३० श्रावण २०७७ शुक्रबार
ब्लग

भाषा शिक्षणमा विश्वभाषा क्याम्पस

नेपालको संविधान २०७२ ले शिक्षालाई प्रत्येक नागरिकको अधिकार र सरकारको दायित्व मानेको छ। आजको २१ औं शताब्दीमा शिक्षामार्फत प्रत्येक शिक्षार्थीले परिवर्तन, आवश्यकता र चाहनाको बारेमा ज्ञान प्राप्त गर्दछ। तिनै आवश्यकताको पूर्ति गर्नको लागि विभिन्न भाषासम्बन्धी विज्ञ नागरिक उत्पादन गर्न वि. सं. २०१८ मा विश्वभाषा विद्यालयको स्थापना भएको थियो। नेपालको प्रतिनिधित्व गर्दै देश बाहिरका अन्तर्राष्ट्रिय संस्थाहरू र दुईवटा सरकारबीचको सम्बादलाई भाषा मार्फत सजिलो बनाउन स्थापना भएको विश्वभाषा विद्यालय २०२८ सालमा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमा रुपान्तरण भयो।

भाषा मार्फत विद्यार्थीको चौतर्फी विकास गर्न स्थापना भएको यस क्याम्पसले चीन, जापान, कोरिया, फ्रान्स, स्पेन, जर्मन, इटाली, रसियन र अरेवीक क्षेत्रको भाषा र संस्कृतिको बारेमा अध्यापन गराएको छ। विदेशी विद्यार्थीहरूका लागि नेपाली, नेपाल भाषा, संस्कृत र पाली भाषामार्फत हिमाली सभ्यता र पहिचानलाई एशिया, यूरोप र अमेरिकाका विभिन्न स्थानमा पुर्‍याएको छ। भाषाको माध्यमबाट नेपाली विद्यार्थीहरूलाई विदेशी विश्वविद्यालयहरूसँग जोड्नु र हिमाली सभ्यताको पहिचान देश बाहिर पुर्‍याउनु विश्वभाषा क्याम्पसको प्रमुख दायित्व रहि आएको छ।

भाषालाई बोलिचालीको माध्यमको रुपमा मात्र नभै विश्वविद्यालयको संरचना भित्र छिराउनु आजको आवश्यकता हो। व्यक्ति, समाज र सभ्यतासँग जोडिएको भाषालाई विश्वविद्यालयको पाठ्यक्रममा पार्नु पर्छ भन्ने तीब्र इच्छा रहँदा रहँदै पनि क्याम्पसको शैक्षिक यात्रा, विगतमा समय सापेक्ष परिवर्तन भएन। त्रिभुवन विश्वविद्यालयको अंगको रुपमा रहेको यस क्याम्पसको दायित्व र भूमिकालाई परिवर्तन गर्न र गराउन विश्वविद्यालयले ध्यान दिन सकेन।

सिकाई प्रक्रियाबाट समाज बुझ्न र बुझाउन सजिलो हुन्छ। खुसी र जिवन्त जीवनको निर्माण, अर्थोपार्जन, समानता र स्वतन्त्रताको अभ्यास, मानिस र समाजको बीचमा सह–अस्तित्वको विकास, प्रगतिशील रुपान्तरीत र गतिशील समाजको निर्माण, समतामुलक आर्थिक बृद्धि र पर्यावरणको संरक्षण र बाँच्नका लागि मानवीय संस्कृतिको अभ्यास गर्न र गराउन शिक्षाको महत्व हुनेगर्छ। २०१८ सालमा स्थापना हुँदाको विश्वभाषा क्याम्पस २०७६ मा आउँदा फरक भूमिका र पहिचान बनाउनु आवश्यक छ। विगतमा सम्बादका लागि संचालित भाषाका कक्षाहरू आजको प्रतिस्पर्धी समयमा गुणस्तरीय र क्रेडिट प्रणालीमा हुनु आवश्यक छ। भाषालाई बोलिचालीको माध्यमको रुपमा मात्र नभै विश्वविद्यालयको संरचना भित्र छिराउनु आजको आवश्यकता हो। व्यक्ति, समाज र सभ्यतासँग जोडिएको भाषालाई विश्वविद्यालयको पाठ्यक्रममा पार्नु पर्छ भन्ने तीब्र इच्छा रहँदा रहँदै पनि क्याम्पसको शैक्षिक यात्रा, विगतमा समय सापेक्ष परिवर्तन भएन। त्रिभुवन विश्वविद्यालयको अंगको रुपमा रहेको यस क्याम्पसको दायित्व र भूमिकालाई परिवर्तन गर्न र गराउन विश्वविद्यालयले ध्यान दिन सकेन।

