लगातार १५ दिनको हिाडाइ कार्यक्रम तय हुादा मलाई चिनेजानेकाहरू आश्चर्यमा थिए । मेरो मोटाइले हुनसक्छ । तर, लुक्लामा उत्रिएपछि आश्चर्यमा पर्ने पालो मेरो थियो । लुक्ला विमानस्थलमा जहाज कसरी उत्रियो भन्ने कुराले नै केही क्षण आश्चर्यमा परियो । डाँडाको फेदबाट सुरू भएको छोंटो र सानो चौडाइको रनवे, अनि पल्लोपट्ट भित्तो ।
उत्रनासाथ लुक्लाको महँगी देखेर हामी फेरि चकित पर्यौं । एक थर्मस तातो पानीको ३ सय रूपैयाँ । -धन्न, त्यसपछिका कुनै पनि ठाउामा यति चर्को मूल्य तिर्नुपरेन) । जहाजमा ४५ मिनेट उडेर हुर्रर लुक्ला पुग्न सजिलै थियो, असली यात्रा त त्यसपछि सुरू भयो । सहकर्मी विकास कार्की सपरिवार थिए, हामी अरू सातजना ।
यात्राको पहिलो घण्टामै ठाडो कोशी पुग्दा भेटिए, धनवीर गुरुङ । उनी एक स्विडिस नागरिकलाई बेसक्याम्प लैजाँदै थिए । दर्जनौंचोटि त्यही बाटो हिँडेका उनीसाग थुप्रै रमाइला कथा थिए । पहिलोपल्ट चियासागै थकाइ मेट्दै गर्दा उनले एउटा कथा सुनाए । 'एउटा थाइल्याण्डको टुरिस्ट थियो, हाफपाइन्ट र टिसर्ट मात्रै लगाएर चोला पास गर्यो । जाडो खान आएको भन्थ्यो ।' (मनमनै प्रश्न गरियो, यस्ता बेढंगी पर्यटकका कति कथा होलान् यीसँग ?') तर, न धनवीरसाग लामो कुरा गर्ने फुर्सत थियो, न हामीसाग ।
चौंरीखर्क र घाटका माने घुम्दै अघि बढ्दा ठूला ढुंगाहरूमा बुद्ध मन्त्रहरू कुादिएका भेटिए । पत्रकार मित्र शरदले नचिनिने अक्षरहरू हेरेर अनुमान लगायो, 'पक्कै ओम मणि पद्मे हुा .... लेखेको हुनुपर्छ ।' अनि ठट्टाको श्रृंखला सुरू भयो । फोटो पत्रकार विमलले सटिक टिप्पणी गरे, 'यो त मौसम विभागको अनुमानबराबर भयो ।'
कम्युनिष्टहरूको प्यारो शब्दा सापटी लिादा, त्यति धेरै यात्रामा नहिाडेका हाम्रा लागि अब खुट्टा र पेटले 'प्रतिक्रियावादी' को भूमिका खेल्न थालेका थिए । यसअघि चारपटक यही बाटो पदयात्रा गरिसकेका टोली नेता विकास भने हामीलाई 'अलिक पर', 'अलिक पर' भन्दै धकेल्दै थिए, फाक्दिन पारीसम्म ।
भोकको तोडमा समेत नमिठो लागेको खाना चपाएपछि पूजा भाउजू -विकास पत्नी) कै भाषामा 'आराम फर्माउादै गर्दा' एक जोडी घोडा फाक्दिन पारीबाट बजारतिर हुइाकियो । होटल साहुले सुनाए, 'वाइसिएल हुन्, कसको घोडा चढेछन् ।' -कसैले स्वेच्छाले सहयोग गर्यो होला !)
