तिम्रो प्रीत
साथीहरू सबै भन्छन् केही हैन तिमी, राखेको छु धेरै माया तिमीलाई नै भनी। अटुट छ तिम्रो मेरो यो माया, वर –पीपलझैं शीतल छ यो माया।
साथीहरू सबै भन्छन् केही हैन तिमी, राखेको छु धेरै माया तिमीलाई नै भनी। अटुट छ तिम्रो मेरो यो माया, वर –पीपलझैं शीतल छ यो माया।
अन्वेषणका लागि कुनै पनि यानहरू चन्द्रमाबाट उड्न सकेनन्। प्रविधिका तरङहरूले सबै सौर्यमण्डललाई माकुराको जालोलेझैँ बाँधेको थियो। पृथ्वीका कुनै ठूला अपराधी समूहहरूले पृथ्वी लगायतका धेरै ग्रहलाई एकैचोटि ध्वस्त गर्न सूचना केन्द्र र प्रक्षेपण केन्द्रहरूलाई काम गर्न नसक्ने पारिदिएका थिए। पृथ्वी भन्ने ग्रह टुक्राटुक्रा भयो भने चन्द्रमाको गतिमा समेत असन्तुलन आउन सक्छ ।
देशभक्ति गीत ‘सरकार चाहियो’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका हुन् ।
अझ श्रीमती रोगी भई । त्यसको उपचार गर्न भन्दै तारेभिरको बाटो शहरतिर लाग्यो । जब भिर आयो, ‘रामराम’ जप्न लगायो । श्रीमती जप्न थाली। उसको पालो बेस्कन हुत्याइदियो । ढुङ्गा–मुढालाई साथै घचेट्दै र बल्ड्याङ खेल्दै ऊ बगरको ठूलो ढुङ्गा बजारिई। संसारलाई देखाउन उसले कोलाहल मच्चायो ।
बुहारी नानी भित्रबाट गुन्द्रुक साँधी ल्याउँछिन् मसलादार ट्वाक्क सित्तन सबलाई बाँडी दिन्छिन् केटाकेटी पिरो अचार खान्नौं हामी भन्दछन् बटुकीमा मोही देऊ आमा हामालाई भन्दछन्।
मेरो देशमा हामी कर तिर्छाै सरकारले भ्रुणहत्या गर्ने अस्पताल जन्माउँछ कर तिर्नेको किर्ते सही गरेर विकासको नाममा सम्पन्न कागज तयार पार्ने कर्मचारी उत्पादन गर्छ तिर्नु केका लागि कर कर तिरेर नक्सा पास हुन्छ ?
समानता न्यायका खोजीमा झुपडीमाथि उडेका नयाँ रकेटले स्वतन्त्रता र समानताका गीत गाएछन् भोको पेटमा छुरा चलाएर चुह्लोमा चिसो पानी खन्याएर सपनाको उन्नत गीत गाउँदै ठूलेलाई कर लगाईँदैछ भन्न जाग्नुपर्छ जागजाग घन्कन्छ नारा गगनभेदीको।
बिचरो अपाङ्ग यात्रु सकीनसकी उठ्यो र एउटा खुट्टाको सहाराले उभिँदै बिस्तारै भन्यो, “वीर गोर्खालीका नातिहरू ! तपाईं पाँच जना वीरहरू मिलेर म एकजना अपाङ्गलाई पछार्न सक्नुभएकोमा तपाईंहरूलाई धेरैधेरै धन्यवाद छ । म आफूले आफैंलाई धिक्कार दिन्छु किनकि जनआन्दोलनमा प्रहरीको गोलीद्वारा एउटा खुट्टा गुमाएर पनि मैले आफूलाई वीर बनेर उभ्याउन सकिनँ ।”
बलिउडका वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ। भारतीय सञ्चार सञ्चारमाध्यमहरुका अनुसार उनको ९८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । उनको मुम्बईस्थित हिन्दूजा अस्पतालमा निधन भएको हो ।
