३१ वैशाख २०८२ बुधबार
image/svg+xml
कला

समय एकाएक टक्क अड्यो!

केही मुक्तक

१) मुक्तक

समय एकाएक टक्क अड्यो

मुटुको ढुकढुकी बेस्सरी बढ्यो

मौसमले हो कि तिम्रो साथले

नपिए नि मनभित्र नशा चढ्यो।

 २) मुक्तक

आफ्नै मान्छे, बेकारमा भड्किन सक्छ

खाँदा खाँदै, घाँटीमा हड्डी अड्किन सक्छ

दशा लागेपछि, के हुन्छ के हुन्न भन्नु खै?

नभरेको बन्दुक पनि, अचानक पड्किन सक्छ।

३) मुक्तक

भोटको राजनीतिले गर्नु गर्‍याे

देखावटी विकास गाउँमा सर्‍याे

अध्ययनबिना नै डोजर चल्दा

बाटोमा जताततै पहिरो झर्‍याे।

४) मुक्तक

मानिसको जीवन हो-अचम्मको कहानी

फेरिएजस्तै ऋतु, फेरिन्छ जिन्दगानी

माया र मोह त्यागी, ईश्वर नै सत्य मानी

सत्कर्मतर्फ  लागौं, सप्रन्छ  जिन्दगानी।

५) मुक्तक

अरूले चपाएको निल्छ, न आफ्नो चपाउने ढंग छ

सगर मैले थामेको भन्दै, हुटिट्याउँ बनेर दंग छ

लंका त दुख गरेर हनुमानले नै जलाएका हुन् नि

मैले जलाएको भन्दै जस खोज्छ ढेडु, यही अचम्म छ।

६) मुक्तक

तिम्रो हात समातेर, संसार घुम्ने मन छ

नशालु ती आँखाभित्र, डुबी झुम्ने मन छ

मोही माग्ने ढुङ्ग्रो छोप्ने, मेरो छैन बानी

प्रष्टै भन्छु प्रिय, तिम्रो अधर चुम्ने मन छ।

प्रकाशित: १७ श्रावण २०८१ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App