अब, हुर्कादो घाममा यात्रा अघि बढाउनुछ । टोकटोक, बेन्कर, चुमोआ हुादै आजको बास मन्जोमा बस्नुछ । टोकटोकनिर सानो जलविद्युत् परियोजना देख्दा हामी सबैले काठमाडौंको लोडसेडिङ सम्झियौं । -मलाई भने व्यवस्थापिका संसदको लेखा समितिमा छलफल भइरहेको ठूलो जलविद्युत् परियोजना मध्यमस्र्याङ्दीको खर्च विवरण याद आयो, भेरिएसन मूल्यसँगै ।)
थकाइ बढिरहादा, प्राकृतिक सौन्दर्यमा रमाउन मुस्किल पर्दै थियो । त्यसैले सानातिना झरनाको याद गरिएन । बाटो तल सुसाइरहेको दुधकोशीलाई भने चाहेर पनि बिर्सनसक्ने सम्भावना थिएन ।
मलाई मधेसी मूलका मानिस मेहनती लाग्छन् । सानो आम्दानी हुने कामका लागि पनि टाढासम्म पुगेर मेहनत गर्ने स्वभावको परिचय दिादै उनीहरू त्यहाा पनि भेटिए, भारमा सामान बोकेर बेच्दै । चुमोआको दृश्य झन् रमाइलो थियो । केही शेर्पा र मधेसी युवाहरू आपसमा गफ गर्दै तास खेल्न मग्न थिए । (तपाईं यसलाई जसरी पनि लिन सक्नुहुन्छ, उनीहरू फुर्सतमा थिए, तास खेलेर समय बर्बाद गर्दै थिए, वा मिलेर रमाइलो गरी नेपाली एकताको उदाहरण दिँदै थिए !)
अब भने मन्जो पनि आइपुगिसकेको थियो । कैलाश होटल एण्ड लज हाम्रो प्रतिक्षामा थियो । शरीर त धेरैअघि नै आराम पर्खिरहेको थियो । बस्, गाँस र बास मात्र याद छ ।
दोस्रो दिन हावा डाँडाको उकालो चढ्नुछ, त्यसैले मन्जोभन्दा केही पर जोरसल्ले पुगेर हामीले पेट पूजा गर्यौं, स्वादिलो चना र अण्डाले (जसको यादले हामीलाई बाँकी यात्राभरि सतायो ) ।
अब, हावा डाँडामा हाम्रो सुस्त गति सुरू भयो । घामले तातेको अनि पसिनाले भिजेको शरीर हावा डााडामा चढाउादै गर्दा भारी बिसाएर लोक भाकामा रमाइरहेका भरियाको गीतले भने अर्कै आनन्द सञ्चार गर्यो ।
'आउँदैछु है मायालु भट्टी पसल
तोङ्वा र छ्याङ भन्दा नि साहुनी असल ।'
यही गीत गुन्गुनाउादै चौतारीमा बस्दा पर सगरमाथाको पहिलो दर्शन भयो । अनि १५ दिनको यात्रामा फोटोपत्रकार पतिसाग हजारभन्दा बढी तस्बिर खिचाउने पूजा भाउजूको अभियानले गति लियो । -लाग्थ्यो, बेसक्याम्प होइन अलिक तलै उहााको लक्ष्य पूरा हुनेछ ।)
उकालो काट्नासाथ नाम्चे हाम्रो स्वागतमा थियो । माया दिदीको नाम्चे होटल पनि । 'अब, एल्टिच्युड गेन गर्दै जाने हो, एक्लेमटाइज गर्दै जानुपर्छ,' टोली नेता विकासले घोषणा गरे ।
तेस्रो दिनको यात्रा स्याङ्बोचेतर्फ बढ्यो, नाम्चे र्फकनेगरी । बाटामा डााफे देखेर फोटोपत्रकार मित्रहरूले क्यामरा सोझ्याए । हामीले त्यही मौका पारेर हिमाललाई पृष्ठभूमिमा पार्दै पोज दियौं । संसारकै उचाइको स्याङ्बोचे विमानस्थल र होटल एभरेष्ट भ्यू प्वाइन्ट पुग्दा हाम्रो फूर्ति बेग्लै भयो, कारण त्यहाा सबैका सेलफोन सक्रिय हुन पाए ।
