बोल्ने उमेरका नानीहरुको यो 'विवश मौनता'ले भने दुखी तुल्यायो
कक्षामा छिर्ने वित्तिकै उनीहरु मुस्कुराँए । सिमरास्थित नेपाल राष्ट्रिय उच्चमाविका अधिकांश कोठामा विद्यार्थीको हल्ला सुनिदै गर्दा यो कोठा भने विलकुल शान्त थियो । इशाराको भरमा पढाउँदै गरेकी शिक्षिका शुशीला गौतमले कक्षामा रहेका सवै १२ विद्यार्थी बोल्न र सुन्न नसक्ने सुनाएपछि खल्लो महसुस भयो ।जता गएपनि चर्को स्वर सुनिने तराईको माहौलबाट उन्मुक्ति खोजेकेा मलाई यो कोठाको शान्त वातावरणले राहत दिनु पर्ने हो । तर दिएन । मौनता राम्रो भएपनि बोल्ने उमेरका नानीहरुको यो 'विवश मौनता'ले भने दुखी तुल्यायो । चार देखी १३ वर्ष उमेरका यीनीहरुले सानैदेखी कान नसुनेका कारण वोल्न पनि नसकेको शिक्षिकाले सुनाएपछि एक छिन म अवाक् भए ।

विद्यार्थीको विवशताका कारण मेरो अनुहारमा आएको उदासी देखेर होला शिक्षिकाले 'यीनीहरु वोल्न र सुन्न नसकेपनि चलाख र समझदार रहेको बताईन् । ' बुझ्नेलाई इशारा काफि छ ', उनी हाँसिन -' यसकै भरमा यीनीहरुले धेरै कुरा सिकिसके । ' मेरो अनुहारमा अलिकती हाँसो आयो ।
बल्ल मैल्ये कम्मरमा भिरेको डिजिटल क्यामरा निकाले । उनीहरुले बुझिहाले । अनुहार हँसिलो बनाउदै हातको इशाराले तस्वीर खिच्न आग्रह गर्दा मलाई झनै रमाइलो लाग्यो । मैल्ये भटाभट तस्वीर खिचे । पत्याएनन् क्यार । इशाराले क्यामराको डिस्प्लेमा खिचिएका तस्वीर देखाउन आग्रह गरे । मैले देखाईदिएँ । सवैले पालै पालो आफ्नो अनुहार नियाले । एउटीलाई मन परे'न छ, क्यार , । मेरो अगाडी उ पुनः उभिई र तस्वीर लिन इसार गरी । मैल्ये खिचे । बल्ल ऊ पनि मुस्कुराई । एक-दुईवटा फोटो खिच्न निकालेको क्यामराले उनीहरुको आग्रहमा तीन दर्जनभन्दा बढी तस्वीर कैद गर्यो । यस क्रममा उनीहरुले सिङगलमात्रै हैन आफुलाई मन परेका साथीसंग अँगालो मारेर समेत खिचाउन भ्याए ।
फरक-फरक कक्षाका भएपनि कोठा र शिक्षकको अभावमा एउटै कोठामा पढ्दै आएका उनीहरु इशाराको भरमा पाँठ पढ्नेमात्र हैन मित्रतागास्ने र झगडा गर्न समेत भ्याउने शिक्षीकाले सुनाईन् । अचम्म लाग्यो । केही नवोलीकन र नसुनीकन पनि झगडा हुन्छ भने , देशमा नेताहरु यसरी एकआपसमा कटाक्षगर्दा कसरी मित्रत्रा हुने हो ?
शिक्षिकाले इशाराको भरमा यीनीहरुलाई धेरै कुरा सिकाएकी रै'छिन् । यिनी ताजा घटनाहरुको पनि अपडेट गराउँदी रै छिन् । अहिलेका प्रधानमन्त्रीको नाम के हो भनेर मैले कापिमा लेखेर सोध्दा ? ' एउटीले नाम लेख्नु भन्दापनि जुँगाको इसारा गरेर माधव नेपाललाई चिनाउन खोजिन् । बोल्न र सुन्न नसकेपनि लेख्नजान्ने यिनीहरु अधिकांस प्रश्नको जवाफ लेखेर भन्दा इशाराले दिन रुचाउँदा रै छन् । बच्चाहरुको मुखबाट सवैभन्दा बढी निस्कने'आमा' शब्दलाइ समेत यीनीहरुले इशाराबाटै बताउनु पर्ने वाध्यताले भने फेरि मन कुडियो । आमा भन्नु पर्यो भन्यो उनीहरुले नाक र चिउडो समाउदा रै छन् भने बाबा भन्नु पर्यो भने जुँगाआउने ठाउँ र चिउडो देखाएर इसारा गर्दा रै छन् ।
शिक्षिकाको अगाडी उनीहरु खुल्न नसकेकेा ठानेर मैल्ये उनलाई एक छिन वाहिर गइदिन आग्रह गरे । अव उनीहरु पहिलेको भन्दा धेरै खुले । सवै मेरो नजीक आएर झुम्मे । मेरो नाम र ठेगानामा मात्र हैन श्रीमतीको वारेमा समेत सोध्न थाले । साना वाल-वालीकाले चारैतिरबाट घेरिएर यस्तै प्रश्न गर्नथालेपछि म अकमक्कमा परे । कोही इशाराले सोध्थे । कोही कागजमा लेखेर सोध्थे । म झनै अलमल्लमा परे । हेर्दा-हेर्दे उनीहरु बाठो भएर आए । भने विलकुल लाटो हुन पुगे । उनीहरुको हरेक प्रश्नको जवाफ म संग थिएन । म चुप लागेकेा देखेर उनीहरु मुस्कुराउन थाले । सवैले ताली पिटे । उनीहरुसंग हार्दा उनीहरुमात्र हैन म पनि धेरै खुसि भए । एक पटक संगै हास्यौ । कमजोर ठानिएकासंग हार्दा जितको भन्दा बढी आनन्द आउदौ रै छ ।
हामी एक आपसमा जिस्कदै गर्दा चर्को घन्टी बज्यो । उनीहरुले नसुनेपनि मेरो निस्कने बेला भैसकेकेा थियो । म उनीहरु तर्फ फर्किन लागेको इशारा गरे । उनीहरु अव भने विलकुल चुप भए । उनीहरुको मौन जिवनमा मैल्ये एकै छिन ल्याएको सानो हलचलले उनीहरुलाई तरंगीत गरेको मैल्ये पाए । जसबाट उनिहरु छिट्टै मुक्ति पाउन चाहदैन थे । तर मलाई याहाँबाट निस्केर अन्त कतै जानु थियो । म निस्केकेा मात्र के थिए , पछाडिबाट कसैले कोट्यो । फर्केर हेरे -उनीहरु सवैले दुवैहात जोडीरहेका थिए।
प्रकाशित: १३ जेष्ठ २०६६ ००:११ बुधबार





