१९ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
शेषकान्त काफ्ले


शेषकान्त काफ्लेका लेखहरु :

मधुबालाको सौन्दर्य र प्रेम कहानी

‘लभ अफेयर्स अफ् एक्ट्रेस मधुबाला’ पुस्तकमा उल्लेख छ, ‘अब उनले आफ्नो जीवनमा स्थायित्व खोजिरहेकी थिइन्। थुप्रै व्यक्तित्वसँग एक पछि अर्को प्रेमसम्बन्ध चल्दै टुट्दै उनी थकित भइन्। उनी वैवाहिक जिन्दगीमा बाँधिन चाहन्थिन्। यस्तैमा सन् १९५८ मा चलचित्र ‘चल्ती का नाम गाडी’मा उनले सुप्रसिद्ध गायक एवं अभिनेता किशोर कुमारसँग काम गर्ने मौका पाइन्। ततपश्चात् उनको किशोरसँग बिहेको कुरा चल्न थाल्यो।’

जसका चित्र दुई अर्ब रूपैयाँसम्ममा बिके, तिनै गरिबीले मरे

आज उनकै देश नेदरल्यान्ड्सको राजधानी अम्स्टर्डममा उनकै नामबाट खोलिएको संग्रहालयमा उनका चित्र राखिएका छन्, उनका चित्रमध्ये कुनै कुनै दुई अर्ब रूपैयाँसम्म बिक्री हुन्छन्। उनले अभाव र गरिबीमै जिन्दगी बिताए, आज उनका चित्र बेचेर उनको देश नेदरल्यान्ड्स धनी भएको छ। त्यसबापतको रोयल्टी उनका भाइ थियो भ्यानगगका सन्ततिले पाउँछन्।

विश्वविख्यात सेनापति नेपोलियनको प्रेम

नेपोलियन सेन्ट हेलेनामा कैदमा थिए। पारपाचुके भएको चार वर्षपछि खबर आयो, उनकी पूर्वपत्नी जोसेफाइनलाई २९ मे १८१४ मा निमोनिया रोगले लग्यो। उनी स्तब्ध भए। उनले आग्रह गरे, ‘म मेरी पूर्वपत्नीको दाहसंस्कार गर्न चाहन्छु, मलाई यो मौका दिइयोस्।’ उनको कुरा सुनियो। उनले जोसेफाइनको दाह–संस्कार गरे। त्यसपछि उनले रुँदै फेरि आग्रह गरे, ‘म केही समय त्यो घरमा, त्यो कोठामा बिताउन चाहन्छु।’ जहाँ मैले मेरी पूर्वपत्नी जोसेफाइनसँग बिताएको थिएँ। मलाई अनुमति दिइयोस्।’

तीन कविता

सधैँ सधैँ सुन्छु उही समुद्री पक्षीहरूको कलरव तिम्रो किनारामा बस्दा थियौ तिमी भने उता मेरो देशमा सुनिन्थ्यो होला नि पर पर नेपथ्यमा

सुँघेरै जाँचिन्छ सीमा नाकामा माछा

पूर्वी नाका काँकडभिट्टामा रहेको एनिमल क्वारेन्टाइन चेक पोस्टका प्राविधिकले भारतबाट आयातित माछा छामेर र सुँघुरै जाँच्ने गरेका छन्।  अरू धेरै कुरामा प्रविधिको उच्च प्रयोग भइरहे पनि मुलुकको मुख्य नाका मानिएको काँकडभिट्टामा भने स्थापनाकालदेखि नै प्रयोगशाला नहुँदा ‘सुँघेर’ र ‘छामेर’ माछाको गुणस्तर जाँच गर्दै आएका हुन् ।

भुइँचालो र बच्ने उपाय

सम्भवतः भूकम्प मानव जीवनकै कठोरतम् विपत्तिमध्येकै एक हो। आगमनको पूर्वानुमान गर्न नसकिने, मानवीय र भौतिक संरचनाको ठूलो क्षति हुनसक्ने र उद्दार कार्य पनि कष्टकर हुने हुँदा भूकम्पलाई अन्य प्राकृतिक प्रकोप जस्तै बाढी, पहिरो, सुख्खा, हिमपात, आँधिबेहरी र सुनामी

बाढीको जोखिम न्युनीकरण

नेपालको कुनै न कुनै भूभाग हरेक वर्ष बाढीको विपत्तिबाट आक्रान्त हुने गरेको छ। बाढीप्राकृतिक, मानवीय वा दुवै कारणले हुने गर्छ। एक प्रतिवेदनअनुसार बाढीको जोखिमको हिसावले नेपाल विश्वमा तीसौं स्थानमा छ। नेपालमा प्राकृतिक विपत्तिबाट वर्षेनी सरदर हजार जनाले ज्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्