'यसो सान दिइहालौं,' पूजा भाउजूले काठमाडौंमा साथीलाई फोन गर्दै भनिन्, 'म कहाँ छु सोध् न ?' फोन त मैले पनि थुप्रैतिर लगाएा, उचाइमा रहेको विमानस्थल र होटल पुगेको सुनाउन । (यो लेखलाई पनि त्यसैको श्रृंखला सम्भिmनुभयो भने मेरो केही गुनासो हुने छैन ।)
सगरमाथा हावा डाँडोको चौतारोभन्दा नजिक आइसकेको थियो । थामसेर्कु, आमादब्लम पनि काखैमा थिए ।
चौथो दिन, बेसक्याम्पको वास्तविक यात्रा सुरू भएको थियो । सनासा, तासिंगा, क्यांगजुमा, फुंगिठाना, अनि तेंगबोचेको उकालो । उकालोको फेदमा सगरमाथा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेको सैनिक क्याम्प । अनि ठाडै ठडिएको उकालो र गुराँसको जंगल । 'पिरेम' का भाका गाउादै पिठ्युाको भारी बिर्सेर उकालो लागिरहेका भरियाहरू । (मनमा प्रश्न उब्जियो- यी भरियालाई गुराँसको फूल वा प्रेम केले चढाइरहेको छ यो उकालो ?)
थकान र बढ्दै गएको चिसो बिर्साउन सानो तेंगबोचे भेटियो हाम्रो अगाडि । खुम्बु क्षेत्रकै पुरानो तेंगबोचे गुम्बाको दर्शन गरेपछि गुम्बा लजको बासमा हाम्रो टोली तासमा रम्न सुरू गर्यो ।
तीन हजार ८ सय ६७ मिटरको उचाइबाट नयाा दिनको यात्रा सुरू गरेपछि शरीरले उचाइ थाहा पाउन थालिसकेको थियो । हो या होइन थाहा छैन तर विकासले भनेका थिए 'उचाइ लाग्दै गए साह्रै बिर्सन थालिन्छ कुराहरू' । -अहिले पो हो जस्तो लाग्न थाल्यो, यसपछिका धेरै कुरा मैले बिर्सिएछु । लेख छोट्याउने बहाना सम्भिmनु भयो भने मेरो केही लाग्दैन ।)
विमल र अन्य दुई फोटो पत्रकार राम गुरुङ र हरि महर्जनको गति समात्न हामी बााकीलाई मुस्किल थियो । तैपनि, प्यांगबोचेमा उसिनेको आलु खान अडिादा हामी सागै थियौं । डिंगबोचे पुग्दा हामीले बूढी आमै मिङ्मा लाम्हु शेर्पाको लजमा झोला बिसायौं । त्यसपछि हामीले ४ हजार ९ सय ३० मिटर उचाइको लोबुचे जानुपर्ने थियो । उचाइसाग तालमेल मिलाउन हामीले अर्को एक दिन डिंगबोचेमै बितायौं ।
डिंगबोचेमा आमादब्लमलाई काखैमा भेटेर आनन्द लिादै गर्दा कुइरोले 'भिलेन' को रोल खेल्यो । त्यहााबाट हेर्दा थामसेर्कु 'सुन्दर' देखिन्थ्यो भने आमादब्लम 'सेक्सी' । -सगरमाथा त्यहााबाट देखिएन, तर लोबुचेमाथिको डााडा र कालापत्थरबाट हेर्दा उसमा सबभन्दा उचाइको हिमाल हुनुको स्वाभिमान देखिन्थ्यो ।)