प्रत्येक संघ–संस्था वा शैक्षिक केन्द्र बदलिाएको समय अनुसार परिवर्तन हुन आवश्यक छ, र हुनुपर्छ। यस्तै तिब्र अठोटका साथ गएका ३ वर्षदेखि क्याम्पसको यात्रामा केही परिवर्तनहरू देखिएका छन्। विश्वविद्यालयका पदाधिकारीहरूको साथ र सहयोग, क्याम्पसका प्राध्यापक र कर्मचारीको सकारात्मक भावना र विद्यार्थीहरूको साथमा क्याम्पसको शैक्षिक प्रणालीमा पविर्तन सम्भव बनेको छ। आजका विद्यार्थीहरू र नेपाली समाजको आवश्यकता पूरा गर्न र गराउन क्याम्पस लागि परेकोछ। आशा छ क्याम्पसको जोडबलमा आएको परिवर्तनसँगै विद्यार्थीहरूले नयाँ कुरा सिक्न र सिकेको ज्ञानका पाठ्यांशमार्फत जीवनमा लागु गर्न सफल हुनेछन्। अतः विद्यार्थीहरूले नयाँ कुरा सिक्नु, भविश्यका पुस्तालाई सिकाउनु र मानिस र वातावरणबीचको सम्बन्धलाई बलियो बनाउनुमानै शिक्षाको महत्व दर्शाउँछ।

आज विद्यार्थीको चेतनामा आएको परिवर्तन र भुमण्डलीकरणको प्रभावका कारण हामीले सानोदेखि ठूलो विषयबारे जान्न र बुझ्न जरुरी छ। वरिपरिको समाजदेखि छिमेक र टाढासम्मको बारेमा गहन अध्ययन गर्न भाषाले सहज बनाउँछ। भाषाले मानिसहरूलाई नजिक ल्याउँछ, सम्बन्ध बलियो बनाउँछ र नयाँ व्यक्तित्वको निर्माण गरिदिन्छ। यीनै कुरालाई सत्य मानेर विश्वभाषा क्याम्पसको पढाइको तह र संरचनालाई परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको हो र, यसको परिवर्तनको यात्रा निरन्तर हुनु आवश्यक छ।

लामो समयदेखि भाषाका लागि मात्र भाषाको अध्यापन गराएको क्याम्पसले विदेशी विद्यार्थीहरूका लागि विशिष्ठ नेपाली, स्नातक तहको पाठ्यक्रम शुरु गरेको छ। छिमेकी देश चीनको युनान मिन्जु विश्वविद्यालयसँग मिलेर क्रेडिट ट्रान्स्फर प्रणालीलाई स्वीकारेको छ। चीनबाट ४ सेमेष्टर उत्तीर्ण गरेका विद्यार्थीहरूले सिधै पाँचौं र छैठौं सेमेष्टरको अध्ययन गर्ने अवसर पाएका छन्। यसबाट नेपाली भाषा, साहित्य, समाज, इतिहास आदिलाई चिनियाँ विश्वविद्यालयको पाठ्यांश भित्र परेको छ। चिनियाँ विद्यार्थीहरूको नेपाल र नेपालीबारे सिक्ने र बुझ्ने चाहनाका कारण उनीहरूको क्याम्पस आगमन र भ्रमण पहिला भन्दा ह्वात्तै बढेको छ।

