेको हुँदैन । फलतः उनीहरूले जस्तोसुकै सङ्कटबाट पनि उन्मुक्ति पाइरहेका हुन्छन् र यस्ता व्यक्तिको जीवन जहाँ गए पनि सजिलै बितिरहेको हुन्छ ।

बिर्सनेहरूलाई एउटै बहाना काफी हुन्छ

बिर्सनेहरूलाई त केवल एउटै बहाना काफी हुन्छ तिमी भेटिन्नौ तर मलाई तिम्रै सम्झना काफी हुन्छ । इमानदारहरूका त दिन सकिदै जान थालेछन् ढाँट्ने – छल्नेहरूकै लागि यो जमाना काफी हुन्छ । देखेर मात्रै के गर्नु यहाँ हजारहजार सपनाहरू पूरा गर्नेहरूलाई त केवल एउटै सपना काफी हुन्छ ।

पूर्णिमाको रात (मैले नजिकै मुस्कुराइरहेको चन्द्रमा देखेँ ।)

“जुनू, मसँग के जीवन पाउँछौँ ? मसँग प्रकाश छैन । दिनमा सूर्यको प्रकाश राति चन्द्रमाको प्रकाश हुन्छ तर मसँग केही छैन ।”, मैले आफूलाई संयमित बनाउँदै अलि टाढा रहँदै कुरा अर्कोतिर मोड्दै भनेँ । “त्यही त सूर्यको प्रकाश पृथ्वीमा ठोकेपछि नै त चन्द्रमा प्रतिबिम्बित हुने हो ।”, उनी अझ नजिकिएर भन्न थालिन् ।

आस्थाको जून

मेरो भविष्य मेरो वर्तमान धृतराष्टले कालो पट्टी बाँधेर आँखाहरूमा दृष्टि लुकाएजस्तै गान्धारीलाई विश्वासको समाधिमा समतुल्य बनाएर निस्फिक्री समय जितेको सायद म मेरो भविष्य फिँजाइरहेछु आस्थाको र्घुमैलो क्षितिज ओछ्याएर आँगनसम्म घाम ओराल्न ।

घर (देह बलि चढाऔं देशले मागेको बेला।)

सहन्नौं कदापि दुश्मनको हेला, पस्केको भात छाडी आफन्तको लास छाडी आमालाई बचाउन, उनैलाई सजाउन निस्कौं रगतको आहुति दिन किन नपरोस् देह बलि चढाऔं देशले मागेको बेला । घर सम्हालौं अर्थात् देश बचाऔं ।

खै किन चल्दैन मैले छोको पानी

किन खै चल्दैन हजुरहरूलाई मैले छोको पानी। रगत उस्तै रातो रातो, उस्तै हैन र आँखाको नानी।। खै ममाथि मानविय व्यवहार दलित भएर होला। दुखी छु त्यसैले गर्नुहुन्छ है मेरो झन्– झन् हानि।।

मुड्खु

कसम, यही पातहरूमा प्रेम पोखिरहन्छ मुड्खु । हो, बाँदरहरू छन् मुड्खुमा तर यही बाँदरलाई अनुशासन सिकाउनेहरू पनि छन् मुड्खुमा, हो, बरालिएकाहरू बरालिन पनि आउँछन् मुड्खुमा तर यहीं श्रम गर्दै सीप सिकाउने समूहहरू पनि छन्, एकनासले चियाइरहन्छ काठमाडौको गन्जागोललाई मुड्खु अनि आफ्नै अनगन्ती दुख र अभावमा आनन्द लिइरहन्छ ।

जे.अस्मिता अर्थात मेरा अभिभावक

कवि एवं गीतकार जे.अस्मिता (दिनेशकुमार श्रेष्ठ) आफ्ना विद्यार्थीले केही न केही सिप सिकून भन्ने अभियानमा समर्पित छन्। उमेरले मभन्दा कान्छा भए पनि भावनात्मक रुपमा उनी मेरा अभिभावक हुन्।

बालापन, बलौटोको रनाहा र सिमलको सिँयाल

अहिले पनि त्यो सिमलको रुख छ । रुख निकै पुरानो छ । तर उस्तै छ । उत्रै छ । सरकारको सिमल रुख काट्न नपाइने नियमले गर्दा बाँचेको छ । नत्र त काठ–तस्करले कहाँ राख्दा हुन् र अहिलेसम्म ! बूढो छ र अझै मान्छेलाई शीतलता दिइरहेको छ । मान्छे अझै त्यहीँ सिँयाल तापेर सुस्ताउँछन् ।

सपना

साँझपख म आफ्नो कार्यालयबाट लखतरान हुँदै फर्कदै थिएँ । कसैले मेरो अनुहारमा केही फ्याँकेजस्तो लाग्यो । यसो हातले छाँमे, केही झोलिलो पदार्थ थियो ।एकैछिनमा मेरो अनुहारमा आगो बलेजस्तो भतभत पोल्न लाग्यो । म चिच्याएँ, ‘उसले मलाई एसिड प्रहार गर्यो । कोही हुनुहुन्छ भने समाउनुस् उसलाई ।’

देश

तिमी देशलाई मात्र भूगोल ठान्छौ देश भन्नु त वर्षौदेखि जमेको रगत, पसीना र आँसुको एउटा दह पनि हो नपत्याए छोई हेर तिमीले टेकेको धर्तीको माटोलाई त्यो अझै ओसिलो छ ।

नयाँ प्रकाशन (...मैले एउटा कोरोना महाकाव्य तयार गरें । छिट्टै भेट्न आउँछु ।’)

धेरै दिनपछि प्रकाशनगृहको ढोका खुल्यो । श्यामदेवले आफूसहित सारा कर्मचारी लगाएर सरसफाइ गरे । एकछिन साहुको कुर्चीमा बसे । उनको दिमागमा के आएछ कुन्नि, सामाजिक सञ्जालमा खुलेको पसलको फोटोसहित एउटा स्टाटस राखे, ‘आज धेरै दिनको विश्रामपछि आफ्नै कार्यकक्षमा ।’

बुझाइ (ढुक्क हुनुस् मामु, अब हुरी आउँदैन !’)

छतबाट हेर्दै भन्यो, ‘मामु, कुन हो हुरी ? म त देख्दिनँ त ! यो आ’को त हावा होइन र ?’ उस्ले प्रश्न ग¥यो । मैले नजिकैका सुपारी, आँप, नरिवल र अलिपर जंगलका अग्लाअग्ला जोडजोडले हल्लिरहेका रुख देखाएर भने, ‘यति जोडजोडले हल्लियो भने हुरी बन्छ । थाहा छ नि हिजो हुरी आउँदा झ्याल ढोका लगाउनै नसकेर सबै पानी भित्र पसेको ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्