वरिपरिका डााडा चढेर डिंगबोचेमा ढिाडोको स्वाद लिएपछि थाकेको शरीरले आराम पायो । तर त्यसअघि राम गुरुङको बालककालको स्मृतिले सााझ रमाइलो बनायो । उनका बालापनका आङ सिरिंग पार्ने बदमासी अहिले हाम्रा लागि रमाइलोमा परिणत भए । राम भन्दै थिए, 'लुकी डुम खेलेको, साथीहरू परालको कुन्यूमा लुके भनेर कुन्यू नै आगो लगाइदिएा ।'
डिंगबोचेकी मिङ्मा आमई हाम्रालागि प्यारी निस्केकी थिइन् । उनको भान्छामा छिरेर राम गुरुङ र राजेश गुरुङले जौको लोकलको स्वाद लिन भ्याएका थिए । आफूले भने रहर लागे पनि उचाइमा खानु हुन्न भन्ने स्मरण गरेर मन मारियो । आफू बाक्लो ज्याकेटमा समेत काामिरहेको मौसममा म्याराथनमा सहभागी हुने विदेशीहरूलाई पथप्रदर्शन गरिरहेका दाम्चे दाइ भने नुहाएर हाफपेन्ट र टिसर्टमा नाच्दै थिए । जाडो हुन्न, एल्टिच्युडको असर हुन्न भन्ने प्रश्नमा हामीलाई नाजवाफ पार्दै भन्दै थिए, 'इट इज नट प्रोब्लम अफ एल्टिच्युड, इट इज प्रोब्लम अफ योर एटिच्युड ।'
अब नयाा दिनमा लोबुचेको यात्रा सुरू भयो । तल दुधकोशीको किनारमा फेरिचेलाई छाड्दै डााडैडााडा हामी थुक्लाको फेदमा पुग्यौं । थुक्लामा खोलाको पुल तरेपछि १९ औं पटक सगरमाथा चढेका आप्पासाग अचानक भेट भयो । एकछिन अलमलिएपछि हामीले ठम्यायौं र क्यामराहरू चले । आप्पासाग टाासिएर मैंले पनि एक पोज मारेा । उनलाई छोएपछि ममा नयाा ऊर्जा थपियो, सायद । त्यसपछि त यात्राभरिकै कठिन मानिने थुक्लाको उकालो मैले पनि सहजै पार गरेा ।
शरद र पूजा भाउजु भने खाजा खान हतार गर्दै कान्छा शेर्पाको पसलमा छिर्दा आप्पा भेट्ने अवसरबाट छुटेका थिए । -यसको सजायस्वरुप विकास र मैले यात्राभरि उनीहरूको गुनासोको भारी बोक्नुपर्यो ।)
हामी पसल पुग्दा कान्छा शेर्पा आफ्नी श्रीमती र साली सागै थिए । जवानीमा बैंकक, सिंगापुर र भुटानसम्म भ्रमण गरेका उनले हामीलाई काठमाडौंको समाचार सुनाएर धन्य बनाएका थिए । दैनिक समाचार सुन्ने उनले माधव नेपाल प्रधानमन्त्री बनेको सूचना हामीलाई थुक्लाको फेदमा दिएका थिए ।
थुक्लामाथिको सगरमाथा मेमोरियल पार्कमा रहेका दिवंगत आत्माका मानेहरूमा श्रद्धा चढाउादै हामी लोबुचेतर्फको तेर्सो बाटो लाग्यौं । अब हामीले धुपीका साना बुट्यान पनि देख्न छाडेका थियौं । मलाई उचाइको असर देखा पर्न थालेको थियो । मुटुको गति साह्रै बढ्यो र सास फेर्न गाह्रो हुन थाल्यो । अनि, 'डाइमक्स' खाएर ढोका खुलै राखी सुत्ने उपाय सुझाइयो ।