भाषाका कारण नै विश्वभाषा क्याम्पस र विभिन्न देशका पाहुनाहरू क्याम्पसमा आउने गरेका छन्। चीनको सान्सी प्रान्तका उपप्रमुख लि सिआओ डोङसहितको १० सदस्यीय प्रतिनिधि मण्डल, वेइजिङ नर्मल विश्वविद्यालयको भ्रमण टोली, युनान मिन्जु विश्वविद्यालय, तिब्वत विश्वविद्यालय, जापानको टेनरी विश्वविद्यालय, कोरियाको अन्तर्राष्ट्रिय शिक्षा विभागका प्रतिनिधिहरूले गएको दुई वर्षमा यस क्याम्पसको भ्रमण गरेका छन्। तसर्थ विश्वभाषा क्याम्पसले आफ्नो साधन र स्रोतको परिचालन गरेर नेपाली शिक्षा प्रणालीलाई विदेशका विभिन्न विश्वविद्यालयहरूसँग सगौरव पुर्‍याएको छ।

विद्यार्थीहरूको विभिन्न भाषाबारेमा विश्वविद्यालयको पाठ्यक्रमअनुसार भाषा सिक्ने इच्छालाई पुरा गर्नकै लागि विश्वभाषा क्याम्पसले त्रिभुवन विश्वविद्यालयको स्वीकृतिमा चिनियाँ, कोरियन र जापानी भाषामा सेमेष्टर प्रणालीमा आधारित ४ वर्षे स्नातक तह कार्यक्रम छिट्टै शुरु गर्दैछ। यसका लागि पाठ्यक्रम निर्माण प्रक्रियामा रहेको र छिट्टै नेपाली विद्यार्थीहरूले ती भाषामार्फत एसियका विकसित देशहरुको सभ्यता, संस्कृति र प्रविधिको अध्ययन गर्न पाउने छन्। जापानी, चिनियाँ र कोरियन भाषा पढाउनका लागि आवश्यक पर्ने जनशक्ति सम्बन्धित देशका विश्वविद्यालयबाट ल्याउने गरी स्नातक तह कार्यक्रम अगाडि बढ्न लागेको छ। यसबाट ठूलो संख्यामा नेपाली विद्यार्थीहरूले नयाँ अवसरको प्रयोग गरी आँफुलाई प्रतिस्पर्धी र क्षमतावान नागरिक बन्न सहयोग पुग्नेछ।

चीनका राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको समयमा त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्यिसयस अध्ययन केन्द्रबीच कार्यक्रम संचालन गर्ने सम्झौता भै सकेको छ। १३ अक्टोवर २०१९ मा भएको सम्झौता अनुसारको पढाई संचालनका लागि यस क्याम्पसले त्रि. वि. समक्ष आवश्यक कार्य योजना अगाडि बढाएको छ। त्रिभुवन विश्वविद्यालयको सहयोगमा यस क्याम्पसको प्रशासनिक संयन्त्र र कन्फ्युसियस केन्द्रबीचको सहकार्यले आगामी दिनमा क्याम्पसको गरिमा र पहिचानलाई माथि पुर्‍याउने छ।

त्रिभुवन विश्वविद्यालयको न्यूनतम आर्थिक सहयोगमा संचालनमा आएको यस क्याम्पसले देशको राजस्व संकलनमा समेत सहयोग गरेको छ। ठूलो संख्यामा पढ्ने विद्यार्थीहरूबाट अध्ययन भिसाका लागि सरकारी ढुकुटीमा ठूलो रकम संकलन हुनेगर्छ। त्रि. वि. ले यस क्याम्पसलाई दिएको रकमको ७२ प्रतिशत रकम त्रि.वि.लाई नै फिर्ता गर्न सफल विश्वभाषा क्याम्पस भोलिका दिनमा अरु थप कार्यक्रमसहित अगाडि बढ्नुपर्छ। अध्ययन, अध्यापन र अनुसन्धानमार्पmत दृढ योजनासहित अगाडि बढाउन सकेमा क्याम्पसको भविष्य उज्ज्वल र धेरै विद्यार्थीहरूका लागि अध्ययनको केन्द्र बन्ने निश्चित छ।

रेग्मी विश्वभाषा क्याम्पसका प्रमुख हुन्।

 

प्रकाशित: १ फाल्गुन २०७६ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App