मेरो छातीमा टेकेर मायाको गहिराइ सोध्नुहुन्छ!
भन्नुस् न हजुर किन सधैं मेरो कमाइ सोध्नुहुन्छ, मेरो छातीमा टेकेर मायाको गहिराइ सोध्नुहुन्छ। जसलाई आफ्नै प्रगतिको आयतन थाहा नै हुँदैन, फेरि पनि किन मेरो जिन्दगीको उचाइ सोध्नुहुन्छ।

भन्नुस् न हजुर किन सधैं मेरो कमाइ सोध्नुहुन्छ, मेरो छातीमा टेकेर मायाको गहिराइ सोध्नुहुन्छ। जसलाई आफ्नै प्रगतिको आयतन थाहा नै हुँदैन, फेरि पनि किन मेरो जिन्दगीको उचाइ सोध्नुहुन्छ।
सर्वाङ्ग नाङ्गिएपछि देखाउने सानकाे के काम, जिउँदोमा रुवाएर पछि गर्ने दानकाे के काम
हामी कोरामा बस्यौं। कोठा चकमन्न थियो। एउटा कुनामा आमाको हाँसिरहेको तस्विर थियो। तस्विर अगाडि एउटा दियो दुःखी भएर बलिरहेको थियो।
कल्पनाको बाढी उर्लेर डगमगाउँदा, कोमल मेरो हृदयको बाँध फुटाउँदा, स्तब्धताले गर्धन रेट्नु रेट्यो साथी, मनमा फुलेको फूल अर्कैले चुँडाउँदा।
अदालत पनि आज अदालत जस्तो रहेन,नागरिकको यो देशमा कुनै इज्जत रहेन। भ्रष्ट र पापीहरुले देश नै कब्जा गरेपछि त,असल र आदर्श मान्छेको कुनै जरुरत रहेन।
२१ औं शताब्दीको प्रारम्भदेखि सूचना प्रविधिको क्षेत्रमा भएका केही अभूतपूर्व आविष्कारहरूका कारण संसार चौथो औद्योगिक क्रान्तिमा प्रवेश गरेको छ।
लोकसाहित्यका विविध विधामध्ये लोकगीतको विशिष्टता छुट्टै छ। सौन्दर्य, शृङ्गार, सुखदुःख, उत्साह र भावलाई सरल ढंगबाट स्वरको लहरीमा पोखिने गीतहरूले लोकगीतको संज्ञा पाउँछन्।
किशोरी पीडामा थिई, उसको तन्नासम्म रगतले रातै बनेको थियो। टोकरीमा राखिएका औषधिहरू गर्भपतन गराउन प्रयोग हुने कुरा उसलाई थाहा नहुने कुरै भएन!
घरको तीर्थ चिन्नुपर्छ मन्दिर धाउनु पर्दैन,फूलअक्षता थाली बोकी दु:ख पाउनु पर्दैन। वृद्ध आश्रममा वृद्धा बाबाआमा नराखिदिनु,राम सीता खुशी हुन्छन् भजन गाउनु पर्दैन।
समय एकाएक टक्क अड्यो, मुटुको ढुकढुकी बेस्सरी बढ्यो। मौसमले हो कि तिम्रो साथले,नपिए नि मनभित्र नशा चढ्यो।
कहिले फुट्ने कहिले जुट्ने,कहिले जुट्ने कहिले फुट्ने। नयाँ हुन अथवा पुराना, लक्ष्य एउटै हो देश लुट्ने।
बर्खा सुरु भएको डेढ महिना भयो। देशभर बाढीपहिरोमा परी झन्डै एक सय ३१ जना व्यक्तिहरूको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी मान्छेहरू बेपत्ता भएका छन्, एक सय ४३ जना घाइते छन्।
म विरुद्ध तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दिप बस्न्यात र उनको समूहको षड्यन्त्र तयार भइसकेको रहेछ। बस्न्यात र उनको समूहको नियोजित षडयन्त्रको सिकार भएपछि आज राष्ट्रसेवामा लगाउनु पर्ने मेरो समय न्यायको याचनामा खर्चिरहेको छु।... मेरो सामाजिक प्रतिष्ठामाथि जुन हमला गरिएको छ त्यसको सोधभर्ना मैले पाउँछु कि पाउँदिन, मलाई आज दुबिधा छ।