भोलिपल्ट लोबुचे माथिको डााडामा चढ्दा विकासले हिमालहरूको नाम सम्झाउन थाले । 'लोबुचे, पुमरी, एभरेष्ट वेस्ट, नुप्से, अमादब्लम, कांगतिंगा, थामसेर्कु, ताबुचे र चोलात्से ।' ३ सय ६० डिग्रीमा हिमाल देखिन्थ्यो । कि हिउा देखिन्थ्यो, कि काला ढुंगा ।
हिमाल दर्शनपछि हामी अन्तिम बासतर्फ अघि बढ्यौं । खुम्बु ग्लेसिअरलाई दायाा पार्दै हामी गोरकसेप जाादै थियौं । हाम्रा टोली नेता विकासलाई नै पो उचाइको असर देखिन थाल्यो । हामी गोरकसेपमा बास बस्यौं, विकास लोबुचे फर्किए ।
भोलिपल्ट कालापत्थरको उचाइ नाप्ने निधोमा हामी उकालो लाग्यौं । पहिलो उकालो चढेपछि डााडाको टुप्पो देखियो, तर जति चढ्यो त्यो परपर सर्दै गयो । तैपनि लक्ष्य छाडिएन । ५ हजार ५ सय ४५ मिटरमा विजय हासिल गरियो नै । हामी टुप्पामा पुग्नु र हिउा बर्सन सुरू हुनु एकै समय पर्यो । त्यसपछि पहिलोपटक भेटेको हिउामा रमाउादै हामी तल झर्यौं । हिमालको पानारोमिक भ्यू हेर्ने धोको भने अधुरै रह्यो ।
पहिलो दिन परेको हिउाले हामीलाई आनन्द दियो । तर दोस्रो दिनको लगतार हिमपातले पीडा थप्न थालेको थियो । जताततै हिउा नै हिउा । बेसक्याम्पमा रहेका उद्धारकहरू समेत र्फकन थालेका थिए । -मलाई ज्ञान हुन थालेको थियो- सेतो र सुन्दर ठानेको हिउा पनि नजिकैबाट भोग्दा पीडामा परिणत हुादो रहेछ ।)
हामी बेसक्याम्प पुग्ने मूल कारण सातौं तेन्जिङ-हिलारी एभरेष्ट म्याराथनको समाचार र तस्बिर संकलन थियो । हामी म्याराथनको दुई दिनअगाडि बेसक्याम्प पुग्ने र र्फकने योजनामा थियौं । हिउाले हाम्रो कार्यक्रम बिथोलिरहेको थियो । अर्को दिन केही क्षण घाम लाग्यो । हामी कालापत्थर फेरि चढ्यौं । टुप्पामा नपुगे पनि हामीले खुलेको मौसममा सगरमाथालाई पृष्ठभूमिमा राख्दै फोटो खिचायौं । टिभीका दृश्य पत्रकार प्रदीप सबभन्दा व्यस्त थिए ।
यसबीच लामो कपाल र नकाटिएको दाह्रीमा विदेशी पर्यटकले समेत विमललाई 'यति' भनेर जिस्काउादा हामी मज्जैले हास्यौं । तर त्यो उचाइमा हाासेपछि पनि सास फुलेर स्वाास्वाा हुादो रहेछ । कस्तो अचम्म Û
अब हामी बेसक्याम्प जाने तर्खरमा थियौं । तर, फेरि मौसम बिगि्रयो । हामी गोरकसेपबाट केही अगाडिसम्म पुगे पनि ५ हजार ३ सय ६० मिटर उचाइको बेसक्याम्प पुग्न सम्भव भएन । मैले नाम्चेबजार पुगेर म्याराथनको पि्रभ्यू समाचार पठाउनुपर्ने डेडलाइन नजिकिादै थियो । त्यसैले बेसक्याम्प नपुगी नाम्चे र्फकनुपर्यो । सगरमाथाको फेदमा पुग्ने गर्व भने हामी सबैमा सञ्चार भएकै थियो ।
प्रकाशित: ३ श्रावण २०६६ ०३:४० शनिबार





