१५ वैशाख २०८१ शनिबार
image/svg+xml
ब्लग

प्रचण्ड, पिँजडा र लेखनाथ

बालक बबुरो दिजशुक नाम. हुँ म परेको छु पिंजडामा.. 

संसदमा पिंजडा शब्दको प्रयोगसंगै कवि शिरोमणि लेखनाथ पौड्यालको चर्चित कविता ‘पिंजडाको सुगाँले ध्यान तानेको छ। राणाकालमा लेखिएको त्यो कविताले  सुंगामार्फत नेपाली समाजको चित्रण गरिएको  कतिपयको बुझाई छ। यता संसदमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रका शर्माले ‘पिंजडा’ शव्दको प्रयोग गरेर नेपाली राजनीतिको यथार्तता व्यक्त गरेका छन्।

यति बेला प्रचण्ड र  पिंजडाको चर्चा  छ। यदि पिंजडा सत्य हो भने, खासमा प्रचण्ड हैन,  प्रधानमन्त्री पिंजडामा परेका हुन्। अझ  गहिरिने हो भने, सिंगो नेपाल पिंजडामा थुनिएको हो। त्यसैले पिंजडाको कुरा गम्भिर छ।  

माघको पहिलो साता संघिय संसदको बैठकमा महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पिंजडामा राख्न खोजेको टिप्पणी गरे। माछा र ढोक्साको कथा हालेर ओलीले प्रधानमन्त्रीलाई कसिलो पिँजडामा राख्न खोजेको शर्माको आरोप थियो।  

राणाकालमा कविले  पिंजडाको सुगाँ मार्फत आम नेपाली जालमा  परेको  संकेत दिएको कतिपयको बुझाई छ। यति बेला प्रचण्ड र  पिंजडाको चर्चा  छ। यदि पिंजडा सत्य हो भने, खासमा प्रचण्ड हैन, प्रधानमन्त्री पिंजडामा परेका हुन्। अझ  गहिरिने हो भने, सिंगो नेपाल पिंजडामा थुनिएको हो।  

आफू प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउँभन्दा संविधानले नचिनेको संयन्त्र नबनाउने भन्ने ओलीले प्रचण्ड प्रधानमन्त्री भएको बेलामा भने उच्चस्तरीय संयन्त्र बनाएर ‘प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजेको हो ?’भन्दै प्रश्न गरेका थिए।  

त्यो प्रश्नको जवाफ त्यति बेला कसैले दिएन। अहिले समयले दिएको छ। झण्डै दुई महिनाको गठबन्धनलाई किनार लगाउँदै प्रचण्डले फेरेको लामो श्वासले उनी  पिंजडाबाट मुक्त भएको भान गराउथ्यो। उनले ८ दलिय  नयाँ गठबन्धनसंगै खुसी भएको धारणा सार्वजनिक गरे।  

लेखनाथको सुगा रहरले हो या करले पिंजडामा छिरेको त्यो कवितामा प्रष्ट  खुलेको छैन। तर पुस १० गते दौडेर बालकोट पुगेका प्रचण्ड कुन बाध्यताले बालकोटको पिंजडामा छिरे र निस्के  त्यो पनि रहस्यमै छ।  

आठ दलिय गठबन्धनसंगै कांग्रेस महामन्त्री शर्माले पिंजडा अन्तत भत्किने भयो भनेर ट्वीट गरे। उनले यसमा भने आधा सत्य मात्र लेखेको भान हुन्छ। उनले नबुझेको या बुझ्न नचाहेको कुरा के भने,  प्रचण्ड पिंजडाबाट मुक्त  भएका होइनन् , उनले पिंजडा फेरेका मात्र हुन्।  

नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिका बलिया उम्मेदवार देखिएपछि ‘ढोक्सामा माछा’ परेको भन्दै कतिपय कांग्रेसी खुसी देखिएका छन्। तर यस्तो खुसी पनि दिर्घकालसम्म रहदैन। किनकी पानी धमिलिएको बेलामा ढोक्सामा सधै माछा मात्र पर्दैनन्। कहिले काही गोहि पनि अड्कन्छन्। जसबाट ढोक्सो राख्नेलाई हैन, सिंगो मुलुकलाई निल्ने खतरा रहन्छ।  

पिंजडालाई नै बिम्ब मान्ने हो भने उनी बालकोटको पिंजडाबाट धुम्बाराहिको पिंजडामा सरेको देखिन्छन्। पिंजडाका आकार फरक हुन्छन। पिंजडाका सुन्दरता फरक होला। कुनै फलामका होलान। कुनै सुनको होलान। तर पिंजडामा एउटा कुरा भने समान रहन्छ। त्यो हो पर बन्धन।  

परबन्धनको कुरा गर्ने हो भने, बालकोट छाडेर  धुम्बाराही उडेका उनी  त्यो भन्दा परको बन्धनमा पनि परेका हुनसक्छन्। भनिन्छ नी,  चराले आहार मात्र हेर्छ, दिनेको हात हेर्देन। त्यसैले चराहरु प्राय जालमा पर्छन्। र जालीमै लडेर सकिन्छन्।  

अन्त्यमा,  

जसरी पिंजडामा सधै  सुगा मात्र थुनिन्छ भन्ने हुन्न, त्यसैगरि पिंजडामा सधै प्रधानमन्त्रीमात्र पर्छन भन्ने हुन्न। पिंजडाले हरेकलाई बन्धनमा राख्न सक्छ। इतिहास हेरे थाहाँ हुन्छ पिंजडामा प्राय स्वतन्त्रता  थुनिन्छन््।  

नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिका बलिया उम्मेदवार देखिएपछि ‘ढोक्सामा माछा’ परेको भन्दै कतिपय कांग्रेसी खुसी देखिएका छन्। तर यस्तो खुसी पनि दिर्धकालसम्म रहदैन। किनकी पानी धमिलिएको बेलामा ढोक्सामा सधै माछा मात्र पर्दैनन्। कहिले काही गोहि पनि अड्कन्छन्। जसबाट ढोक्सो राख्नेलाई हैन, सिंगो मुलुकलाई निल्ने खतरा रहन्छ।  

पिंजराको सुगाँ कविता सममात्रिक पादाकुलक छन्दमा रचना भएको छ। वनकुञ्जको स्वच्छन्द वातावरणमा सयर गर्ने सुगा चरीलाई बन्द पिंजरामा कैद गरिदिँदा उसका वेदनामय भाव नै यस कविताको विषयवस्तु रहेको पाइन्छ।

प्रचण्डलाई विश्वाशको मत दिएपछि उति बेला संसदमा ओलीले कांग्रेसले ढोक्सा थापेको भए त्यसमा केही नपर्ने तर्क गरेका थिए। नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिका बलिया उम्मेदवार देखिएपछि ‘ढोक्सामा माछा’ परेको भन्दै कतिपय कांग्रेसी खुसी देखिएका छन्।  

पानी धमिलिएको बेलामा ढोक्सामा सधै माछा मात्र पर्दैनन्। कहिले काही गोहि पनि अड्कन्छन्। जसबाट  ढोक्सो राख्नेलाई हैन, सिंगो मुलुकलाई निल्ने खतरा रहन्छ।  

प्रकाशित: १४ फाल्गुन २०७९ १३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App