२१ असार २०७७ आइतबार
ब्लग

कोरोना कहरः सहरका बुहारी गाउँ पसे

सँधैको बिहानी चराको चिरविरसंगै शुरु हुन्थ्यो । आजका बिहानीहरु कोरोनाको खबरसँगै शुरु हुन्छन्। सञ्चार माध्यम र सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायत बिभिन्न माध्यममा कोरोनाकै खबर देखिन्छ।

यो समयमा त्रसित बनाउने अनावश्यक हल्लाहरु पनि आउँछन्। यस्ता झुटा र भ्रामक सामग्रीहरुबाट भने बच्नुपर्छ। २०७२ सालमा सयौं वर्ष पूराना भौतिक संरचनाहरु भूकम्पका कारण ढले। लाखौ व्यक्ति घरवार विहिन भए। आर्थिक, भौतिक, साँस्कृतिक क्षति त कतिभयो कति। तर यति बेला नेपालमात्रै हौइन विश्व नै डराइरहेको छ।

कोरोनाभाइरस महामारीका कारण संसारभरका मानिसहरु त्रसित भएका छन्। लाखौँले ज्यान गुमाइसकेका छन्। तर विर्सन नहुने कुरा के हो भने भूकम्प होस् या कोरोना हामीलाई केही दिर्घकालिन पाठ पनि सिकाएको छ ।  प्रत्यक विपत्तिले केहि न केही पाठ सिकाएर जान्छ भनेको जस्तै कोरोनाले पनि हामीलाई सकारात्मक हुन सिकाएको छ।

सबैभन्दा महत्वपूर्ण कुरा त कोरोनाले राष्ट्रिय एकता बलियो बनाएको छ। नेपाली मनहरुलाई एकजुट बनाएको छ।  हरेक संकटले एकतालाई मजबुद बनाउँछ। धनी र गरीव, सम्पन्न र विपन्न अनि जातिय, धार्मिक, सांस्कृतिक विभेदको अन्त्य गर्छ भनेको जस्तै कोरोनाले पनि यस्ता विभेदको न्यूनिकरण गर्न सघाउ पुर्याएको छ।

सबैको घरभित्रको बसाइले धन सम्पत्ति र पैसा नभई मन ठूलो रहेछ भन्ने भावानाको विकास भएको छ। सम्पत्तिकै कारण छुट्टिएर बसेका परिवारहरु एउटै घरमा बस्न बाध्य भएका छन्। धनक माउन श्रीमान बाहिर जाने गाउँघरमा बढाबुढि बा–आमालाई छाडेर सहर बस्ने बुहारीहरु पनि घरमा गएका छन्। जस्ले गर्दा ती फाटेका बुढा बा–आमाको मनमा खुसी पक्कै मिलेको छ। बृद्धा बाआमालाई गाउँ छाडेर शहर पसनेहरुनै घर पुगेपछि खसी भएका गाँउमा खुसी र्फकिएको छ।  

अनि समाजवाट टाढिदै गएकाहरुलाई समाज नै चाहिदो रहेछ भन्ने पनि सोच पलाएको छ। काठमाण्डाँै जस्तो अस्तव्यस्त बसाइमा रम्दै आएकाहरुलाई कोरोनाले फेरि गाउँ के हो सम्झाइदिएको छ। रोटी ढिडो, आटाँ, खोले र पिठो मिठोमसिनो के कस्तो छ त्यसैमा स्वाद लिनसक्नुपर्छ भन्ने चेतनाको विकास भएको छ।  

एक्लिदै गएको समाज अनि मर्दापर्दा पनि सम्पर्क नहुने वल्लो घर र पल्लो घरको दुरी नजिकिएको छ। आफन्तहरुसँगको सम्बन्ध सुध्रिएको छ। अब हामीले यो विपत्तिलाई निराशामा बदल्नुभन्दा पनि शक्त्तिमा बदल्न सक्नुपर्छ । सबै मिलेर कृषि क्रान्तिमा जुटनुपर्छ। तर विडम्वनापूर्वक भन्नुपर्दा अहिलेका युवा पुस्तामा कृषिप्रति लगाव नै छैन। उनीहरु माटो छुनुलाई फोहोर छुनु बराबर मान्छन्। यो सिकाइएको छैन कि हामीले खाने प्रत्यक खानेकुराहरु माटोमै उब्जन्छन् माटोमा खेल्न पाउनु राम्रो कुरा हो। अहिलेको पुस्ता जो देशभित्र र बाहिर सुनौलो भविष्यको कल्पनामा पढ्दै, जोत्दै, श्रम गर्दै छन्। उनीहरु गाउँमा फर्केर कृषि गर्नुलाई आफू हेपिएको सम्झन्छन् तर त्यसो होइन वास्तविक नायक भनेका किसान हुन् जस्ले अन्न उब्जाउछन् भन्ने कुराको ज्ञान दिन जरुरी छ।  

कम समयमा धेरै कमाई हुने र विलासिताका सामानहरुको आकर्षणका कारण पनि युवाजमा त शहरमा धेरै होमिएका हुन्। अन्तत गाउँनै चाहिँदो रहेछ भन्ने भावनाको विकास भएको छ।केही रहर त केहि बाध्यताका कारण शहर पुगिसकेपछि गाउँमा गएर सेवा गर्ने भन्ने विरलै हुन्छ। तर केहि यस्ता युवाहरु पनि छन् जो आफ्नो गाउँ ठाउँको विकासको लागि मरिमेट्छन्। देशभित्रै उपलब्ध श्रोत र साधनको सदुपयोग गर्दै मुलुकमा रोजगारी सिर्जना गराउनेतर्फ लाग्नु ढिला भैसकेको छ। भएकै श्रोतको उपयोग गदै आर्थिक बिकासका अवशरहरु शिर्जना गर्दै युवाशक्तीलाई परिचालन गरेर बढदो बेरोजगारी सामस्या समाधान गर्नसक्नु अबको आवश्यकता हो । मुलुकको आर्थिक बिकासमा योगदान गर्नेतर्फ सोच बनाउनु आफनो दायित्यहो भन्ने बोध आमयुवाले बोध गर्नु जरुरी छ। राज्यले पनि युवालाई प्रोत्साहन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्छ। 

प्रकाशित: ५ जेष्ठ २०७७ ११:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App