मेरो असल मनको अगाडि उसको दुख छटपटिन थाल्यो । मैले पनि उसको सरुवाको राम्रो व्यवस्था मिलाइदिएँ । केही समयपछि कालो कोटधारी, सेतो कोटधारी र उद्दार चाहने धेरै अन्य दुखी, गरिब र दरिद्रहरू मेरो अगाडि आएर एकमुस्ट भने––“हजुर त साक्षात् ईश्वरै हुनुहुन्छ ! हजुरको सेवकहरूलाई नियुक्ति पाऊँ।”
पढ्न लेख्न अल्छ भए ज्ञानी भइँदैन,नपढेकालाई कतै पनि इज्जत गरिँदैन। आज तिमी पढ्न–लेख्न अल्छी मान्नु हुन्न, परिश्रमलाई पन्छाउँदै पर फाल्न हुन्न। सानो मान्छे तिमी आजभोलि ठूलो हुन्छौ, ज्ञान बुद्धि विवेकी भए भोलि मानी बन्छौ। देश विकास गर्ने जिम्मा तिम्रो काँधमा पर्छ,सोचविचार गरीकन राम्रो कार्य गर्नुपर्छ।
सुन कोरोना ! तिम्ले आफ्नो कर्तव्य अक्षरस निभायौ अब आफ्नै धाम जाऊ मोक्ष लिएर फेरि कैल्यै नफर्किने गरी हामी बिदाइमा, मनको दुर्गन्ध,असुरत्व उपहारमा दिनेछौ असीम आशिष् र देवत्वका शुभेच्छाहरू तिमीबाट लिनेछौ तर ‘.. तिमी जाऊ कोरोना कैल्यै नफर्कने गरी।
एकदिन सुरेशले घरबाट विद्यालयमा पढ्न जाँदा खाजा खान पैसा लैजान बिर्सदा अशोकसंग “आज मैले खाजा खाने पैसा ल्याउनै बिर्सेछु । तिमीले मलाई खाजा नखुवाई सुख पाइँदैन” भन्यो। अशोकले “मैले आफूले ल्याएको पैसाले किनेको खाजा कसैलाई खुवाउन सक्दिनँ । तिमी जेसुकै भन्छौ भन । तिमी भोकै भएर मलाई के हुन्छ र ?” भन्यो ।
'म एउटा यस्तो आकार बनाउँछु', उसले भन्यो,'सबैको सपना साकार बनाउँछु”, उसले भन्यो।' हेर्दै जाउ तिमी, खुकुरीको चोटलाई समेत, फूलको जस्तै प्रहार बनाउँछु' , उसले भन्यो। 'मलाई ढुङ्गाले हान्नेहरूसँग प्रतिकार गर्नुछ– त्यसैले फूलैफूलको हतियार बनाउँछु', उसले भन्यो।
वृद्धले बडो सकसकोसाथ भने,–“बाबु तिमीहरूलाई सत्र वर्षको उमेरदेखि पढाउँदा ब्ल्याक्बोर्डमा चकले लेखेर बुझाउँदा, चकको धुलो जति सब फोक्सोमा जम्मा भएर बुढेसकालमा दमको रोगले भेट्यो। जीवनभर शिक्षक भएको उपहारको रूपमा यो रोग पाएँ। आज तिम्रो सम्मान कार्यक्रम भनेको सुनेर सकीनसकी यहाँ आएँ। मेरो चेला आज सम्मानित हुँदै गर्दा म आज निकै खुसी छु। ”
ऊ पनि बोल्न सक्दैन , म पनि बोल्न सक्दिनँ । खास ऊ र ममा के फरक हो भनेर सोच्दै थिएँ । धनाढ्यको घर नजिकै भएकाले उताबाट पनि गुनासोको आवाज आयो । म लुटिएँ । बर्बाद भएँ। त्यहीँ भएको भए स्वतन्त्र हुन्थे । अझै अरूले चिन्थे । यहाँ ल्याएर अरूले देख्छ भनेर अँध्यारो कुनामा राखेर गर्न खोजेको के हँ । एक्लै मुरमुरिएको आवाज आइरहेको थियो उहीँ ढुङ्गे दाजुको पनि ।
आँखामा समुन्द्र मुटुमा आगो राखेर, छातीभरि तिमीलाई तलास गरियो। मलाई मजस्तै बन्न वर्षौ लाग्नेछ, आजसम्म तिम्रै हुन अभ्यास गरियो। एक परदेशीले हरेक रात सोच्दो हो – आमा रुवाएर पराई देशको विकास गरियो ।
मैले समाउने हाँगाहरूमा तिम्रो नजर किन, मैले रमाउने खुसीहरूमा तिम्रो नजर किन। मेरो पनि जिन्दगी हो अलिकति बाँच्नु छ, मैले लगाउने ती रंगहरूमा तिम्रो नजर किन।